News Portal

रेडियो सुन्नुहोस्

भृकुटीमण्डपमा प्रतिनिधि तथा नेता, कार्यकर्ता पुग्ने क्रम सुरु : कांग्रेसको १४ औँ महाधिवेशन

सभापतिमा साझा उम्मेदवार तयबारे छलफल गर्न नेताहरू पौडेल निवास

झुलेनी नेटवर्क
८८३ पटक

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । अहिले भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधि पुग्ने क्रम सुरु भएको छ । त्यस्तै नेता, कार्यकर्ता पनि जमघट हुन थालेका छन् । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि छन् । प्रतिनिधिहरु काठमाण्डौ आइसकेका छन् ।
भृकुटीमण्डपमा चहलपहल बढेको छ । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा.प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण जोखिमका कारण काठमाण्डौ उपत्यका बाहिरबाट सहभागी नबोलाएको तर प्रतिनिधि र स्वतःस्फूर्तरुपमा आउने कार्यकर्ता भने सहभागी हुने उहाँले बताउनुभयो । मञ्च बाहिर ठूला पाँच वटा डिस्प्ले राखिएको छ ।

यसैबिच महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा नेताहरू सभापतिका लागि साझा उम्मेदवार छनोटको प्रयासमा लागेका छन् । संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भए पनि संस्थापन इतर समूहमा भने अझै पनि निर्णय हुन सकेको छैन ।

संस्थापन इतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दुवैले उम्मेदवारी दिने अडान राखेका छन् । दुवैले सामाजिक सञ्जाल मार्फत प्रचार–प्रसार थालिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोइराला र सिंहबीच सहमति नभए आफू महाधिवेशनमै नजाने बताएका छन् ।

अहिले साझा उम्मेदवार तयका विषयमा छलफल गर्न नेताहरू पौडेले निवास बोहोराटार पुगेका छन् । अहिले पौडेलसँग छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल र महामन्त्रीका प्रत्याशी गगन थापा पौडेल निवास पुगेका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...