News Portal

रेडियो सुन्नुहोस्

शेर हो त्यो मेयर, त्यो शेरसंग लड्ने को अर्को शेर पत्रकार जागेछ ?

यो समाजका सबै मानिस बराबर हुन । सेर भएर जंगलका अरु जनवारहरुलाइ सिध्याउने कुनै दन्त्य कथाको राजा जस्तो कसैलाइ मानिदैन ।

९९४ पटक

डिल्लीराज रावत

सल्यानका पत्रकार दिपसागर भण्डारीले कुन कुरा गर्नुभयो मेयरसंग त्यो उहाँलाइ नै थाहा होला । बागचौर नगरपालिकाले नगरपरिषद्बाट सल्यानका सबै रेडियोलाई एक/ एक लाख छुट्याएको सबैलाइ थाहा छ । दिपसागर त्यहाँको प्रेस सल्लाहकार हुनुहुन्छ ।

हामीले हरेकबर्ष बागचौर नगरपालिकाको रेडियोबाट बजाएको विज्ञापनको रकम दिपसागर मार्फत विल पठाउदा भुक्तानी हुन्छ । मैले एउटा भेटमा दिपसागरलाई अघिल्लो बर्षको ढिला भयो, अलि हामीलाइ समस्या छ यो बर्ष छिटै भुक्तानी गरिदिनुहोला है ज्वाइसाप भनेको हो (दिपसागर नातामा मेरो ज्वाइ पर्नुहुन्छ ) त्यो पनि साथीको हिसावले तर मेयरले एक्कासी रिसाएको कुरा मलाइ थाहा भएन । दिपसागरसंग त्यो भन्दा पछाडि केहि कुरै भएन ।

नगरपरिषले छुट्याएको रकम कसैको पकेटको हो भनेर मैले मेयर संग भनेको पनि छैन भन्ने पनि छैन । कसरी खर्च गर्नुपर्छ भन्ने हामीलाइ थाहा छ । काम नगरेर असारमा कागज बनाइ पैसा बुझ्नु भन्दा कागज गराएर, पहिलो किस्ता रकम लिएर, काम गरेर प्रगति विवरण पेश गर्ने कुरा हो त्यो व्यक्तिगत भन्दा पनि संस्थागत कुरा हो । सबैले काम गर्दा हामीले पनि काम नै गर्नेछौं । त्यो खर्च गर्ने अधिकार हामीलाइ पनि होला ।

मेयर जतिधेरै राजनीति गरेर मेयर हुनुभयो होला त्यो उहाँको कुरा हो, म उहाँलाइ २०५९ सालदेखि चिन्छु सायद सल्यानका बहुसंख्यक पत्रकार उहाँलाई यातायातको दादागिरीमा आएदेखि चिन्नुहुन्छ । त्यो भन्दा पहिला म चिन्छु । जतिबेला हामी उहाँका सहयात्री थियौ ।

म पनि विगत ११ बर्षदेखि पत्रकारीता पेशामा आवद्ध छु । पत्रकारीता र पैसाका कुरा गर्ने हो भने मेरो परिवार नै पत्रकारीता पेशामा छ भन्दा हुन्छ । हामीले तत्कालिन एकिकृत नेकपा माओवादी पार्टीमा आवद्ध साथीहरुले संचालनमा ल्याएको रेडियो शारदामा काम गर्दाका अनुभव साह्रै दुःखका छन ।

रेडियोमा काम गर्दागर्दै विवाह गरेका हामीले गरेका संघर्षका कथा सायद उपन्यास बन्छन । तर पनि हामी पत्रकारीताबाट बाहिरिएका छैनौ तर जिवन धान्न ८ बर्ष देखि सल्यान खलंगामा फोटो स्टुडियो संचालन गरेका छौं । मेरो जीवन सङीनी (प्रगती गिरी) व्यवसायमा र बचेको समय पत्रकारीता गर्नुहुन्छ तर म पत्रकारीतालाइ दिनरात लगाइ खटिरहेको छु ।

अहिले कसैको घरमा डेरावाल ४ जनाको परिवार पुख्र्यौली घर कुमाख गाउपालिकामा भएपनि खलंगामा संघर्ष गरेर जिवन कसरी उत्कृष्ट बनाउने ध्याउन्नमा छौं । म जुन रुपमा पत्रकारीतामा अडिएको छु, औलामा गन्ने पत्रकारहरु जस्तै पेशा नै पत्रकारीता बनाएको म पनि हु । त्यो पनि हाम्रो रोजाइको पेशा हो ।

श्रीमती प्रगतिले “विहान साच्ची कस्तो आरोप लगाउन सकेको है एउटा मेयर भएर, अनी दिपसागरलाइ त तपाइ ज्वाइ भनेर सबै कुरा गर्नुहुन्छ नभएको कुरा कहाँ जोडेको है । भैगो चिन्ता नलिनुस बैठकमा उनै दिपसागरलाई सबैले उल्लु बनाए के रे ।” राति एकनिद मात्रै सुतेर विहान सम्म मनोवाद चलाइरहेकी श्रीमतीले चिन्ता नलिनुस भन्दा क्या आनन्दको ढाडस भयो की । सायद कोहि त छ जसले मलाइ नजिकबाट चिनेको भनेर मन प्रफुल्ल भयो ।
उ बेला पढाइमा अव्वल नै थिए, मेरो जनयुद्धको समयमा औपचारीक पढाइ रोकिएपनि यो पछिको समयमा स्नातकोत्तर सम्म अध्ययन गरेको छु, मेरो जीवन सङीनी प्रगतिले पनि स्नातक सक्नुभएको छ । उहाँ पत्रकार महासंघ सल्यानको उपाध्यक्ष पनि हो, म केन्द्रिय पार्षद, हामी विवाहित हुनुभन्दा पहिला नै पत्रकार महासंघको पदाधिकारी तहमा नै थियौ । मैले उहाँलाई विवाह पछाडि जोडेर पत्रकार बनाएको पनि हैन । यो समयमा पत्रकारीता भन्दा अर्को पेशा अंगाल्नु भनेको हाम्रो लागि पछाडि दौडेको जस्तै हुन्छ । हुनत पत्रकारीता गर्दागर्दै गाउमा शिक्षक बन्ने अवसर नआएका पनि हैनन तर इच्छा अनुसारको काम गर्नु नै राम्रो होला भनेर पत्रकारीता नै गर्न थालियो ।
राजनीतिक रुपमा जुन आरोप लगाइदैछ त्यो उहाँको गलत दृष्टिकोण हो । कुनै पत्रकार राजनीतिक आश्थाविना पत्रकारीता गरेर नेतृत्वमा पुगेको छ भने मलाइ भन्नुहोला । अहिलेका पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पनि पार्टीका थुप्रै जिम्मेवारी सम्हालेर आएका हुन । अहिले उहाले प्रेस सल्लाहकार बनाएका व्यक्तीपनि पार्टीको कुनै पत्रकार संगठनमा छन । रेडियो नेपाल, गोरखापत्र संस्थान, नेपाल टेलिभिजनमा जुन पार्टीको सरकार छ त्यसको नेतृत्व हुन्छ अनी सरकारको गुणगान गाउछ । एउटा मेयर भएपछि कतिसम्म कुरा राख्नुपर्छ भन्ने कुरा त पत्रकार महासंघका उपाध्यक्ष भरत बस्नेतलाई पनि ३/४ महिना अघि तिमी पत्रकारहरु पैसामा विग्छौ भनेर भनेको कुरा पनि आजको पत्रकार महासंघको बैठकबाट नै सार्वजनिक भयो ।
सुन्ने वित्तिकै रियाक्सन दिने मेयरसापको व्यवहार रहेछ । उहाँले विहान एउटा स्टाटस हाल्नुभयो त्यसमा त्यो लेख्नुभा छ । उहाँको आरोप जस्तो म कसैबाट संचालित पनि हैन र हुनेपनि छैन । पत्रकारीताको मान्यता भन्दा टाढा पनि छैन ।
हाम्रो मिडियामा काम गर्ने पत्रकारलाइ समाचारमा बन्देज लगाउदिन तर नियमन भने गर्छु । अर्को कुरा हाम्रो रेडियोमा काम गर्ने भाई खकेन्द्रले म संग सल्लाह गरी एउटा अनलाइन चलाउनुहुन्छ, त्यो उहाँको स्वतन्त्रताको कुरा हो । उहाँले पहिला आफ्नो अनलाइनमा समाचार राख्नुभयो त्यो मलाई थाहा नै थिएन । उहाँले लेखेको कुरा सहि हो भनेर सोधे, उहाँले हो भनेपछि मैले त्योे समाचार अनलाइन तहल्कामा पनि राखे ।
खकेन्द्र केसीले लेखेको समाचार प्रति म सम्मान गर्छु । आजसम्म सल्यानका पत्रकार नेताहरुको दादागिरीका अगाडि कमजोर भएको कुरा तोडिएको छ । म आफ्नो मिडिया रेडियो तहल्का र अनलाइन तहल्काको तर्फबाट खकेन्द्रलाई फेरी सम्मान गर्दछु ।
“सेर हो त्यो मेयर, त्यो सेर संग लड्ने को अर्को सेर पत्रकार जागेछ” भनेर मान्छेहरुले गरेका कुरालाइ सुन्दा म मात्र हैन हाम्रो मिडियामा काम गर्ने साथीहरुलाइ देख्दा गर्व लाग्छ । यो समाजका सबै मानिस बराबर हुन । सेर भएर जंगलका अरु जनवारहरुलाइ सिध्याउने कुनै दन्त्य कथाको राजा जस्तो कसैलाइ मानिदैन । बरु समाजका धनि, गरिव, मगर, दलित, क्षेत्री, बाहुन सबै मानिस बराबर हुन भनेर भन्ने अभियानको समाजवादी राज्य व्यवस्थामा विश्वास गरिन्छ । जुन अहिलेको संविधानले पनि भनेको छ । यो संविधान समाजवाद उन्मुख हुनेछ भनेर ।
जुन कुरा उनले खोलेका छन “पत्रकारहरुले अघिल्लो दिन यो भयो भन्ने भोलिपल्ट पैसाको मिलेमतोमा अर्को समाचार लेख्छन” भन्ने कुरा मेयरले गरेका छन त्यो उनको दादागिरी हो भन्नेमा विहान पत्रकार महासंघको बैठकबाटै थाहा हुन्छ ।
मेयरले मलाइ प्रसंग विहिन कुरा जोडेर डिल्लीले अघि पैसा माग्यो भन्दै सल्यानका धेरै पत्रकारहरुलाइ फोन हानेको कुरा थाहा हुन आयो । महासंघका अध्यक्ष प्रतिक शर्मा, पत्रकारहरु टेकराज शाही, विप्लव महर्जन, रेशम डिसीलाई पनि उहाँले फोन हान्नुभएछ । बैठकमा साथीहरुले व्यवसायको कुरा समाचारसंग दाँज्न नहुने कुरा राख्नुभएको छ र हामीले बैठकमा उहाँले बनावटी कुरा गरेकाले यसको पुष्टी खोज्ने निर्णय भएको छ, त्यो सहि छ । फेरी अर्को कुरा मेयरको प्रेस सल्लाहकार भए भन्दैमा पत्रकारले मेयरको पक्षमा जे पायो त्यो भन्न नहुने कुरा पनि बैठकमा उठेको छ । अनि पत्रकार महासंघले एउटा विज्ञप्ती पनि निकाल्यो । महासंघ सल्यान शाखालाइ सम्मानपुर्वक धन्यवाद दिन्छु ।
मेयरसंग हाम्रा पत्रकार खकेन्द्रको भएको कुरामा समाचार मैले बनाउन लगाएको पनि हैन यसमा आर्थीक पाटो जोडिएको पनि छैन बरु खकेन्द्रलाई मेयरले समाचार किन लेखिस भनेर कराएको पक्कै हो । रेकर्ड छ होला उहाँले नै पुष्टी गर्नुहोला तर हाम्रो यात्रा निरन्तर जारी रहेने कुरामा सबैलाई जानकारी दिदै धन्यवाद ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...