News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुन

झुलेनी नेटवर्क
१२९५ पटक

जिल्लामा प्युठान जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । जुम्रिमा एक कार्यक्रमको आयोजना गरी तेजबहादुर पुनको अध्क्षतामा तदर्थ समिति गठन भएको हो । ११ सदस्यिय सघको उपाध्यक्ष सन्दीप श्रेष्ठ,  सचिव जीवन खनाल र कोषाअध्क्ष आशिष श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा महेन्द्र वि.क., उमेश घर्तिमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, हुकुम परियार र अमित थापा मगर छन् ।

जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएसँगै नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला सदस्यता प्राप्तिको लागि प्यूठानलाई पनि बाटो खुलेको नवगठित संघका अध्यक्ष पुनले जानकारी दिए । यो समितिको प्रमुख उदेश्य क्यानबाट पूर्ण सदस्यता मान्यता पाउनका लागि हरतरह कार्य गर्ने उनले बताए । संघमा प्यूठान जिल्ला नहुँदा क्रिकेट खेल पछाडी परेको उनको भनाइ छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम आयोजना गर्न पत्रकार टु आर क्षेत्रीले समन्वय गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...