News Portal

रेडियो सुन्नुहोस्

नौवहिनीमा लैङ्गिक हिंसा विरुद्घको अभियानको औपचारीक उद्घाटन

सिखबर संवाददाता१७ मंसिर, प्यूठान
१२०० पटक
१७ मंसिर, प्यूठान

प्रत्येक वर्ष नोवेम्वर २५ देखी डिसेम्वर १० सम्म विश्वव्यापी रुपमा मनाउदै आइएको लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियानको अवसरमा नौवहिनी गाँउपालिकामा एक औपचारीक कार्यक्रम सम्पन्न भएको छ।

बुधवार गाँउपालिकाको सामाजिक विकाश शाखाले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान-२०७७ को अवसरमा अन्तराष्ट्रिय रुपमा “Orange the world:Fund,Respond,Prevent,Collect!” तथा राष्ट्रिय रुपमा “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता:व्यक्ति,समाज, र सबैको एकबद्धता” भन्ने नारा का साथ औपचारीक उद्घाटन गरी अभियानको शुरुवात गरेको छ।

नौबहिनी गाउँपालिकाका उपाध्यक्ष घन बहादुर बुढा मगर अध्यक्षतामा भएको कार्यक्रममा नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारी, जिल्ला समन्वय समिती सदस्य सुमित्रा सुनार तथा वडा अध्यक्षहरु क्रमश गोपीराम घर्ती मगर,कमल बहादुर घर्ती मगर,अन बहादुर घर्ती मगर,माधव सिँह केसी, डिलमान राना तथा कार्यपालिका सदस्य दमन्ती कामी, चन्द्रा सुवेदी, तारा विक तथा मिलन चोक आमा समुह की अध्यक्ष अन्जु घिमिरे तथा अन्य विभिन्न क्षेत्रमा कार्यरत महिला प्रतिनिधी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

अभियान उद्घाटन समारोह मा स्वागत मन्तव्य सहित कार्यक्रम वारे प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारी ले जानकारी गराउनु भएको थियो। अभियानको औपचारीक उद्घाटन उपाध्यक्ष घन बहादुर बुढा मगर बाट गरिएको थियो । अभियान को औपचारीक शुरुवात भए संगै अभियान अवधी भरी नौबहिनी गाँउपालिका का विभिन्न सार्वजनिक स्थलहरु मा लैङ्गिक हिंसा सम्वन्धी सन्देशमूलक फ्ल्यास व्यानर टाँस गर्ने तथा लैङ्गिक हिंसा उन्मुलन सम्वन्धी छलफल चलाउने र अन्तिम दिन लैङ्गिक हिंसा सम्वन्धी प्रस्तुतीकरण गरी अभियान सफल पार्ने कार्यक्रम रहेको उपाध्यक्ष बुढा मगर ले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन सामाजिक विकाश शाखा का प्रमुख दामोदर पाण्डे ले गर्नु भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...