News Portal

रेडियो सुन्नुहोस्

पाचौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्युठानमा हुने

मधुसूदन पोख्रेल २०७८ फागुन ३०
२२०४ पटक
२०७८ फागुन ३०

पाचौँ राष्ट्रिय हाप्कीडो च्याम्पेन्सीप प्यूठानमा हुने भएको छ । नेपाल मार्सल आर्ट्स हाप्कीडो संघ प्युठानको आयोजना तथा केन्द्र र प्रदेशको समन्वयमा आगामी चैत्र ५ देखि ७ गतेसम्म केन्द्रिय स्तरको प्रतियोगिता हुने भएको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै हाप्कीडो संघ प्रदेश कमिटिका सचीव एवं संघका प्यूठान जिल्ला अध्यक्ष टेकराज केसीले देश भरका १० हजार भन्दा बढि खेलाडिको उपस्थीतिमा प्रतियोगिता हुने बताएका छन् । “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नारालाई आत्मसात गर्दै माण्डवी गाउँपालिकाको जस्पुर खेलमैदानमा हुने प्रतियोगितामा २० केजी देखि ७५ केजि तौल विचका समुहका खेलाडिलाई खेलमा सहभागि गराउन लागेको के. सी. को भनाई छ ।
हालसम्म जिल्लामा राष्ट्रिय स्तरको खेल नभएको भन्दै यो खेलले जिल्ला चिनाउन पनि महत्वपुर्ण भुमिका खेल्ने आयोजकको भनाई छ । देशभरबाट उपस्थीत खेलाडिहरुलाई व्यवस्थापनको लागि तयारी भैसकेको भन्दै यो खेलबाट जिल्ला चिनाउन सवैको सहयोग रहने पनि आयोजकले जनाएको छ । तोकिएको तौल समुहका विजेता खेलाडिलाई नगद पुरस्कार संगै मेडल र प्रमाण पत्र दिने आयोजकले जानकारी दिएको छ ।
खेलाडी सन्जिब बिष्टले हाप्किडो खेल सुरु गरेदेखि पढाई सङ्गै आफ्नो भविष्य निर्धारण गर्न, स्वस्थ र निरोगी बन्न पुगेको बताएका छन् । खेल सुरु गरेदेखि आफ्नो खाली समयको समेत व्यवस्थापन भएको बताउछन् । यस्तै खेलाडी सुबस्ती के. एम. ले खेलाडी राष्ट्रको गहना भएकाले सम्पुर्ण खेलाडीको अभिभावकहरुले सकारात्मक सहयोग गरे खेलबाटै जीवन धान्न सकिने बताएका छन् ।
प्यूठान जिल्लामा हाप्कीडो खेलमा खेलाडिको आकर्षण राम्रो भएकोले जिल्लामै राष्ट्रिय स्तरको च्याम्पेन्सीप राख्न सफल भएको आयोजकको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...