News Portal

रेडियो सुन्नुहोस्

जलवायु परिवर्तनको असर, बेमौसमी वर्षा, न्यूनिकरणका उपाय ।

नाेमराज (पाैडेल शर्मा)२०७८ कार्तिक १०, प्यूठान
४१८ पटक
२०७८ कार्तिक १०, प्यूठान

नेपालमा विभिन्न समयमा विभिन्न प्रकोपको शिकार कृषक हुदै आएको कुरा नौलो चाहि होइन हाल पुर्वानुमान प्रविधीमा सुधार भएता पनि कृषकको पहुँच, भरपर्दो प्रसार प्रबिधी तथा कृषकमा पुर्वानुमानमा विश्वास गर्ने बानीको बिकास नहँुदा प्रकोपको असर अलि बढि नै पर्न जान्छ । त्यसकैको परिणाम हो बेमौसमी वर्षा र त्यसको ठुलो क्षति ।

असोज ३१ देखि कात्र्तिक २ सम्म आएको बेमौसमी वर्षाको कारण ठृलो जनधनको क्षती भयो । देशभरमा करिब १०० जनाको मृत्यु भयो भने ३० भन्दा बढि बेपत्ता भएका छन् । वर्षाको ठुलो प्रभाव दिनरात दुख गरी फलाएर भित्राउनका लागी काटिएको धानमा परेको छ । हाल सम्मको प्रारम्भिक तथ्याङ अनुसार देशभर २ लाख ५८ हजार मेटिक टन धान नस्ट भएको छ । जसमध्ये सबैभन्दा बढि लुम्बिीनी प्रदेशमा ४२ हजार ४ सय २६ हेक्टरमा लगाइएको ४ अर्ब ५१ करोड रुपैया बराबरको १ लाख ६१ हजार २ सय २३ मेटिक टन धान क्षति भएको छ भने हजारौ परिवारहरु विस्थापित भएका छन । किन पर्यो त बेमौसमी वर्षा?, यसको मुख्य कारण के हुन सक्छ?, यसबारे पनि सोच्ने कि ?

यस्तो विपत्ती वा यस खालको वेमौसमी वर्षाको कारण हो जलवाय् परिवर्तन । के हो त जलवायु परिवर्तन? यसका कारण तथा यसको असर कम गर्न कृषि क्षेत्रमा कुन कुन प्रविधीको अबलम्बन गर्ने त भन्ने विषयमा चर्चा गरौ । पृथ्वीको सरदर तापक्रम वृद्धिदर भन्दा नेपालमा कैयौं गुणा तापक्रम बढी रहेको छ । झरी वर्षा हराउँदै गएको अनुभव धेरैले गरेका छन् । मौसमी आंकडाले पनि यो पुष्टी गरिसकेको छ । नेपाल संसारकै लागि जलवायु परिवर्तनको छिटो र धेरै प्रभाव झेल्ने मुलुकमा परेको छ । हाम्रो वरपर पनि २०–२५ वर्ष पहिलेको भन्दा अहिले वनस्पति, पानीको बहाव, जीवजन्तुका रहनसहन लगायत धेरै कुरामा परिवर्तन आइसकेको छ । जलवायु परिवर्तनले प्रत्यक्ष र परोक्ष प्रभाव पार्ने हुनाले यसको वास्तविक असर बुझ्न चिन्तन र अध्ययन गर्नुपर्ने हुन्छ किनभने जलवायु परिवर्तनले पहिला देखिएकै समस्यालाई अझ तीव्र, जटिल र व्यापक बनाइरहेको हुन्छ । विशिष्ट भौगोलिक अवस्थाका कारण नेपाल अन्य क्षेत्रको तुलनामा जलवायु परिवतृनका दृष्टिले करीब ६ गुना बढी संवेदनशील छ । जलवायु परिवर्तनका कारण हिमाली, पहाडी, चुरे, भावर तथा तराई सबै क्षेत्रमा विशिष्ट किसिमका नकारात्मक प्रभावका संकेतहरु देखा पर्न थालिसकेको छन् । नेपालमा औसत वार्षिक तापक्रम ०.०६ डिग्री सेल्सियसका दरले बढ्दै गएको छ । यसबाट मौसम असन्तुलित हुने, जलस्रोत प्रणालीमा असन्तुलन हुने, जल उत्पन्न प्रकोप बढ्ने, जैविक विविधता जोखिममा पर्ने, कृषि उत्पादकत्वमा ह्रास आउने तथा मानव स्वास्थ्यमा समेत उल्लेखनीय नकारात्मक असर पर्न थालिसकेको छ ।

जलवायु परिवर्तनले पार्ने प्रभावका केही उदाहरणहरु 

वर्षा :– नेपालमा झरी वर्षा अनियमित हुँदै आएको छ । छोटो समयमा हुने अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि जस्ता समस्याहरु वर्षैपिच्छे बढ्दैछन् । उच्च हिमाली भेगमा अचेल हिउँ पर्न कम भएको छ भने खडेरीको अवधि लम्विएको छ । एकैचोटि अत्यधिक पानी पर्नाले बाढी–पहिराको प्रकोप बढेको छ जसका कारण वर्षेनी ठूलो धनजनको क्षति भएको छ । सन् १९५४ देखि २००० सम्म प्राकृतिक प्रकोपबाट मरेका करीव २१ हजार मानिसहरुमध्ये एक चौथाई जलवायुजन्य प्रकोपका कारण मारिएका थिए । त्यस्तै सन् २००० देखि २००५ सम्म नेपालमा करीव १३०० जना व्यक्ति खासगरी गरिबहरुले बाढी पहिरोका कारण ज्यान गुमाएका थिए भने थुप्रै मानिसहरु घाइते र घरबार बिहिन भएका थिए ।

पानीको श्रोत :– ठाउँ ठाउँमा पानीका मूल फुट्न छोडेका छन् भने भएका स्रोतहरु पनि छिटोछिटो सुक्न थालेका छन् ।

हिम क्षेत्र :– हिम भण्डारमा उद्गम स्रोत भएका नदीहरुमा हिउँको संचिति घट्दै जाँदा तिनीहरुको सरदर बहाव पनि घट्दै गएको छ । तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रमा नयाँ हिमपातहरु देखा परेका, पुराना तालहरु ठूला बन्दै गएका, हिम पहिरो जाने क्रम बढेको, हिमाली भेगमा भू–स्खलन जस्ता समस्याहरु देखा परेका छन् । हाल नेपालका करिब २० वटा हिमताल फुट्ने खतरामा रहेका छन् भने ५ वटा फुटिसके । हिमताल फुट्दा नदीकिनारका क्षेत्रमा बाढी गएर ठूलो क्षति हुन जान्छ । हिमताल फुटेर आउने बाढी वर्षाको बाढीभन्दा बढी खतरनाक हुन्छ भन्ने कुरा सन् १९९५ मा दुधकोशी हिमताल फुटेपछि वर्षात्को भन्दा ४ गुणा ठूलो बाढी आएकोबाटै स्पष्ट हुन्छ ।

 

जैविक विविधता :– वन सम्पदाको समग्र वस्तुस्थिति बदलिन सक्ने देखिएको छ । कुनै कुनै स्थानीय प्रजातीलाई बाह्य प्रजाति वा त्यहींको अर्को प्रजातिले विस्थापित गर्ने, रोगको संक्रमण बढ्ने र प्राकृतिक वासस्थान अनुपयोगी हुँदै जानाले अस्तित्वको लागि वनस्पति तथा जीवजन्तुहरु स्थानान्तरण हुन थालेका सूचना आउन थालिसकेका छन् । आगलागी, महामारी रोगको प्रकोप र बढ्दो सुख्खा वा ताप सहन नसकि वनस्पतिको पुर्नउत्पादन र आत्म रक्षामा कमि आउने हुँदा वनजङ्गलको विनाशमा अझ तीव्रता आउन सक्ने खतरा देखिएको छ । सिमसार क्षेत्रहरु सुक्ने, पुरिने वा आकार घट्ने स्थिति पैदा हुन्छ । यसबाट चरालगायतका जैविक विविधताका स्रोतहरु घट्न गई पर्यटन व्यवसायमा समेत असर पर्न जान्छ ।

कृषि क्षेत्र :– नेपालमा कृषि उत्पादकत्वमा समेत कमी आउने निश्चित छ । नेपालमा ६४% खेतीपाती आकाशे पानीमा भर पर्ने भएकाले खेतबारीमा पानी कम हुने वा बाढी पहिरो आउने, भू–स्खलन हुने तथा बढी तापक्रमबाट रोग, भोकमरी जस्ता समस्या बढ्ने लक्षण देखिएको छ । ति मध्ये सबै भन्दा बढी असर कृषि क्षेत्रमा बढि देखिन्छ, कृषि क्षेत्रमा असर कम गर्न अब जलवायु मैत्रि खेति अपनाउनु भन्दा अर्को उपाय छैन तसर्थ जलवायु मैत्रि खेतिमा ध्यान जानु आबश्यक छ, जलवायु मैत्रि खेति भन्नाले वातावरण वा जलवायु सुहाउदो भन्ने बुझिन्छ जस्तो कि धैरै सुख्खा सहने जातको प्रयोग वा धैरै पानी सहने जातको प्रयोग आदी, ।
नेपालका लागि उपयुक्त जलवायु मैत्री कृषि प्रविधि र पद्धतिहरु :

१) जलवायुमैत्री आनुवाँशिक स्रोत व्यवस्थापन  : प्रकोप तथा खतरा सहन सक्ने बाली तथा बालीका जातहरुको प्रयोग, सामुदायिक बीउ बैंक ।

२) जलवायु मैत्री पानी तथा पानीका स्रोत व्यवस्थापन : आकासे पानीको संकलन, खेरजाने पानीको संकलन, सुक्ष्म सिंचाई प्रविधिहरु, पानीको स्रोतको व्यवस्थापन, हिउँ संकलन, पानीको बहुउद्देश्यीय प्रयोग, धान खेतलाई पालैपालो भिजाउने र सुकाउने प्रविधि, सघन धान खेती प्रणाली अर्थात एस. आर. आई., छरुवा धान खेती प्रविधि, छापो प्रविधि ।

३) जलवायु मैत्री माटो तथा खाद्यतत्व व्यवस्थापन : गोठेमलको सुधार र सही व्यवस्थापन, कम्पोष्टमल, हरियो मल , कोशेबालीको प्रवद्र्धन, संरक्षण कृषि प्रणाली, घाँसेहार प्रविधि, कम खनजोत प्रविधि, प्रांगारिक खेती, पर्माकल्चर ।

४) जलवायु मैत्री शत्रुजीव व्यवस्थापन : जैविक विषादीको प्रयोग, पशुमुत्रको संकलन र प्रयोग, बाली विविधिकरण ।

५) जलवायु मैत्री ज्ञान र क्षमता व्यवस्थापन : आइ.सि.टि.मा आधारित कृषि मौसम सल्लाह सेवा ,कृषक पाठशालाहरु, जलवायु मैत्री कृषि प्रविधि प्रदर्शन स्थलहरु, जलवायु मैत्री अवलोकन भ्रमण ।

६) कार्बन मैत्री (अर्थात न्यून कार्बन उत्सर्जन) कृषि व्यवस्थापन : कृषि वन प्रणाली, खोरिया खेतिको बैज्ञानिक व्यवस्थापन, बायो ग्याँस अर्थात गोबर ग्याँस ।

७) उर्जामैत्री कृषि व्यवस्थापन : सौर्य उर्जा, वायुउर्जा सुधारिएको अलैँची भट्टी ।

८) परिस्थितिकीय प्रणाली मैत्री कृषि व्यवस्थापन : चरन क्षेत्रको बैज्ञानिक व्यवस्थापन, बायोइन्जिनियरिङ, सार्बजनिक जग्गा व्यवस्थापन आदी ।

तसर्थ नेपालको आर्थिक मेरुदण्डको रुपमा रहेको कूषि पेसालाई व्यवसायिक वैज्ञानिक बनाउनु एउटा प्रमुख समस्या हो भने अर्को तर्फ बढ्दो जनसङ्खख्या वृद्दि अनुसारको खाद्यान्न उत्पादन गर्नु अर्को चुनौति नै छ । यसका साथै जलवायु परिर्वतनको कारण उत्पादनमा प्रत्यक्ष असर परि उत्पादन घट्नु अझ गम्भीर समस्या हो । जलवायु परिर्वतनको कारण जुम्लाको स्याउ एक महिना पहिले नै पाकेको जस्ता जलवायु परिर्वतनको असर हामी आँखा भरि नै देखिरहेका छौ । त्यस कारण वर्तमान अवस्थामा जलवायु परिर्वतनको असरलाई कम गर्न जलवायु मैत्री खेति नै राम्रो उपाय हो ।

प्रतिकृया दिनुहोस्

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा मनाईयो

नेपाल पत्रकार महासंघको ६९औं स्थापना दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला...

माण्डवी गाउँपालिकामा महोत्सव लाग्दै

प्यूठानको माण्डवी गाउँपालिका १ त्रिवेणीमा कृषि तथा पर्यटन प्रवद्धनका लागि प्रथम माण्डवी महोत्सव सञ्चालन हुने...

सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि तालिम प्यूठान नगरपालिकामा

प्यूठान नगरपालिकामा समुदायको अगुवाईमा विपद जोखिम न्युनिकरण परियोजना अन्तर्गत सामुदायिक विपद व्यवस्थापन समितिको क्षमता वृद्धि...

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसमा निशुल्क आँखा परीक्षण

नेपाल नेत्रज्योति संघको २८ औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा परीक्षण गरिएको छ । मंगलबार...

रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षाेउल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रङ्गहरूको पर्व होली, पहाडी जिल्लाहरूमा एकआपसमा हर्षाेउल्लासका साथ मनाइँदै छ ।...