News Portal

रेडियो सुन्नुहोस्

कृषि यान्त्रिकरण मर्मत सम्भार एवं संचालन सम्बन्धी तालिमले कृषक उत्साहित

तेजेन्द्र बि. एम.२०७८ चैत १६ प्यूठान
१४६१ पटक
२०७८ चैत १६ प्यूठान

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, प्युठानले संचालन गरेको कृषि यान्त्रिकरण मर्मत, सम्भार एवं संचालन सम्बन्धी ३ दिने तालिम सप्पन्न भएको छ । तालिममा सहभागी कृषकहरु सीप सिक्न पाएकोमा उत्साहित भएका छन् ।

चैत १३ गतेदेखि संचालन गरिएको तालिम आज मङ्गलबार समापन गरिएको हो । तालिममा जिल्लामा उपयुक्त कृषि मेसिनरी यन्त्रहरु प्रयोग गर्दै आएका प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, ऐरावती गाउँपालिका, मल्लरानी गाउँपालिका, झिमरुक गाउँपालिका र माण्डवी गाउँपालिकाका कृषकहरुको सहभागीता थियो । तालिममा मुख्य प्रशिक्षकको रुपमा चितवनका लेखनाथ सुवेदी र सहायक प्रशिक्षककको रुपमा प्युठान नगरपालिका १० का राम बहादुर के. सी. रहेका थिए ।

समापन सत्रको को कार्यक्रममा बोल्दै प्रशिक्षक सुवेदीले तालिममा सहभागी कृषकहरुले अत्यन्तै चासो दिएर सिकेको कुरामा खुसी व्यक्त गर्दै अब यो सीपलाई व्यवहारमा उतार्न आग्रह समेत गरेका थिए । ’तपाइहरुले बनाउन नसक्ने खालको कुनैपनी मेसिनरी समस्याहरु भए मलाई सम्झिनुस सधै तपाईहरुको साथमा रहने छु,’ उनले भने । यस्तै धान जोन संचालन समिति संयोजक श्याम थापाले नेपाल कृषि प्रधान देश भएकोले कृषकहरुले नै कृषिलाई आधुनिकीकरण गर्न आवाज उठाउन, उत्पादन बढाउन र बाहिर बाट आउने रसायनजन्य उत्पादनमा कमि ल्याउन पनि कृषकहरुले मेहनत गर्नुपर्ने बताएका छन् ।

तालीममा प्रशिक्षार्थीका रुपमा रहेका बिपना भण्डारीले आफैले ट्याक्टरले खेत जोतेको थिए अब बनाउन सक्ने भए भनेर खुशी व्यक्त गर्दै यो तालिम फलदायी भएको बताएका छन् । पहिले पुरुषहरुले मात्र यस्तो काम गरेको देखिन्थ्यो त्यही पनि चितवन, नेपालगन्ज गएर तालिम लिएर तर अहिले जिल्लामा यो तालिम संचालन हुदा मैले सम्म अवसर पाए अब यसलाई व्यवहारिक रुपमा काम गरेर देखाउछु,’ उनले भने ।

कार्यक्रमको समापन गर्दै कृषि अधिकृत चुमान सिंह गिरिले बजेत कम भएकाले ३ दिने तालिम संचालन गरेको र यहाँका कृषकहरुले यो तालिमबाट आधारभूत कुराहरु सिकेको हुनाले आगामी वर्षहरुमा अझै धेरैदिनको तालिम संचालन गर्ने बताएका छन् । साथै यो तालिमले कृषकहरुमा थप उत्साह र हौसला मिलेको बताउदै कार्यालय र आफू सदैव कृषकहरुकै साथमा रहने समेत बताएका छन् ।

सहभागी २२ जना कृषकहरुलाई प्रमाणपत्र र एक–एक वटा पिलास समेत दिइएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिति, प्युठानका प्रमुख केशवराज आचार्य रहनुभएको थियो । परियोजना इकाई प्युठानका प्रमुख चुमान सिंह गिरिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भने बिपिन खड्काले गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...