News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा जिल्ला क्रिकेट संघको अध्यक्षमा पुन

झुलेनी नेटवर्क
१३०८ पटक

जिल्लामा प्युठान जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । जुम्रिमा एक कार्यक्रमको आयोजना गरी तेजबहादुर पुनको अध्क्षतामा तदर्थ समिति गठन भएको हो । ११ सदस्यिय सघको उपाध्यक्ष सन्दीप श्रेष्ठ,  सचिव जीवन खनाल र कोषाअध्क्ष आशिष श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा महेन्द्र वि.क., उमेश घर्तिमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, हुकुम परियार र अमित थापा मगर छन् ।

जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएसँगै नेपाल क्रिकेट संघ (क्यान) को जिल्ला सदस्यता प्राप्तिको लागि प्यूठानलाई पनि बाटो खुलेको नवगठित संघका अध्यक्ष पुनले जानकारी दिए । यो समितिको प्रमुख उदेश्य क्यानबाट पूर्ण सदस्यता मान्यता पाउनका लागि हरतरह कार्य गर्ने उनले बताए । संघमा प्यूठान जिल्ला नहुँदा क्रिकेट खेल पछाडी परेको उनको भनाइ छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्याम बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम आयोजना गर्न पत्रकार टु आर क्षेत्रीले समन्वय गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...