मैले त त्यतिबेलै भनेको थिएँ
न उड चरी हतारमा अहिले
गुँढ बनाउ बिचार पहिले,
मौसम छ वर्षा हाबा हुरीको
हिड्नुछ यात्रा लामो दुरीको
उड्ने त्यो बाटो खुला छ गगन
चट्याङ पर्छ गरेर गर्जन
बर्सन्छ हिउँ असिना पानी
गर्दैछौ भुल जानी नजानी
आकास भरी बादल छ टम्म
पुग्नुछ पारी गन्तब्य सम्म
ढुकिरहेछन हाम्रा सिकारी
सिकार खेल्न बाँण तिखारी
त्यसैले,मैले त पहिलै भनेको थिएँ
न उड चरी हतारमा अहिले
गुँढ बनाउ बिचार पहिले।
उड्दा उड्दै पखेटा गलेका
धर्तीमा हेर्यौ ,फलफुल फलेका
लुछ्दै थिए स्यालहरु सिनो
कल्पायौ त्यो मन आशा भो झिनो
बिर्सेर तिम्रो गन्तव्य दुर
गर्यौ नी तिमिले मिसिने सुर
खाउ रमाउ यहीँ छ सब थोक
बिर्सेर सपना बदल्ने त्यो लोक
मैले त पहिलै भनेको थिएँ
न उड चरी हतारमा अहिले
गुँढ बनाउ बिचार अहिले।
बनेर बाज आकास भरीको
बिचल्ली पार्यौ ती साना चरीको
तिखारी नङ्रा उधाइ ठुँड
फुटायौ फूल भत्कायौ गुण
छुटायौ कति चरीका जोडी
टुहुरा बच्चा गुणमै छोडी
कोइली नाँच्ने हाँगा नि भाँच्यौ
खुब गरेँ भन्दै उडेर नाँच्यौ
सम्झेर मेरो त्यो वचन बोली
नढाँटी भन हृदय खोली
कस्तो भो तिम्रो त्यो दुर यात्रा
गर्यौ बेकार नौटंकी जात्रा।
२०६३, प्युठान