News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीय : गुट उपगुटको राजनीतिले राम्रो गर्दैन

झुलेनी पोष्ट२०७८ मंसिर २८
१४३९ पटक
२०७८ मंसिर २८

जीवनभर कांग्रेसको राजनीति गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल १४ औं महाधिवेशन चलिरहेका बेला आँसु झार्दै अधिवेशन स्थल छाडेर घर पर्कन प¥यो । कांग्रेसको मूल्य, मान्यताप्रति सधैं अडिग रहेका उनी पार्टीको दोस्रो नेता र सरकारको उपप्रधानमन्त्री भए । तर, पार्टी र सरकारको पहिलो पदमा नपुगी राजनीतिक जीवनको उत्तरार्द्धमा निराश हुनु परेको छ ।

जे देखे, त्यो बोलेका कारण गुट, उपगुट र सत्तास्वार्थका कारण पार्टीको कार्यकारी पदबाट बिदा लिनुपर्ने अवस्थामा पौडेललाइ आएको हो । उनको झन्डै ६ दशकको सक्रिय राजनीतिक यात्रामा बिराम लागेको छ । सधै इमानदार नेताकोरुपमा स्थापीत कांग्रेसका संस्थापक नेताद्वय गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जीवनको उत्तरार्द्धमा पार्टीमा यस्तै नियती भोग्न परेको थियो ।

त्यो बेला तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले लिएका नीति र कार्यशैलीगत व्यवहारका कारण जसरी सिंह र भट्टराईले पार्टीबाट अलग हुने बाटो रोजे, करिब त्यस्तै नियतिमा पुगेका छन् पौडेल पनि । त्यतिबेला सिंह र भट्टराईको गुनासो गिरिजाप्रसादसँग थियो । पौडेलको गुनासो सिंहपुत्र प्रकाशमान र गिरिजाप्रसादका भतिज शेखरप्रति छ ।

सधै सेरबहादुरसंग लड्न उस्काउनेहरुले पौडेललाई साझा उम्मेदवार बनाउन चाहेनन् । सहयोग गरेनन् । उनीहरूको महत्त्वाकांक्षाको सिकार बन्न परेको भन्दै पौडेलले चित्त दुखाएका छन् । संस्थापन बाहेकबाट साझा उम्मेदवार बन्न नसकेकाले आफू ‘दलदल’ मा फस्न नचाहेको भन्दै आँसु झारेका छन्  । राष्ट्रिय राजनीतिको भूमिकामा रहिरहने उद्घोष गरेका उनले पार्टी जीवनको प्रतिस्पर्धामा अब नफर्कने सन्देश छाडेका छन् ।

पौडेललाई एक पटक पार्टी र सरकारमा पहिलो भएर केही गरौं भन्ने हुटहुटी थियो । शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री र कांग्रेस (प्रजातान्त्रिक) सहित दुई पटक पार्टीको सभापति बन्दा पौडेलले भने पार्टी र राज्यसत्ताको पहिलो पद कहिल्यै पाउन सकेनन् । उमेरले पौडेल ७७ वर्षमा लागेका छन्  ।

२०६५ सालमा उनले प्रधानमन्त्रीका लागि सत्र पटक प्रतिस्पर्धा गरेका थिए । त्यसमा उनको कमजोरी थिएन,तत्कालीन संवैधानिक व्यवस्थाका कारण उनले सत्र पटकसम्म प्रतिस्पर्धामा उत्रिनुप¥यो तर पनि प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्न सकेनन् । २०१७ सालपछि राजनीतिमा सक्रिय पौडेल २०४४ बाटै पार्टीको केन्द्रीय सदस्य भएका हुन् । आफैंले नेतृत्व गरेको समूहमा सभापतिका दुई जना उम्मेदवार भएपछि पौडेल कहाँ रहन्छन् भन्ने उत्सुकता छ । उनी जहाँ रहे पनि अब उनले सम्हालेको समूहको नेतृत्व सिंह वा कोइराला परिवार कसले लिने भन्ने मुख्य प्रतिस्पर्धा हुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...