News Portal

रेडियो सुन्नुहोस्

भृकुटीमण्डपमा प्रतिनिधि तथा नेता, कार्यकर्ता पुग्ने क्रम सुरु : कांग्रेसको १४ औँ महाधिवेशन

सभापतिमा साझा उम्मेदवार तयबारे छलफल गर्न नेताहरू पौडेल निवास

झुलेनी नेटवर्क
७३६ पटक

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा मञ्च तयार पारिएको छ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ । अहिले भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधि पुग्ने क्रम सुरु भएको छ । त्यस्तै नेता, कार्यकर्ता पनि जमघट हुन थालेका छन् । महाधिवेशनमा चार हजार सात सय प्रतिनिधि छन् । प्रतिनिधिहरु काठमाण्डौ आइसकेका छन् ।
भृकुटीमण्डपमा चहलपहल बढेको छ । उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा.प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण जोखिमका कारण काठमाण्डौ उपत्यका बाहिरबाट सहभागी नबोलाएको तर प्रतिनिधि र स्वतःस्फूर्तरुपमा आउने कार्यकर्ता भने सहभागी हुने उहाँले बताउनुभयो । मञ्च बाहिर ठूला पाँच वटा डिस्प्ले राखिएको छ ।

यसैबिच महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा नेताहरू सभापतिका लागि साझा उम्मेदवार छनोटको प्रयासमा लागेका छन् । संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भए पनि संस्थापन इतर समूहमा भने अझै पनि निर्णय हुन सकेको छैन ।

संस्थापन इतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दुवैले उम्मेदवारी दिने अडान राखेका छन् । दुवैले सामाजिक सञ्जाल मार्फत प्रचार–प्रसार थालिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोइराला र सिंहबीच सहमति नभए आफू महाधिवेशनमै नजाने बताएका छन् ।

अहिले साझा उम्मेदवार तयका विषयमा छलफल गर्न नेताहरू पौडेले निवास बोहोराटार पुगेका छन् । अहिले पौडेलसँग छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल र महामन्त्रीका प्रत्याशी गगन थापा पौडेल निवास पुगेका छन् ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...