News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका २ खेलाडी इपिएलमा डेव्यु

झुलेनी नेटवर्क२०७८ असौज ११
१३०७ पटक
२०७८ असौज ११

प्यूठानका २ क्रिकेट खेलाडिले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा डेव्यू गरेका छन् । पहिलो पटक इपिएलमा आवद्ध रहेका प्यूठानका द्वय चाइनामेन स्पिनर तूल बहादूर थापा र बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले पहिलो खेलमै डेव्यू गरेका हून् । भैरहवा ग्ल्याडियटर्समा आवद्ध थापा पोखरा राइनोज विरुद्धको खेलमा डेव्यू गर्ने मौका पाएका हुन् ।

सो खेलमा उनले १।१ ओवर वलिङ गर्दै उत्कृष्ट १ विकेट लिएका थिए । उनले केस्रिक विलियम्सलाई शुन्य रनमा आउट गरेका थिए । उक्त खेल वर्षाका कारण रद्ध भएको थियो । विराटनगर वारियर्समा आवद्ध रहेका जि.सी.ले चितवन टाइगर्स विरुद्धको खेलमा डेव्यु गर्ने मौका पाएका हून् । उक्त खेलमा उनले ४ ओवर वलिङ गर्दै २२ रन खर्चेर १ विकेट लिन सफल भए ।

उनले चितवनका प्रमुख ब्याट्सम्यान मोहम्मद शाहजादलाई आउट गराएका थिए । उक्त खेलमा उनको टिम विराटनगर वारियर्स चितवन टाइगर्ससँग २ विकेटले पराजित भएको थियो । प्यूठानको नौबहिनी गाउँपालिका डाम्री घर भएका थापा घरेलु क्रिकेट भने दाङबाट खेल्ने गर्दछन्। प्यूठानमा जिल्ला क्रिकेट संघ नहुँदा उनले दाङबाट घरेलु क्रिकेट खेल्दै आएका हुन् ।

उनलाई इपिएलका लागि भैरहवा ग्ल्याडियटर्सले न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गरेको हो । प्यूठान झिमरुक गाउँपालिका दारमिचौर घर भएका प्रतिशले भने यस अघिका दुई संस्करणका प्रधानमन्त्री कप बागमती प्रदेशबाट खेलेका थिए ।

नेपालको यू १९ र यू १६ दुबै खेलका बायाँ हाते बलर प्रतिश पछिल्लो समय सिनियर टोलीको नेट बलरको रुपमा रहँदै आएका छन् । प्रतिश पहिलो पटक फ्रेन्चाइज लिगमा अनुबन्ध भएका हुन् । यसअघि ट्यालेन्ट हन्टबाट २०१७ को इपिएलमा ललितपुर प्याट्रियट्ससँग जोडिएका थिए । पाचौ इपिएलका लागि विराटनगर वारियर्सले जि.सी.लाई न्यूनतम ५० हजारमा अनुबन्ध गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...