News Portal

रेडियो सुन्नुहोस्

पाचौं राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्युठानमा हुने

मधुसूदन पोख्रेल २०७८ फागुन ३०
१९८३ पटक
२०७८ फागुन ३०

पाचौँ राष्ट्रिय हाप्कीडो च्याम्पेन्सीप प्यूठानमा हुने भएको छ । नेपाल मार्सल आर्ट्स हाप्कीडो संघ प्युठानको आयोजना तथा केन्द्र र प्रदेशको समन्वयमा आगामी चैत्र ५ देखि ७ गतेसम्म केन्द्रिय स्तरको प्रतियोगिता हुने भएको हो ।
सोमबार पत्रकार सम्मेलन गर्दै हाप्कीडो संघ प्रदेश कमिटिका सचीव एवं संघका प्यूठान जिल्ला अध्यक्ष टेकराज केसीले देश भरका १० हजार भन्दा बढि खेलाडिको उपस्थीतिमा प्रतियोगिता हुने बताएका छन् । “राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नारालाई आत्मसात गर्दै माण्डवी गाउँपालिकाको जस्पुर खेलमैदानमा हुने प्रतियोगितामा २० केजी देखि ७५ केजि तौल विचका समुहका खेलाडिलाई खेलमा सहभागि गराउन लागेको के. सी. को भनाई छ ।
हालसम्म जिल्लामा राष्ट्रिय स्तरको खेल नभएको भन्दै यो खेलले जिल्ला चिनाउन पनि महत्वपुर्ण भुमिका खेल्ने आयोजकको भनाई छ । देशभरबाट उपस्थीत खेलाडिहरुलाई व्यवस्थापनको लागि तयारी भैसकेको भन्दै यो खेलबाट जिल्ला चिनाउन सवैको सहयोग रहने पनि आयोजकले जनाएको छ । तोकिएको तौल समुहका विजेता खेलाडिलाई नगद पुरस्कार संगै मेडल र प्रमाण पत्र दिने आयोजकले जानकारी दिएको छ ।
खेलाडी सन्जिब बिष्टले हाप्किडो खेल सुरु गरेदेखि पढाई सङ्गै आफ्नो भविष्य निर्धारण गर्न, स्वस्थ र निरोगी बन्न पुगेको बताएका छन् । खेल सुरु गरेदेखि आफ्नो खाली समयको समेत व्यवस्थापन भएको बताउछन् । यस्तै खेलाडी सुबस्ती के. एम. ले खेलाडी राष्ट्रको गहना भएकाले सम्पुर्ण खेलाडीको अभिभावकहरुले सकारात्मक सहयोग गरे खेलबाटै जीवन धान्न सकिने बताएका छन् ।
प्यूठान जिल्लामा हाप्कीडो खेलमा खेलाडिको आकर्षण राम्रो भएकोले जिल्लामै राष्ट्रिय स्तरको च्याम्पेन्सीप राख्न सफल भएको आयोजकको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...