News Portal

रेडियो सुन्नुहोस्

बाग्दुला-बाग्लुङ भिमगिठे सडक ‘हात्तिआयो-हात्ति आयो फूस्सा’

तेजेन्द्र बिएम/बिमल पोख्रेल२०७८ साउन १९
३२९० पटक
२०७८ साउन १९

प्यूठान । सडक सुधार तथा विकास आयोजना मार्फत निर्माण हुने भनिएको बाग्दुला-भिमगिठे सडक प्यूठानी जनताको लागि हात्तिआयो-हात्तिआयो फूर्सा भएको छ । यो सडकस“गै ठेक्का भएका लमही­घोराहि तुल्सिपुर,चडौटा­कृष्णनगर सडक काम सम्पन्न हु“दा प्यूठानमा काम अझै थालिएको छैन् । जिल्लाका नेताहरुले काम सुरु हुने भनेर प्रचार गर्न थालेको चार वर्ष भएपनि काम अझै सुरु नहुँदा प्यूठान जनता निराश छन् ।

 

यस क्षेत्रका स्थानीय बर्खामा हिलो र हिउ“दमा धुलोले हैरान व्यहोर्न परेको छ । सडक निर्माण हुने भनेर नेताले हल्लाखल्ला गरेपनि योजनाको काम सुरु नहुँदा जनता निराश भएको प्यूठान उदद्योग बाणिज्य संघ प्यूठानका महासचिब भक्तु गिरीले बताए । उनले सडक निर्माणले उत्तरीपूर्वी प्यूठानको मुहार फेर्ने आसा गरीएको बताए । वर्षौ पहिले खुलेको बाग्दुला­मच्छि­ठूलाबेसी सडक यसै क्षेत्रमा पर्छ ।

सडक सुधार विकास आयोजना मार्फत बजेट परेपछि स्थानीय तह, प्रदेश सरकाले समेत सडकमा बजेट बिनियोजन नगर्दा सडक जिणर् हु“दै गएको उनले बताए । एक्जिम बैंक’ मार्फत भारत सरकारको ऋण सहयोगमा प्यूठानको बाग्दुला देखि बाग्लुङको भिमगिठेसम्म ७३ दशमलभ ६ किलोमिटर दूरी कालोपत्रे गर्ने भनिएको थियो । २ करोड ६ लाख ७ हजार ५ सय ६५ रुपैया“ अमेरीकी डलर लागतमा योजना निर्माण हुन भनिएको सडक आयोजना लमहीका प्रमुख पारशमणी हमालले बताए ।

 

डिजाइन स्टिमेट सकेर निर्माणको प्रक्रियाका लागि टेन्डर भएर ठेक्का भएको सडक ठेकेदार कम्पनी कालो सूचीमा परेकाले पहिले रोकीएको पूनःस्टीमेट गरेर अर्को ठेक्का गर्ने प्रक्रियामा रहेको उनले झुलेनी पोष्टलाइ बताए । हाल ट्याक खोलिएको सडकलाई ९ मिटर चौडा बनाएर ७ मिटर कालोपत्रे गरिने भनिएको छ । २०४२ सालमा बाग्दुलादेखि मच्छिसम्म ट्याक खोलिएको सडक हाल गौमुख २ अर्खासम्म खुलेको छ । सडकको सन २०१६ मा डिटेल सर्बे गरिएको थियो ।

सडक निर्माण भएपछि सडक क्षेत्रका १० हजार ९ सय १० घरधुरीका ५१ हजार ९ सय जनाले प्रत्यक्ष फाइदा लिने भनिएको छ । सडक निर्माणमा भएको ढिलाइबारे पटक पटक सडक आयोजना कार्यलयमा ताकेता गरेको गौमुखी गाउ“पालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । यो सडक निर्माण पूरा भए प्यूठान, रोल्पा, गुल्मी,अर्घाखा“ची,बाग्लुङका जनतालाई केन्द्रीय राजधानी काठमाडौं जाले बैकल्पिक मार्ग समेत हुने छ ।

 

म्याग्दी, बाग्लुङ क्षेत्रका स्थानीयलाई पूर्व-पश्चिम राजमार्ग भेटएर पश्चिम यात्रा गर्न सहज हुन्छ । सडक निर्माण भएपछि यस क्षेत्रको समग्र आर्थिक विकासले फड्को मार्ने प्यूठानीले आशा गरेका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...