News Portal

रेडियो सुन्नुहोस्

पालुकाथानमा बढ्दै पर्यटक : ट्रि हाउसमा सबैको आकर्षण

बोम बहादुर परियार/तेजेन्द्र बिएम२०७८ साउन १७
२२३६ पटक
२०७८ साउन १७

प्यूठान । मल्लरानी गाउँपालिका २ मा पर्ने पूर्वी प्यूठानको धार्मिक आस्थाको केन्द्र ऐतिहासीक पालुकाथान मन्दिर संरक्षण भएपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । संरक्षणको अभावले जिर्ण बन्दै गएको मन्दिर प्रदेश सरकार उद्योग पर्यटन वन वातावरण मन्त्रालय मार्फत डिभिजनल वन कार्यालय प्यूठानले संरणको काम गरेपछि पर्यटक बढ्न थालेका हुन् ।

यहाँ पटक पटक गरि हालसम्म करिव २८ लाख रुपैया मन्दिर संरक्षणमा खर्च भएको छ । यो रकमबाट मन्दिर क्षेत्रमा गेट सहितको तारबार, शौचालय, रेलिङ सहितको सिढी, पालुको मुर्ति, ट्रि हाउस, सिमेन्टका कलरफुल बेन्च निर्माण गरिएको छ । उपभोक्ता समिति मार्फत काम गरिएकाले स्थानीयले अपनत्व लिन थालेका छन् ।


मन्दिर संरक्षण गरेर पर्यटक आउन थालेपछि थालेपछि स्थानीय खुसी भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पौडेलले बताउनुभयो । यस पालुकास्थान मन्दिरको ईतिहास पौडेल वशंंस“ग सम्वन्धित उहाँको भनाई छ । भारतको उत्तराखण्डको हरिद्वार पौडी क्षेत्रबाट नेपालका बिभिन्न भाग ह“ुदै प्यूठानको चुँजामा पौडेलहरु आएको ईतिहास रहेको छ ।

 

वि.सं १९४० सालमा चुजाठा“टीको मुडखोलामा पालुको मुर्ति फेला परेको इतिहास रहेको शिक्षक चक्रपाणी पौडेलले बताउनुभयो । त्यसपछि मंसिर पूणर्ीमाका दिन पुजाआजा गर्ने चलनको सुरुवात भएको उहाँको भनाई छ । चुजाठा“टी क्षेत्रका ५ गाउ“हरु चुजा, बरवोट, चौरपानी, बिजुली, सिउतेबाट बाजाघाजा सहित उपस्थित भई पुजाआजा गर्ने रहेको छ ।

प्यूठान, अर्घाखा“ची, दाङ्ग, कपिलवस्तु सम्मका पौडेलहरुको उद्गम स्थल चुजाको फेदीमा रहेको यो स्थानको संरक्षणमा पौडेलहरुले समेत ध्यान दिन थालेका छन् । पौडेलहरु दक्षिण दिशावाट गाउ“ प्रवेश गरेर उक्त स्थानमा धुप ध्वजा चडाएर चुजाको ठूलो गाउ“ प्रवेश गर्ने गरेको स्थानीयको भनाई छ । उत्तरी दिशावाट प्रवेश गर्दा हाल मल्लारनी-१, सिंदुरे भन्ने स्थानमा सिद्धपालुको पुजा गरी प्रवेश गर्ने चलन रहेको थियो ।

पालुकास्थान मन्दिर पूर्वी प्यूठानको आस्थाको धरोहर रहेकाले यसको संरक्षण गर्न गाउ“पालिका र सरोकारवाला निकायले ध्यान दिन थालेको वडा अध्यक्ष लेख बहादुर थापाले बताउनुभयो । पालुकास्थान मन्दिर रहेको स्थान निकै आकर्षण रहेको र व्यवस्थानमा सबैको चासो बढेपछि यहा“ पुग्ने पर्यटकहरु खुसी हुने उहाँको भनाई छ ।

 

पालुकास्थानलाई गाउ“पालिकाकै धार्मिक तथा पर्यटकीय मुख्य गन्तब्य बनाउने गरी यसको संरक्षण र विकासमा थप ध्यान पुर्‍याउन सक्ने हो यस मार्फत स्थानीयले पर्यटन मार्फत ठूलो लाभ लिन सक्ने जिल्ला वन डिभिजन कार्यालय प्युठानका सहायक वन अधिकृत दिपक केसीले जानकारी दिनुभयो । । प्रदेश सरकार, डिभिजनल वन कार्यालय मार्फत यहाँको पर्यटन प्रवद्र्धनमा कार्य थालनी भएको केसीले जानकारी दिनुभयो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...