News Portal

रेडियो सुन्नुहोस्

हर्ट ग्रुपद्वारा ३ सय वढिलाई १ छाक खाना सहयोग

बोम वहादुर परियार२० जेठ, २०७८/ प्यूठान
१२४७ पटक
२० जेठ, २०७८/ प्यूठान

भरतपुर महानगर पालिका वडा नम्बर १ चितवन ठिमुरा भन्ने ठाउमा एउटा मानब सहयोगी सस्था छ । त्यस ठाउमा (मानबताको लागि मानब सहयोगी केन्द्र सभ्यताको घर) नामक एक सहयोगी सस्था स्थापना गरिएको छ । त्यस सस्थाले रोडमा अलपत्र परेका ब्यबारिसे मानिस र मानसिक रोगिहरुलाई दैनिक खाना खुवाउने र बसाउने काम गर्छ ।
आज चितवन को सोहि ठाउमा पुगेर नेपाली हर्ट टिकटक ग्रुपले रोडमा अलपत्र परेका र लकडाउन ले बिचल्लीमा परेका ३ सय भन्दा बढी मानिस हरुलाइ खाना खुवाएको छ । हर्ट ग्रुप का देस बिदेस मा रहनुभएका बिभिन्न सदस्यहरु कसैले नास्ता खर्च कटाएर , कसैले आफ्नो जन्मदिनको पाटि को खर्च बचाएर रकम सन्कलन गरि उक्त ठाउमा बिहानको खाना खुवाएको हो । चितवन स्थित हर्ट ग्रुपका सदस्यहरु अनु शर्मा , शम्भु लम्साल , कृष्ण पुरि लगायतको नेतृत्वमा हर्ट ग्रुप ले खाना खुवाएको नेपाली हर्ट टिकटक ग्रुप का अन्तर्राष्ट्रिय होस्ट डिल्लिराज पराजुलिले बताउनु भयो । साथै उहाले सामाजिक सहयोगको यो अभियानमा महत्त्वपूर्ण सहयोग गर्ने ग्रुपका अध्यक्ष मनोज कार्कि , सदस्यहरु सिब भट्टराई , बिनोद क्षेत्री ,सौभाग्य भुजेल ,राधिका सिटौला ,संगिता महत थापा ,संगीता कडेल ,रचना बस्नेत ,सम्झना ढकाल , अन्जिता पौडेल र ठाउ मै पुगेर विशेष सहयोग गर्ने अनु शर्मा , सम्भु लम्साल , कृष्ण पुरी लगायत सबैलाई धन्यवाद दिनुभएको छ । यस अघि पनि नेपालका बिभिन्न ठाउमा टिकटक का माध्यम द्वारा सामाजिक सहयोगका कार्यक्रमहरु गर्दै आएको हर्ट ग्रुप ले कोरोना महामारिको समयमा जोगिनको लागि भन्दै ५ हजार बराबरको मास्क र सेनिटाईजर समेत सस्थालाइ हस्तान्तरण गराएको छ ।
महामारीको बेला खाना खान नपाई बाटोमा अलपत्र परेका मानिसहरुले पेटभरि खाना खान पाउदा आफु खुसि रहेको उनिहरुले बताएका छन ।
त्यस्तै सभ्यताको घर नामक सस्थाका अध्यक्ष सिता कुवर ले बिसम परिस्थितिमा हर्ट ग्रुपले ठुलो संख्यामा मानिस हरुलाई खाना खुवाएर पुण्य कमाएको भन्दै धन्यवाद समेत दिनुभएको छ । यसरी नै हर्ट ग्रुप लगाएत बिभिन्न सस्थाद्वारा नेपाल भरि दुखमा परेका मानिस हरुलाई सहयोग गर्नेहो भने कोहोपनि भोकले नमर्ने उहाले बताउनु भयो । गत बर्स पनि लकडाउन को समयमा रोडमा बिचल्लीएका धेरै मानिस हरुलाई खाना खुवाउदै आएको र अहिले आधिकारिक सस्था निर्माण गरि सेवा गर्दै आइरहेको कुवर ले बताउनु भयो । त्यस्तै चितवनमै रहेर बिभिन्न बेबारिसे लास समेत आफुले जलाउदै आएको उहाले बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...