News Portal

रेडियो सुन्नुहोस्

सम्पादकीय : दुर्घटनाको दोषीलाइ कारवाही गर

झुलेनी पोष्ट२०७८ माघ २५
७३३ पटक
२०७८ माघ २५

हाम्रा ग्रामीण सडकहरु काल मार्गमा परिणत हँदैछन् । दशा लागेपछि कसको के लाग्छ ! मान्छेको दिन आएपछि ओछ्यानबाट लडेर पनि मरिन्छ भन्दै दुर्घटनाका नाममा हुने हत्यालाई आँखा चिम्लिनु झन् ठूलो अपराध हो । आफ्नो भाग्यलाई दोष दिएर वा सतीले सरापेको देश भनेर दुर्घटना न्यूनीकरण गर्ने नीति नियम बनाएर कार्यान्वयन नगर्नेहरूको हातमा शासन सत्ता सुम्पिने जनता अब सचेत र जिम्मेवार हुनैपर्छ ।

२०६१ साल माघ ८ गते भालुबाङ प्यूठान सडक खण्ड अन्तर्गत गर्जेनीमा कहाली लाग्दो जन्ती बस दुर्घटना भयो । उबेलाको कच्ची बाटोमा बस खसेर दुलाहा सहित ४१ जनाले अकालमा ज्यान गुमाएका थिए । यस पछि जिल्लामा दर्जन बढी दुर्घटना भएका छन् ।

यही सडकको बगासोती, गोठिबाङ, स्वर्गद्वारीको रुमाले, चेरनेटा, खलंगा लगायत दर्जनौ स्थानमा भएका दुर्घटनामा सयौ जनाले अकालमा ज्यान गुमाएका छन् । बिग्रेको सडक, क्षमता भन्दा बढी यात्रु, ठूलो मात्रामा सामानको भार, गाडीको खराबी, चालकको लापरबाही र कच्ची बाटोका कारण पटकपटक दुर्घटना हुने गरेको छ ।

फेरि यहि माघ २२ गते नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिबाङ दुलही लिएर जादै गरेको जीप दुर्घटना हुँदा ८ जनाले अकालमा ज्यान गुमाउन परेको छ । यो दुखद घटनाले सबैलाइ मर्माहत बनाएको छ । प्रत्येक ठूला दुर्घटनापछि केही दिन रोकथामबारे चर्चा चल्छ तर समयसँगै पीडित परिवार बाहेक सबैले भुल्दै जान्छन् ।

गाडीचालक, सहचालक, गाडी मालिक, रुट परमिट दिने निकाय लगायतका सबै सरोकारवाला माथि अनुसन्धान गरेर दोषीलाई हदै सम्मको सजाय दिइनुपर्छ । दुर्घटनापछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरणका लागि गर्ने प्रतिबद्धता भाषणमा मात्र सीमित भएको छ । अनि छानबिन समितिले दिएको सुझाव कार्यान्वयन गरिदैन । गर्जेनी दुर्घटना पछि छानबिन समितिले सुझाव दिएको थियो । यसको कार्यन्वयन अहिलेसम्म भएको छैन ।

धकेलेर स्टार्ट गर्नुपर्ने खराब गाडीहरू कसरी प्रहरीको नजरबाट जोगिएर यमदूत बनेर सडकमा निर्धक्क गुड्छन् ? गाडी नियमित मर्मत नगर्ने र अत्यन्त पुराना गाडीहरूको रुट परमिट खारेज किन गरिदैन ? निश्चित समयमा गाडी चेकजाँच गर्नैपर्ने बाध्यात्मक नियम बनाएर कार्यान्वयन किन गरिदैन ? उडेर होस् वा गुडेर गन्तव्यमा पुगिएछ भने दर्शन गर्न आउनेछु भनेर देवीदेउतालाई भाकल गरेर हिँड्नुपर्ने अवस्था कहिलेसम्म जनताले सहेर बस्ने ? सबै सम्बन्धित पक्षले जवाफ दिनुपर्छ ।

धेरै पुराना र गुड्ने अवस्थामा नभएका गाडीलाई प्रतिबन्ध लगाउनुपर्छ । नाजुक अवस्था भएका सडक तत्काल मर्मत गर्नुपर्छ अनि बाटो गुणस्तरीय नबनाउने ठेकेदार र जिम्मेवार सम्बन्धित सबै निकायलाई कारबाही गर्नुपर्छ । जथाभावी मापदण्ड विपरीत सडक बनाउन स्थानीय तहलाई दिनु हुँदैन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...