News Portal

रेडियो सुन्नुहोस्

पालुकाथानमा बढ्दै पर्यटक : ट्रि हाउसमा सबैको आकर्षण

बोम बहादुर परियार/तेजेन्द्र बिएम२०७८ साउन १७
२०३६ पटक
२०७८ साउन १७

प्यूठान । मल्लरानी गाउँपालिका २ मा पर्ने पूर्वी प्यूठानको धार्मिक आस्थाको केन्द्र ऐतिहासीक पालुकाथान मन्दिर संरक्षण भएपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् । संरक्षणको अभावले जिर्ण बन्दै गएको मन्दिर प्रदेश सरकार उद्योग पर्यटन वन वातावरण मन्त्रालय मार्फत डिभिजनल वन कार्यालय प्यूठानले संरणको काम गरेपछि पर्यटक बढ्न थालेका हुन् ।

यहाँ पटक पटक गरि हालसम्म करिव २८ लाख रुपैया मन्दिर संरक्षणमा खर्च भएको छ । यो रकमबाट मन्दिर क्षेत्रमा गेट सहितको तारबार, शौचालय, रेलिङ सहितको सिढी, पालुको मुर्ति, ट्रि हाउस, सिमेन्टका कलरफुल बेन्च निर्माण गरिएको छ । उपभोक्ता समिति मार्फत काम गरिएकाले स्थानीयले अपनत्व लिन थालेका छन् ।


मन्दिर संरक्षण गरेर पर्यटक आउन थालेपछि थालेपछि स्थानीय खुसी भएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पौडेलले बताउनुभयो । यस पालुकास्थान मन्दिरको ईतिहास पौडेल वशंंस“ग सम्वन्धित उहाँको भनाई छ । भारतको उत्तराखण्डको हरिद्वार पौडी क्षेत्रबाट नेपालका बिभिन्न भाग ह“ुदै प्यूठानको चुँजामा पौडेलहरु आएको ईतिहास रहेको छ ।

 

वि.सं १९४० सालमा चुजाठा“टीको मुडखोलामा पालुको मुर्ति फेला परेको इतिहास रहेको शिक्षक चक्रपाणी पौडेलले बताउनुभयो । त्यसपछि मंसिर पूणर्ीमाका दिन पुजाआजा गर्ने चलनको सुरुवात भएको उहाँको भनाई छ । चुजाठा“टी क्षेत्रका ५ गाउ“हरु चुजा, बरवोट, चौरपानी, बिजुली, सिउतेबाट बाजाघाजा सहित उपस्थित भई पुजाआजा गर्ने रहेको छ ।

प्यूठान, अर्घाखा“ची, दाङ्ग, कपिलवस्तु सम्मका पौडेलहरुको उद्गम स्थल चुजाको फेदीमा रहेको यो स्थानको संरक्षणमा पौडेलहरुले समेत ध्यान दिन थालेका छन् । पौडेलहरु दक्षिण दिशावाट गाउ“ प्रवेश गरेर उक्त स्थानमा धुप ध्वजा चडाएर चुजाको ठूलो गाउ“ प्रवेश गर्ने गरेको स्थानीयको भनाई छ । उत्तरी दिशावाट प्रवेश गर्दा हाल मल्लारनी-१, सिंदुरे भन्ने स्थानमा सिद्धपालुको पुजा गरी प्रवेश गर्ने चलन रहेको थियो ।

पालुकास्थान मन्दिर पूर्वी प्यूठानको आस्थाको धरोहर रहेकाले यसको संरक्षण गर्न गाउ“पालिका र सरोकारवाला निकायले ध्यान दिन थालेको वडा अध्यक्ष लेख बहादुर थापाले बताउनुभयो । पालुकास्थान मन्दिर रहेको स्थान निकै आकर्षण रहेको र व्यवस्थानमा सबैको चासो बढेपछि यहा“ पुग्ने पर्यटकहरु खुसी हुने उहाँको भनाई छ ।

 

पालुकास्थानलाई गाउ“पालिकाकै धार्मिक तथा पर्यटकीय मुख्य गन्तब्य बनाउने गरी यसको संरक्षण र विकासमा थप ध्यान पुर्‍याउन सक्ने हो यस मार्फत स्थानीयले पर्यटन मार्फत ठूलो लाभ लिन सक्ने जिल्ला वन डिभिजन कार्यालय प्युठानका सहायक वन अधिकृत दिपक केसीले जानकारी दिनुभयो । । प्रदेश सरकार, डिभिजनल वन कार्यालय मार्फत यहाँको पर्यटन प्रवद्र्धनमा कार्य थालनी भएको केसीले जानकारी दिनुभयो ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...