महिला वा स्त्री,वा नारी मानवको स्त्री लिङ्गी जाती हो। यो शब्द सम्पुर्ण स्त्री वर्गलाई चिनाउन प्रयोग गरिन्छ। महिलालाई चिन्ने र चिनाउने विभिन्न नाम हुन सक्छन्। जस्तै आमा , दिदी,भाउजु ,छोरी,बुहारी,सासु सम्धिनी,नातिनी ,भदैनी,सोल्टीनी,भतिजी,फूपु आदीआदी…
महिलालाई विभिन्न जाति धर्म र संस्कृति अनुसार फरक फरक साइनो त होलान्। नेपाली भाषामा आमा ,नेवारी माँ ,अग्रेजी भाषामा मोदर आदी.. महिलालाई अब एउटा महिला वा स्त्री लिङ्गी जनाउने कुनै साइनोबाट मात्र उसको परिचय प्राप्त हुन्छ जस्तो मलाई लाग्दैन किन कि महिला नै त्यो शक्ति हो। जसले परिवारको बंश जनाउने अर्थात अटुट रुपमा विश्व संचालन गरिरहनुका साथै ब्रहमाण्डको दृष्टिलाई संचालन गरि गति दिने काम समेत महिलाबाट हुने गर्दछ। महिला बिना पुरुष अपुरो र पुरुष विना महिला अपुरो हुने भएकोले महिला र पुरुषलाई एकै रथका दुई पाङग्रा भनिएको छ। महिलालाई सारथीको रुपा साथ दिने पुरुष जसलाई श्रीमान ,बुवा, दाजु, छोरा, काका ,भतिज आदी इत्यादी नामले चिनिन्छ। महिला मातृ शक्ति घर परिवार र समाजको मार्ग दर्शक सन्तानलाई सु संस्कार दिएर शसक्त र शक्तिमान बनाउने ,शिक्षित बनाई सक्षम,सुयोग्य बनाउने दायित्व महिलाकै हुन्छ। यसको मतलब यहि हुन्छ कि एउटा शभ्य मान्छे निर्माण गर्न ,रामो घर बनाउन , राम्रो समाज बनाउन , राम्रो देश बनाउन र राम्रो संस्कार बनाउन बिशेष भूमिका र जिम्मेवारी महिलाकै हुन्छ। भनिन्छ नी जुन घरमा शिक्षित र संकारी महिला हुन्छिन् त्यो घरमा शान्ति र सु संस्कृत ब्यवहार हुन्छ। लक्षिन हुन्छ प्रगति हुन्छ।
महिलाले आफैमा मानसिक तागत जुटाउन जरुरी छ। यसका लागि I can do , I can do just now भन्ने प्रतिबद्धता गर्न जरुरी छ। आत्मबल निर्माणका लागि सर्वप्रथम महिला शिक्षित हुन जरुरी छ।
तातपर्य त्यहि नै हो कि सकारात्मक कार्य निर्माण गरि नयाँ गति दिन पहिले महिला आफु शिक्षित हुन जरुरी छ। नेपालको समग्र जनसंख्याको आधा भन्दा बढी भाग ओगटेका महिलाहरु मध्ये धेरै महिला अझै पनि चुलो र चौको, घाँस दाउरा र गोठालो बाहेक बाहिर आउन सकेका छैनन्। पुरुष प्रधान मानिएको हाम्रो देशमा धेरै महिला पुरुषबाट विभिन्न बहाना जस्तै बलत्कार, महिला हिंसा ,बोक्सि आरोप आदी इत्यादीबाट कुटपिट ,अपमानित तथा आरोपित भईरहेका छन्।ख्याको आधा भन्दा बढी भाग ओगटेका महिलाहरु मध्ये धेरै महिला अझै पनि चुलो र चौको, घाँस दाउरा र गोठालो बाहेक बाहिर आउन सकेका छैनन्। पुरुष प्रधान मानिएको हाम्रो देशमा धेरै महिला पुरुषबाट विभिन्न बहाना जस्तै बलत्कार, महिला हिंसा ,बोक्सि आरोप आदी इत्यादीबाट कुटपिट ,अपमानित तथा आरोपित भईरहेका छन्।असह्यै पिडा र समस्याका बाबजुद आफ्नो जीवन पशु सरह बाँचिरहेका छन्।
नेपाल सरकारले महिलाहरुलाई पुरुष सरहको हक र अधिकार सुनिश्चितता गर्दै राज्यका हरेक क्षेत्र र विधामा तह र तप्कामा सहभागिता गराउँदै देशको आर्थिक ,राजनैतिक ,प्रशासनिक अन्य विभिन्न तहमा महिलाको भूमिकालाई अपरिहार्यता दर्शाउनु जरुरी छ। महिला आफैमा एउटा शक्ति हो। महिलाले आफैमा मानसिक तागत जुटाउन जरुरी छ। यसका लागि I can do , I can do just now भन्ने प्रतिबद्धता गर्न जरुरी छ। आत्मबल निर्माणका लागि सर्वप्रथम महिला शिक्षित हुन जरुरी छ। यदि महिला शिक्षित भएमा र ठाउँ पाएमा राज्यका विभिन्न निकायमा रहेर समाज रुपान्तरणका लागि अहोरात्र खटेर नाम उच्च गरेका महिलाहरु हामीले सुन्न र देख्न पाउँछौं। २००७ सालको प्रजातन्त्र प्राप्तीको लागि होस् वा २०६२ ÷०६३ को लोकतान्त्रिक गणतन्त्र प्राप्तीको लागि होस् चाँहे १० बर्षे जनयुद्धमा होस् महिलाहरुले खेलेको भूमिका अतुल्यनिय छ।
कुनै बेला राष्ट्रपति महिला, सभामुख महिला र प्रधानन्यायधिस महिला पनि भएको स्थिति हो। संविधानमा महिलाका हक अधिकारहरु पनि समेटिएका होइनन्। तर कार्यान्वयन गर्ने निकायमा अझै पनि महिला सहभागिता कमजोर छ।
नेपालको ऐतिहासिक पृष्ठभूमि हेर्ने हो भने आफ्नो मातृभूमिको रक्षाको लागि युद्धकालिन बलिदान र आहुति समेत दिएको इतिहास साक्षी छ। लिच्छवीकालमा राजा मानदेवकी आमा राज्यवतीको भूमिका र योगदान ,मध्ययुगीन इतिहासमा देवलदेवी ,नायक देवी राजल्ल देवीले भादगाउँको राजगद्यीमा आसिन भई वीर योद्धा र साहसिक महिलाको पहिचानको रुपमा भूमिका खेलेका थिए। त्यस्तै काँगडाको युद्धमा पुरुष सरह महिला पनि बरावर घटिएर बृटिस साम्राज्यवादको विरुद्ध लडि वीरताको गाँथा इतिहासको पानामा लेखिएको छर्लङ्ग छ। त्यस्तै उदाहरणीय अन्य महिलाहरुको नाम लिनुपर्दा योगमाया न्यौपाने, साहाना प्रधान, पुर्ण कुमारी देवी ,दिब्या कोइराला , मोहन कुमारी देवी ,शैलजा आचार्य ,नोना कोइराला, उमा शर्मा, लगाएत अन्य धेरै महिलाहरुले मुलुकको लागि योगदान दिएका छन्। यसरी हेर्दा आफु महिला हुनुमा गर्वको महसुस हुन्छ। तर विडम्बना परापुर्वकाल देखि नै यसरी सक्रिय भूमिका खेली समाज ,देश र जनताको समृद्धिका लागि उठेका महिलाहरुको कदम अहिले सम्म आईपुग्दा कतै कतै पुर्ण र उपलब्धी नभएको हो की भन्ने महसुस हुन्छ। ७० बर्षिय आमा र ६ महिने बालिका बलत्कृत भएको घटना सुन्दा मुटु चिरिन्छ र आगोको ज्वाला बाल्न मन लाग्छ। महिला राष्ट्रपति भएको मेरो देशमा जब बलत्कृत बालिकाको पक्षमा न्याय नभएर पद प्रतिष्ठा ओहोदा र राजनितिकरण भै घटनाले छुट्टै मोड लिन्छ। अपराधि खुलियाम रमाउँदै अर्को बलत्कारमा सहभागि हुन्छ। धिक्कार भन्न मन लाग्छ। यो देशको न्यायलय र ओहोदामा महिला हुनुमा। यसो भनिरहँदा मुलुकमा केहि पनि परिर्वतन भएको छैन् भन्ने होइन। कुनै बेला राष्ट्रपति महिला, सभामुख महिला र प्रधानन्यायधिस महिला पनि भएको स्थिति हो। संविधानमा महिलाका हक अधिकारहरु पनि समेटिएका होइनन्। तर कार्यान्वयन गर्ने निकायमा अझै पनि महिला सहभागिता कमजोर छ। राज्यको स्थायी सरकारको रुपमा रहेको कर्मचारी तन्त्र ,प्रहरी ,प्रशासनमा महिलाको सहभागिता कमजोर नै छ। विभिन्न संघ संस्थाहरुमा पनि महिलाहरुको सहभागिता कमजोर देखिन्छ। त्यस कारण महिला सहभागिता र सशक्तीकरणमा बिशेष जोड दिन आवश्यक छ।
महिलाहरुले परिवर्तनको लागि जुन मेहनत गरेका छन् त्यो अनुसार परिर्वतन भएको छैन्। यसको लागि राज्यले गर्ने केहि जिम्मेवारी होला तर हामी महिलाहरु पनि जाग्न जरुरी छ। चुलो चौकोमा मात्र सिमित होइन केहि गर्न सकिन्छ भन्ने हिम्मतका साथ आजैबाट केहि गरौं भन्ने मानसिकता बोकी अगाडि बढ्न सक्नुपर्दछ। परिवार धान्नको लागि एक जना पुरुषको जागिर त्यो पनि बिदेशमा भर पर्ने स्थितिको अन्त्य जब सम्म गर्न सकिन्न तब सम्म परिवर्तन सम्भव छैन्। राज्यको हरेक सवालमा महिला सहभागिता र उनीहरुको प्रभावकारी परिचालन हुन सके मात्र समृद्ध नेपाल र खुसी नेपाली बन्न सक्छ। यो तर्फ हामी केन्द्रित हुनुपर्ने बेला आएको छ। हामी महिलाहरु जाग्न जरुरी छ । अधिकार सहित कर्तब्य पुरा गर्न हामीले सक्छौं भन्ने सोच राखेर अगाडि बढ्नुपर्ने छ। अब हरेक महिलाले आफु र आफ्नो छोरी ,बुहारी ,बहिनी ,दिदी र आमा सबैको अस्तित्व रक्षा गर्नेछिन्। आवाज उठाउनेछिन्। विभिन्न नाममा हुने महिला हिंसा,अपमान र आरोपहरुलाई अन्त्य गर्नेछिन्। आफु ,आफु घर ,घर हुँदै समाज र समाज हुँदै राष्ट्रलाई नै बदल्न महत्वपुर्ण भूमिका खेल्नेछिन्।
साभार ः लिस्ने जनसञ्चार साप्ताहिक अंक ११ बाट