News Portal

रेडियो सुन्नुहोस्

रेकडिस्ट बनेर संगीतमा प्रवेश गरेका सेञ्चुरी म्युजिक एरेञ्जर हुदै स्टुडियो मालिक सम्म बने

सिखबर संवाददाताप्यूठान ०४, साउन
१२५६ पटक
प्यूठान ०४, साउन

पर्वत जिल्ला, जलजला गाँउपालिका वडा नं ८ मा बुवा होम बहादुर सेञ्चुरी र आमा माया कुमारी सेञ्चुरीको कोखबाट बि.स. २०४५ साल कार्तिक महिनाको १२ गते जन्मिएका रमेश सेञ्चुरी सुरूमा प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकडिस्ट काम सुरू गरेका हुन । संगीत प्रतिको उनको गहिरो मेहनत लगाबका कारण उनी रेकडिस्ट हुँदा हुदै चर्चित म्युजिक एरेञ्जरका रूपमा स्थापित हुन सफल भए । एरेञ्जर र रेकडिस्ट भएर केही वर्ष प्रिज्म स्टुडियोमै काम गरिरहेका सेञ्चुरीले अहिले आफ्नै निजी सुर ताल रेकडिङ्ग स्टुडियो स्थापना गरेर निरन्तर स्तरीय र गुणस्तरीय गीत संगी उत्पादनमा लागि परिरहेका छन । उनी बिगत १ दशक देखी यो क्षेत्रमा अनवरत रूपमा खटिरहेका व्यक्ति हुन् । उनी नेपाली संगीतको क्षेत्रबाट केही गर्छु भनेर काठमाडौं आएका हुन् । रमेश सेञ्चुरी सानो छदा वनमा गएर खिर्रो काटेर ल्याएर आफैले सारंगी बनाएर आफैले सारंगी बजाउदै सारंगी पनि सिकेका थिए । सेञ्चुरी २०६५ साल देखी औपचारिक रुपमा सांगीतीक क्षेत्रमा प्रबेश गरेका हुन् ।

उनले स्टुडियो सञ्चालन गर्नु भन्दा पहिला धेरै गीतहरु एरेञ्ज गरेका छन् । उनले एरेञ्ज गरेका गीतहरु मध्य क्यामपसको गेटैमा गीतबाट चर्चामा रहनुका साथै ब्यस्त हुन सफल भएका थिए । सानै देखी सांगीतीक क्षेत्रमा लाग्ने सोच भएका रमेश सेञ्चुरीलाई घर परिवार र साथी भाईहरुको हौसला संगै साथ सपोर्ट मिलेको थियो ।
जिवन संगीनी नर्स पेशामा लागेकी सुनिता सुनारको हौसला साथ सपोर्टले पनि यो स्थान सम्म आउन सफल भएको कुरा उनले बताए । उनले एरेञ्ज गरेका गीत मध्य क्यामपसको गेटैमा , चैते दशै बागलुङ्ग घुम्न जाउ, एच आई भी, नेपाली जनताको आँशु झर्दै छ लगायत थुप्रै गीतहरु चर्चामा रहन सफल छन् । साथी भाईहरुको हौसला साथ र सपोर्टले गर्दा स्टुडियो सञ्चालन गरेको कुरा रमेश सेञ्चुरीले जानकारी गराएका छन् ।

उनलाई सपोर्ट गर्नेहरुमा राकेश सोनी, सुजन बराईली, अर्जुन कौशल, कृष्ण समिप सुबेदी, बिबि अनुरागी, कृष्ण रेउले, भिम बि. पौडेल, भिम कुसारी, ओमनमा रहेका जिवन बिसी लगायत धेरैको साथ सपोर्ट रहेकोमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सपोर्ट र मायाको आशा गरेको कुरा बताए । सुर ताल डिजिटल रेकडिङ्ग स्टुडियोमा चर्चित कलाकार र नयाँ कलाकारहरुको स्वरमा गीतहरु धमाधम रेकडिङ्ग भैरहेको छ । उनी सफल हुनुमा सर्बप्रथम त आफ्नो मिहेनत, संघर्ष , निरन्तरता रहेको र त्यसपछि दर्शक श्रोताहरु र कलाकारहरुको माया रहेको कुरा जनाएका छन् । रमेश सेञ्चुरीको सांगीतीक यात्रा अझै अगाडी बढोस् यही छ हाम्रो तर्फबाट शुभकामना ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...