News Portal

रेडियो सुन्नुहोस्

प्रधानमन्त्री कप क्रिकेट : पुलिस सेमिफाइनलमा, कर्णाली बाहिरियो

झुलेनी नेटवर्क३० पुस, काठमाडौं
७६३ पटक
३० पुस, काठमाडौं

नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिस समूह ए को विजेता पनि बनिसकेको छ ।

३ खेलबाट पुलिसको ६ अंक भएको छ । सुदूरपश्चिम र आर्मीलाई पराजित गरेको पुलिसले अब प्रदेश १ संग खेल्न बाँकी छ ।

उता समूहको चारै खेल खेलिसकेको कर्णाली जम्मा २ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरेपछि पुलिसले पहिले ब्याटिङ गर्दै कीर्तिमानी २४४ रन बनाएको थियो । प्रधानमन्त्री कप टी-२० मा यो कुनै पनि टिमले बनाएको उच्च स्कोर हो ।

कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले शतकीय साझेदारी गर्दै उत्कृष्ट ब्याटिङ गर्दै पुलिसको लागि उच्च स्कोर बनाए । कुशलले ३९ बल खेल्दै ९ चौका ३ छक्का मद्दतमा सर्वाधिक ८२ रन बनाए । दीपेन्द्रले २८ बल खेल्दै ९ चौका र २ छक्का मद्दतमा ६२ रन जोडे ।

कुशलले २१ बलमा र दीपेन्द्रले २३ बलमा अर्धशतक प्रहार गरेका थिए ।

आठौं नम्बरमा ब्याटिङ गरेका विकेटकिपर दिलिप नाथले १० बल खेल्दै १ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३१ रन जोडे । आरिफ शेखले पनि ९ बलमा २ छक्का प्रहार गर्दै अविजित १८ रन बनाए । पवन सर्रफले २२ र कप्तान मञ्जित श्रेष्ठले १९ रन बनाए ।

कर्णालीका लागि अनुज चुनारा, प्रकाश जैसी र रविन्द्र शाहीले २-२ विकेट लिए । पुलिसका कुशल भुर्तेल खेलको म्यान अफ दि म्याच घोषित भए ।

जवाफमा कर्णालीले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि अन्तिम बलमा रनआउट भएका प्रकाश जैसीले ४७ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ६८ रन बनाए ।

त्यसबाहेक कप्तान रवीन्द्रजंग शाहीले १७ रन जोड्दा दिवान पुन १७ रनमै अविजित रहे । मनिष थापा र दिनेश अधिकारीले समान १५ रन बनाए । पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले २-२ विकेट लिए । दीपेन्द्रले २ ओभरमा ८ र योगेन्द्रले ३ ओभरमा १० रन खर्चिए ।

९ बलर प्रयोग गरेको पुलिसका लागि करण केसी, गुल्सन झा, पवन सर्राफ र कुशल भुर्तेलले समान १ विकेट लिए ।

 

online khabar

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...