News Portal

रेडियो सुन्नुहोस्

प्रधानमन्त्री कप क्रिकेट : पुलिस सेमिफाइनलमा, कर्णाली बाहिरियो

झुलेनी नेटवर्क३० पुस, काठमाडौं
१०८१ पटक
३० पुस, काठमाडौं

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिस समूह ए को विजेता पनि बनिसकेको छ ।

३ खेलबाट पुलिसको ६ अंक भएको छ । सुदूरपश्चिम र आर्मीलाई पराजित गरेको पुलिसले अब प्रदेश १ संग खेल्न बाँकी छ ।

उता समूहको चारै खेल खेलिसकेको कर्णाली जम्मा २ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि पुलिसले पहिले ब्याटिङ गर्दै कीर्तिमानी २४४ रन बनाएको थियो । प्रधानमन्त्री कप टी-२० मा यो कुनै पनि टिमले बनाएको उच्च स्कोर हो ।

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले शतकीय साझेदारी गर्दै उत्कृष्ट ब्याटिङ गर्दै पुलिसको लागि उच्च स्कोर बनाए । कुशलले ३९ बल खेल्दै ९ चौका ३ छक्का मद्दतमा सर्वाधिक ८२ रन बनाए । दीपेन्द्रले २८ बल खेल्दै ९ चौका र २ छक्का मद्दतमा ६२ रन जोडे ।

कुशलले २१ बलमा र दीपेन्द्रले २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

आठौं नम्बरमा ब्याटिङ गरेका विकेटकिपर दिलिप नाथले १० बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३१ रन जोडे । आरिफ शेखले पनि ९ बलमा २ छक्का प्रहार गर्दै अविजित १८ रन बनाए । पवन सर्रफले २२ र कप्तान मञ्जित श्रेष्ठले १९ रन बनाए ।

कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रविन्द्र शाहीले २-२ विकेट लिए । पुलिसका कुशल भुर्तेल खेलको म्यान अफ दि म्याच घोषित भए ।

जवाफमा कर्णालीले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि अन्तिम बलमा रनआउट भएका प्रकाश जैसीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाए ।

त्यसबाहेक कप्तान रवीन्द्रजंग शाहीले १७ रन जोड्दा दिवान पुन १७ रनमै अविजित रहे । मनिष थापा र दिनेश अधिकारीले समान १५ रन बनाए । पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले २-२ विकेट लिए । दीपेन्द्रले २ ओभरमा ८ र योगेन्द्रले ३ ओभरमा १० रन खर्चिए ।

९ बलर प्रयोग गरेको पुलिसका लागि करण केसी, गुल्सन झा, पवन सर्राफ र कुशल भुर्तेलले समान १ विकेट लिए ।

 

online khabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...