News Portal

रेडियो सुन्नुहोस्

न्युनतम पारिश्रमिक समितिद्वारा अर्घाखाँचीमा अन्तरक्रिया

एलबी थापा२०७८ पुस २
१४०३ पटक
२०७८ पुस २

नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिले अर्घाखाँची जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीको संयोजनमा समितिले शुक्रवार सन्धिखर्कमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको हो । समितिका सदस्य गिरु प्रसाद भण्डारीले सञ्चारकर्मिहरुले न्युनतम पारिश्रमिक निर्धारण समितिले तय गरे अनुरुप पाए नपाएको र जिल्लाको सञ्चार क्षेत्रको विषयमा जानकारी लिएका थिए ।

जिल्ला जिल्लामा पुगेर कार्यक्रम आयोजना गरिएको बताउँदै सदस्य भण्डारीले कोभिड–१९, का कारण प्रभावित भएका सञ्चारमाध्यम, सञ्चार गृह र सञ्चारकर्मिहरुलाई परेका गुनासाहरु लिएर सम्बन्धित निकायमा पेश गरी कार्यान्वयनमा लैजाने जानकारी दिए । सदस्य भण्डारीका अनुसार जिल्ला जिल्लामा पुगेर सञ्चारगृह र सञ्चारकर्मि सहभागी गराएर उनीहरुको समस्याको बारेमा बुझ्ने कार्य भइरहेको छ । सञ्चार क्षेत्र स्थापना गर्दा राज्यले आवस्यक मापदण्ड कायम नगरेका आम सञ्चारकर्मिहरु मारमा परेको उनको भनाई थियो ।

कार्यक्रममा सहभागीहरुको मिडिया स्थापनामा होडबाजी गर्ने प्रचलन बढ्दो रहेकोले ब्यवस्थापनमा जोड दिन आग्रह थियो । ऐनले सबैलाई तलब दिएको भएपनि खास पत्रकारले तलव नपाएको सहभागीहरुले गुनासो गरेका छन् ।

राज्यबाट पनि मिडिया प्रवद्र्धनमा लगानी नरहेको जनाउँदै उनीहरुले पुर्वाधार निर्माणलाई विकास ठान्ने तर मिडिया ब्यवस्थापन र प्रवद्र्धन विकास नठान्ने प्रवृत्तिले सञ्चार क्षेत्र कमजोर बन्दै गएको उल्लेख गरेका छन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष शोभाकर पन्थीले मिडिया सञ्चालक र मिडियाकर्मि विकृत हुँदा पत्रकारिताको धर्म मासिएको उल्लेख गरेका छन् ।

विचार बिनाको पत्रकारिता संभव नरहेको उल्लेख गर्दै उनले समानुपातिक विज्ञापन निति लागु हुने हो भने अहिलेका समस्या सबै समाधान हुने उल्लेख पन्थीले बताएका छन् । पत्रकारिता धर्म हो र कर्म हो भन्ने ठानेर ब्यक्ति भन्दा संस्थालाई जोगाउने कार्यक्रम मिडिया कर्मि लाग्ने हो भने न्युनतम पारिश्रमिक कार्यान्वयनमा समस्या नरहेको बताए ।

कार्यक्रममा सहभागी पत्रकार मुक्तिनाथ भुसालले प्रेस परिचय पत्र पाउनका लागि कुनै पनि मिडिया आफै खातामा पैसा राखिदिएर उनीहरुले तलव स्वरुप त्यहि पैसा बैंकमा जम्मा गरिदिने समेत प्रचलन रहेको बताए ।
जिल्लामा पत्रिका र रेडियोलाई मात्र विज्ञापन दिने तर अनलाइन सञ्चार माध्यमलाई विज्ञापन नदिने प्रचलनले आफूहरु मिडिया सञ्चालन गर्न कठिनाई भएको पत्रकार सन्तोष केसीले बताए । उनका अनुसार स्थानीय तहले आग्रह पुर्वाग्रह राखेर अनलाई सञ्चार माध्यमहरुलाई विभेद गरीएको छ ।

हरेक वर्ष यस्ताखाले अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने गरेपनि कार्यान्वयनमा नआउनु दुखको विषय रहेको पत्रकार श्याम घिमिरेले जनाए । विद्युत महसुल तिर्न नसकेर समस्यामा गाँजिएका रेडियोले न्युनतम पारिश्रमिक उपलब्ध गराउनु सञ्चारहगृहलाई चुनौती रहेको बताए ।
राजनीतिले मिडिया गाँजेको उल्लेख गर्दै गोपाल प्रसाद भट्टराइले सुरुमा जसरी स्थापना गरीन्छ त्यसैगरी निरन्तरता नहुँदा मिडियाकर्मि समस्यमा रहेको उल्लेख गरे ।

कार्यक्रममा सहभागी जितेन्द्र खत्रीले जिल्लामा एकैखालको विज्ञापन निति नहुँदा आमसञ्चार माध्यम सञ्चालनमा समस्या रहेको उल्लेख गर्दै उनले मिडिया र मिडियाकर्मि दुबै चुनौतीका साथ समय गुजार्नुपरेको धाराणा राखेका छन् ।
कार्यक्रममा महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता, सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुषालको प्रमुख आतित्थ्यता, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गिरु प्रसाद भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, सन्धिखर्क न.पा.का उपप्रमुख ठाकुर कुमार बि.क., प्रमुख प्रशासकिय अधिकृत नारायण अ¥याल लगायतले शुभकामना मन्तब्य राखेका थिए भने महासंघका सह सचिव ह्यदय भुषालले स्वागत मन्तव्य राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...