News Portal

रेडियो सुन्नुहोस्

रेकडिस्ट बनेर संगीतमा प्रवेश गरेका सेञ्चुरी म्युजिक एरेञ्जर हुदै स्टुडियो मालिक सम्म बने

सिखबर संवाददाताप्यूठान ०४, साउन
६९९ पटक
प्यूठान ०४, साउन

पर्वत जिल्ला, जलजला गाँउपालिका वडा नं ८ मा बुवा होम बहादुर सेञ्चुरी र आमा माया कुमारी सेञ्चुरीको कोखबाट बि.स. २०४५ साल कार्तिक महिनाको १२ गते जन्मिएका रमेश सेञ्चुरी सुरूमा प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकडिस्ट काम सुरू गरेका हुन । संगीत प्रतिको उनको गहिरो मेहनत लगाबका कारण उनी रेकडिस्ट हुँदा हुदै चर्चित म्युजिक एरेञ्जरका रूपमा स्थापित हुन सफल भए । एरेञ्जर र रेकडिस्ट भएर केही वर्ष प्रिज्म स्टुडियोमै काम गरिरहेका सेञ्चुरीले अहिले आफ्नै निजी सुर ताल रेकडिङ्ग स्टुडियो स्थापना गरेर निरन्तर स्तरीय र गुणस्तरीय गीत संगी उत्पादनमा लागि परिरहेका छन । उनी बिगत १ दशक देखी यो क्षेत्रमा अनवरत रूपमा खटिरहेका व्यक्ति हुन् । उनी नेपाली संगीतको क्षेत्रबाट केही गर्छु भनेर काठमाडौं आएका हुन् । रमेश सेञ्चुरी सानो छदा वनमा गएर खिर्रो काटेर ल्याएर आफैले सारंगी बनाएर आफैले सारंगी बजाउदै सारंगी पनि सिकेका थिए । सेञ्चुरी २०६५ साल देखी औपचारिक रुपमा सांगीतीक क्षेत्रमा प्रबेश गरेका हुन् ।

उनले स्टुडियो सञ्चालन गर्नु भन्दा पहिला धेरै गीतहरु एरेञ्ज गरेका छन् । उनले एरेञ्ज गरेका गीतहरु मध्य क्यामपसको गेटैमा गीतबाट चर्चामा रहनुका साथै ब्यस्त हुन सफल भएका थिए । सानै देखी सांगीतीक क्षेत्रमा लाग्ने सोच भएका रमेश सेञ्चुरीलाई घर परिवार र साथी भाईहरुको हौसला संगै साथ सपोर्ट मिलेको थियो ।
जिवन संगीनी नर्स पेशामा लागेकी सुनिता सुनारको हौसला साथ सपोर्टले पनि यो स्थान सम्म आउन सफल भएको कुरा उनले बताए । उनले एरेञ्ज गरेका गीत मध्य क्यामपसको गेटैमा , चैते दशै बागलुङ्ग घुम्न जाउ, एच आई भी, नेपाली जनताको आँशु झर्दै छ लगायत थुप्रै गीतहरु चर्चामा रहन सफल छन् । साथी भाईहरुको हौसला साथ र सपोर्टले गर्दा स्टुडियो सञ्चालन गरेको कुरा रमेश सेञ्चुरीले जानकारी गराएका छन् ।

उनलाई सपोर्ट गर्नेहरुमा राकेश सोनी, सुजन बराईली, अर्जुन कौशल, कृष्ण समिप सुबेदी, बिबि अनुरागी, कृष्ण रेउले, भिम बि. पौडेल, भिम कुसारी, ओमनमा रहेका जिवन बिसी लगायत धेरैको साथ सपोर्ट रहेकोमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सपोर्ट र मायाको आशा गरेको कुरा बताए । सुर ताल डिजिटल रेकडिङ्ग स्टुडियोमा चर्चित कलाकार र नयाँ कलाकारहरुको स्वरमा गीतहरु धमाधम रेकडिङ्ग भैरहेको छ । उनी सफल हुनुमा सर्बप्रथम त आफ्नो मिहेनत, संघर्ष , निरन्तरता रहेको र त्यसपछि दर्शक श्रोताहरु र कलाकारहरुको माया रहेको कुरा जनाएका छन् । रमेश सेञ्चुरीको सांगीतीक यात्रा अझै अगाडी बढोस् यही छ हाम्रो तर्फबाट शुभकामना ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

नेपालमा वर्सेनि १७ हजारको ज्यान क्षयरोगले लिन्छ

विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाका सञ्चारमर्कीहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ...

क्रिकेट खेलाडी जीसीलाई झिमरुकले गर्यो सम्मान

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी प्रतिश जिसीलाई प्यूठानको झिमरुक गाउपालिकाले सम्मान गरेको छ । झिमरुक...

जीवनोपयोगी शिक्षण विधि नै गुणस्तरीय शिक्षाको आधार हो

आजका दिनमा जताततै गुणस्तरीय शिक्षा भएन भन्ने गुनासो सुन्न पाइन्छ । गुणस्तरीय शिक्षा भनेको के...

जातीय विभेद हटाउन साेँच परिवर्तन गर्नु पर्ने तर्क

प्यूठान पछिल्लो समय जातीय मुद्धाका विषयमा सम्वन्धीत क्षेत्रमा खासै प्रभाव नदेखीयता पनि सरोकारवाला भने सकारात्मक...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी