News Portal

रेडियो सुन्नुहोस्

प्यूठान जिल्लामा करिब १ लाख ६१ हजार मतदाता

बिमल प्रसाद पोख्रेल२०७८ फागुन १७, प्यूठान
१३११ पटक
२०७८ फागुन १७, प्यूठान

प्यूठान जिल्लामा कुल १ लाख ६० हजार ९ सय ८४ जना कुल मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । हालसम्म दर्ता भएका यो मतदातामा मृत्यु भएका, दोहोरो नाम परेका र बसाई सरी गएकाहरुको तथ्यांक अद्यावधिक भइरहेकोले यो मतदाता संख्यामा केहिँ घट्ने जिल्ला निर्वाचन अधिकृत राजन श्रीवास्तले जानकारी दिए। स्थानीय तहको निर्वाचन आउँदो बैशाख ३० गतेका लागि सरकारले घोषणा गरेकोले मतदाता नामावली अद्यावधिक कार्य भइरहेको उनले बताए ।

निर्वाचन कार्यालयका अनुसार फागुन १९ गतेदेखि २३ गतेसम्म मृत्यु भएका, बसाइ सरेका, दोहोरो नाम परेका र नामावलीमा त्रुटि भएको सच्चाउन सकिनेछ। निर्वाचन कार्यालयले तयार गरेको अद्यावधिक बाहेक ऐरावती गाउँपालिकामा १५ हजार ९ सय १९, गौमुखी गाउँपालिकामा १६ हजार ५ सय ६४, झिमरुक गाउँपालिकामा २० हजार ४ सय ६२, नौबहिनी गाउँपालिकामा १९ हजार ८ सय ७३, प्यूठान नगरपालिकामा ३० हजार १ सय ८१, मल्लरानी गाउँपालिकामा १२ हजार ६ सय ९५, माण्डवी गाउँपालिकामा १० हजार ३ सय ९८, सरुमारानी गाउँपालिकामा १२ हजार ८ सय, स्वर्गद्धारी नगरपालिकामा २१ हजार ६ सय ९३ जना मतदाता रहेका छन् । यो संख्यामा पछिल्लो पटक जिल्ला बाहिरबाट नाम दर्ता गराएका करिब ४ सय समावेश रहेका छैनन भने तिनीहरुको अद्यावधिक गरीएपछि समावेश हुने बताइएको छ ।

यसैबिच जिल्ला निर्बाचन कार्यालय प्यूठानले आगामी स्थानीय तहको निर्बाचनमा मतदाता शिक्षा कार्यक्रम स्थानीय स्तरमा नगर्ने भएको छ । प्यूठान सदरमुकाम खलंगामा आज भएको मतदाता तथा स्थानीय निर्वाचन तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा कार्यालयले निर्बाचन खर्चमा मितव्यीता कायम गर्दै मतदाता शिक्षा कार्यक्रम नगर्ने जनाएको हो। मतदाता शिक्षाका लागि स्थानीय तहमा उमेद्वार हुनेहरु र आफ्नै पार्टीबाट सञ्चालन गर्नुपर्ने जानकारी गराएको हो । प्यूठानमा १ सय ५१ मतदान केन्द्रहरुका लागि २ हजार ६६ जना कर्मचारी परिचालित हुने जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । त्यसैगरी सरकारले आउदो २०७९ बैशाख ३० गतेको लागि घोषणा गरेको निर्वाचनलाई मध्यनजर गरी प्यूठान जिल्लामा व्यवस्थापन प्रकृया अगाडी बढाइएको छ ।

जिल्ला जनशक्ति व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खिमराज भुषालको अध्यक्षतामा बसेको बैठकले ९ वटा स्थानीय तहमा करिब २ हजार ६६ जना कर्मचारीलाई चुनावमा खटाइने प्रारम्भिक तयारी भएको छ । जिल्लामा शान्ति सुरक्षा मजबुद गराई स्वतन्त्र एंव भय रहित बातावरणमा निर्वाचन गराउन प्यूठान प्रशासन तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी भुषालले बताए । निर्वाचन गराउदा कर्मचारीहरु नेपालको कानूनको अधिनमा रही काम गर्ने बताए । भुषालले कुनै पनी दलका उमेद्धवारले चुनावमा पैसा बाड्ने जस्ता गैर कानूनी काम गरेमा कानून बमोजिम कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । माघ २४ गतेदेखि नँया मतदाता नामावली संकलन कार्य बन्द भएको र अन्तिम नामावली चैत्र १५ गतेसम्म निर्वाचन आयोगले प्रमाणीकरण गरी घोषणा गर्ने कार्यक्रम रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...