News Portal

रेडियो सुन्नुहोस्

प्युठान प्रहरीकाे सफलता ,२ महिना भित्र २५ थान माेवाइल फेला ,नागरिक भन्छन् –“हराएको खुसी प्रहरीले ल्याईदियो।”

दीपा पौडेल २१ भदौ प्यूठान
१४८० पटक
२१ भदौ प्यूठान

 

प्यूठान पछिल्लो समय बजारमा निकै महँगा फोन भित्रीएका छन्। १ हजार देखि लाखौ सम्मका मोबाईल फोन मानिसहरुले प्रयोग गर्दै आईरहेका छन्। फोन चोरी हुने र हराउने समस्या पुरानै हो।

पछिल्लो समयमा प्यूठान प्रहरीले हराएका फोन धमाधम फेला पार्न थालेपछी फोन हराएका नागरिक खुसी भएका छन्। प्युठान नगरपालिका मेयर अर्जुन कुमार कक्षपतिले करिब १ बर्ष पहिले पाल्पा जादा आफ्नो सामसुङ ग्यालेक्सी J6 फोन हराएपछी तुरुन्त प्रहरि लाई उजुरि दिनुभयो।

 

अहिले लामो समयपछि जिल्ला प्रहरी कार्यालय प्युठानको सकृयतामा आफ्नो फोन जस्ताको तस्तै प्राप्त गर्न पाउदा मेयर कक्षपतिले खुसि व्यक्त गर्नुभएको छ। नौबहिनी गाउँपालिका ८ प्युठान निवासी अस्मिता जैसीको श्रीमानले पठाई दिएको सामसुङ कम्पनीको  S8+ मोवाइल घर नजिकैबाट हरायो। १ लाख ४० हजार रुपैयाँमा किनेर श्रीमानले आफुलाई पठाई दिएको मोवाइल हराउँदा धेरै दिन रुन पर्यो। गत बैसाख ८ गते मोवाइल हरायो धेरै तनावमा परे जैसीले भन्नुभयो–‘‘ श्रीमान संग कुराकानी गर्दा निकै गाली गर्नुभयो मलाई धेरै रुन पर्यो।’’ उहाँले मोवाइल हराएको भन्दा पनि श्रीमानले कसैलाई दिइस् कि भन्दै शंका पनि गर्दा निकै पिडा भएको बताउनुभयो।

मोवाइलमा प्रयोग भएको आफ्नो मोवाइलको नम्बर बाहेक अरु केहि नभएता पनि प्रहरीले निवेदन दिएको बताउने जैसीले मोवाइल हराएको ३ महिना भित्र मोवाइल भेटिएको प्रहरीबाट खबर पाउँदा खुसीले आफु रोएको बताउनुहुन्छ।

श्रीमान विदेश, कसैलाई दिइस् कि भन्ने शंकाले घरबार नै भत्किन्छ कि भन्ने तनावमा रहेको बताउने जैसीले प्रहरीलाई जीवन भर संझने बताउनुहुन्छ। प्रहरीले मेरो घरवार जोगाईदिएको महसुस गरेको छु जैसीले भन्नुभयो। जिल्ला प्रहरी कार्यालय प्युठान मै गएर आफ््नो मोवाइल लिएर सुरुमा श्रीमानलाई भिडियो कल गरेको जैसीले बताउनुभयो। प्रहरीले निकै राम्रो काम गरेको जैसीको भनाई छ।

प्युठान नगरपालिका वडा नं.३ निवासी ज्योति घर्तीले हराएको मोवाइल ५ महिना पछि पाउँदा निकै खुसी लागेको बताउनुहुन्छ। गत फागुनमा प्युठान महोत्सव चलेको बेला मेलाबाट आफ्नो मोवाइल हराएकै दिन प्रहरीलाई उजुरी दिएकी घर्तीले मोवाइल पाउने आशा मारिसक्नुभएको थियो। कामको शिलशिलामा भारतमा रहनुभएका श्रीमानले पठाईदिएको मोवाइल हराउँदा श्रीमान श्रीमती वीच केहि समय बोलचाल समेत नभएको उहाँले सुनाउँनुभयो। प्रहरीले तपाईको मोवाइल हामीले भेटाएर ल्याइदिएका छौं लिन आउनुहोला भनेर फोन गर्दा निकै खुसी भएको घर्ती बताउनुहुन्छ। प्रहरीलाई देख्दा डर लाग्ने ,राम्रो पनि नसोच्ने घर्तीलाई प्रहरी दुःखको सहयात्री साथी हुने रहेछन् भन्ने विश्वास जागेको बताउनुहुन्छ। उहाँले भन्नुभयो–‘‘ मैले सधै प्रहरीलाई माया गर्नेछु।’’

 

त्यस्तै माण्डवी गाउँपालिका वडा नम्बर ५ बस्ने हिमेस रोकाले पनि आफ्नो हराएको Huawey Nova J2 फोन प्यूठान प्रहरि द्वारा प्राप्त गर्न पाउँदा खुसि व्यक्त गर्नु भयो। प्यूठान नगरपालिका वडा नं. ७ निवासी राजिव भट्ट , प्यूठान नगरपालिका ४ का रोचक सुवेदीले हराएको मोवाइल प्रहरीले फेला पारेर दिदाँ प्रहरी प्रतिको माया र विश्वास निकै बढेको बताउनुहुन्छ।

 

प्युठान नगरपालिका वडा नं. ८ धर्मावति निवासी दशरत पाण्डेको एक महिनाको वीचमा दुई वटा मोवाइल हराए। मोवाइल नै चलाउँदैन भन्ने हिनताबोध भएको थियो। जीविकोपार्जनका लागि निर्वाहमुखी कृषि पेशा गर्दै आएका पाण्डेलाई दुई वटा मोवाइल हराउँदा निकै पिडा भएको थियो। प्रहरीले मोवाइल भेटाउँ छ भन्ने थाहा पाएपछि निवेदन दिएका पाण्डेले हराएको पहिलो मोवाई ५ महिना र अर्को मोवाईल ६ महिनापछि पाउँदा निकै खुसी रहेको बताउनुभयो। प्रहरीले लाठ्ठी मात्र हान्छ भन्ने सोच्थे पाण्डेले भन्नुभयो–‘‘ प्रहरी त दुःख र पिडा पर्दाको सारथी रहेछ।’’ आफुुले निकै मेहनत गरेर किनेको दुई वटा मोवाईल भेटाएर दिदाँ प्रहरी भगवान जस्तै लाग्ने गरेको पाण्डेले बताउनुभयो।

अहिले उहाँले आफ्ना दुई वटै मोवाइल चलाई रहनुभएको छ। मोवाइल हराएको गुनासो र निवेदन परेपनि जिल्लामा यसको सुनुवाई हुने नगरेको प्रहरीले नै बताउँछन्। प्युठान प्रहरीले गत असार ११ गतेबाट जिल्लामा यो कामको सुरुवात गरेको हो।

आइ.टि सम्बन्धि ज्ञान भएका मोवाइल खोज्नका लागि अनुसन्धानको जिम्मा पाएका जिल्ला प्रहरी कार्यालय प्युठानमा कार्यरत प्रहरी जवान दुर्गा बहादुर पुनले नागरिकको बर्षौ सम्म हराएको मोवाइट पत्ता लगाएर दिन पाउँदा निकै खुसी लाग्ने गरेको बताउनुहुन्छ। केन्द्रमा पठाउँनु पर्थ्यो पुनले भन्नुभयो–‘‘ केन्द्रको ब्यस्तताले मोवाइल छिटो पत्ता लगाउन गाह्रो पर्थ्यो,अहिले हामीले छिटो भन्दा छिटो पत्ता लगाएर दिएका छौं।’’ पुन सहित दुई जनालाई यसको जिम्मा दिएको छ। आफुहरुले गरेको काममा सफलता मिल्दा मनै देखि खुसी मिल्ने गरेको पुनको भनाई छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डि एस पि नरेन्द्र कुमार कार्किले पछिल्लो समय २५ थान मोबाईल फोन बिभिन्न ठाउँबाट प्रहरिको अनुसन्धान द्वारा पत्ता लगाई सम्बन्धित ब्यक्तिलाई कार्यालयमै बोलाएर फोन हस्तान्तरण गरेको बताउनु भयो। साथै उहाले नेपाल प्रहरिले नागरिक प्रति जिम्मेवार रहि काम गरिरहेको, जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्दै अगाडि बढ्ने वताउनुभयो।

केन्द्रको सहयोग र समन्वयमा जिल्लाबाट यो कामको सुरुवात आफुले गरेको र सफलता मिलेकोमा आफु निकै खुसी रहेको उहाँको भनाई छ। जिल्लाका धेरै नागरिकले पछिल्लो समयमा आफ्नो हराएको फोन प्राप्त गर्न पाउँदा जिल्ला प्रहरी कार्यालय प्यूठानलाई धन्यवाद दिदै प्रहरी मेरो साथी नाराले सार्थकता पाएको भन्दै खुसि समेत व्यक्त गरेका छन्। काम सुरु गरेको दुई महिना मै २५ वटा मोवाइल प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानमा ३ बर्ष पहिले देखि नै निवेदन परेको देखिन्छ। आर्थिक बर्ष ०७६÷०७६ ११ वटा निवेदन परेकोमा ६ वटा पत्ता लागेको र ५ वटा अनुसन्धान कै क्रममा रहेको , आर्थिक बर्ष ०७६÷०७७ मा १८ वटा निवेदन परेकोमा ८ वटा पत्ता लागेको र १० वटा अनुसन्धानकै क्रममा रहेको र आर्थिक बर्ष २०७७÷०७८ मा १९ वटा निवेशन परेकोमा ११ वटा फेला परेको र ८ वटा अनुसन्धानकै क्रममा रहेको अनुसन्धानमा कार्यरत प्रहरी जवान दुर्गा बहादुर पुनले जानकारी दिनुभयो।

पुनले हरेक ब्यक्तिले मोवाइल किनिसकेपछि मोवाइलको आई. एमं.ई नम्बर र हराउने मोवाइलको मोवाइल नम्बर सुरक्षित साथ राखेमा हराएको मोवाइल फेला पार्न सकिने बताउनुभयो।

 

 

प्रतिकृया दिनुहोस्

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...

डाक्टर महावीर पुन प्यूठानमा

राष्ट्रिय आविष्कार केन्द्रका संचालक वैज्ञानि डाक्टर महावीर पुन प्युठान अएका छन । आफ्नो जिवन काहानी...