News Portal

रेडियो सुन्नुहोस्

कबिता : नौटंकी जात्रा (लोकेन्द्र जि सी)

सिखबर संवाददाता
४८०४ पटक

मैले त त्यतिबेलै भनेको थिएँ
न उड चरी हतारमा अहिले
गुँढ बनाउ बिचार पहिले,
मौसम छ वर्षा हाबा हुरीको
हिड्नुछ यात्रा लामो दुरीको
उड्ने त्यो बाटो खुला छ गगन
चट्याङ पर्छ गरेर गर्जन
बर्सन्छ हिउँ असिना पानी
गर्दैछौ भुल जानी नजानी
आकास भरी बादल छ टम्म
पुग्नुछ पारी गन्तब्य सम्म
ढुकिरहेछन हाम्रा सिकारी
सिकार खेल्न बाँण तिखारी
त्यसैले,मैले त पहिलै भनेको थिएँ
न उड चरी हतारमा अहिले
गुँढ बनाउ बिचार पहिले।

उड्दा उड्दै पखेटा गलेका
धर्तीमा हेर्यौ ,फलफुल फलेका
लुछ्दै थिए स्यालहरु सिनो
कल्पायौ त्यो मन आशा भो झिनो
बिर्सेर तिम्रो गन्तव्य दुर
गर्यौ नी तिमिले मिसिने सुर
खाउ रमाउ यहीँ छ सब थोक
बिर्सेर सपना बदल्ने त्यो लोक
मैले त पहिलै भनेको थिएँ
न उड चरी हतारमा अहिले
गुँढ बनाउ बिचार अहिले।

बनेर बाज आकास भरीको
बिचल्ली पार्यौ ती साना चरीको
तिखारी नङ्रा उधाइ ठुँड
फुटायौ फूल भत्कायौ गुण
छुटायौ कति चरीका जोडी
टुहुरा बच्चा गुणमै छोडी
कोइली नाँच्ने हाँगा नि भाँच्यौ
खुब गरेँ भन्दै उडेर नाँच्यौ

सम्झेर मेरो त्यो वचन बोली
नढाँटी भन हृदय खोली
कस्तो भो तिम्रो त्यो दुर यात्रा
गर्यौ बेकार नौटंकी जात्रा।

२०६३, प्युठान

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...