News Portal

रेडियो सुन्नुहोस्

४५ हजार बाेकेर भ्रमणमा निस्किएकाे भ्रमण टाेलीका उपब्धिहरु

सिखबर संवाददातास्वर्गद्वारी प्युठान - ९, भाद्र
१५५५ पटक
स्वर्गद्वारी प्युठान - ९, भाद्र

गत श्रावण २७ गते स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुखको नेतृत्वमा केन्द्रीय राजधानी काठमाडौको भ्रमणमा निस्किएकाे टोलीले भ्रमणको उद्देश्‍य उपलब्धि तथा विभिन्न सम्झौताहरुको बारेमा शनिबार कार्यपालिकाको बैठक मार्फत जानकारी गराएको छ । काठमाण्डौको भ्रमणकाे क्रममा प्राप्त उपलब्धिको बारेमा जानकारी दिदै भ्रमण टोलीका सदस्य सुरेन्द्र हमाल र टेक बहादुर भट्टराई (पदम) ले उर्जा जलश्रोत तथा सिचाँइ मन्त्रालयका मन्त्री सँग भेट गरी स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ र २ को लागि झण्डै डेढ करोड बराबरको लागतमा विद्युत बिस्तार गर्ने माग राखिएकाे बताउनुभयो ।

विद्युतीकरण विस्तारकाे लागि पक्कापक्की कुरा भएको भ्रमण टाेलीले जानकारी गराएकाे छ । काठमाडौको बसाईको बेलामा भ्रमण टाेलीले बैकल्पिक उर्जा तथा प्रबर्द्धन केन्द्रमा गएर साैर्य सोलार बत्तिकाे कुरामा याे भन्दा पहिले यस नगरपालिकामा प्रक्रिया नपुर्याइ साेलार बत्तीकाे कुरा अाएकाे हुदाँ सिफारिस नदिएको कुरा सम्बन्धित निकायमा जानकारी गराउँदा केन्द्रका नवराज ढकालले केही गल्ती भएकाे र यस विषयमा पुन: छानबिन हुने बताएकाे भ्रमण टाेलीले जानकारी गराएकाे छ ।

यस्तै नगरपालिकाकाे भ्रमण टाेलीले गृहमन्त्री सँग भेट गरी नगरपालिकामा रहेकाे इलाका प्रहरी कार्यालय भिङ्ग्रीलाई `क´ श्रेणीको बनाउनुका साथै इलाका प्रहरी कार्यालय भिङग्रीकाे स्तराेन्नतीकाे प्रस्ताव गृह मन्त्री सामु राखिएकाे टाेलीले बताएकाे छ । साथै भिङग्री देखि स्वर्गद्वारी सम्म केवलकार संचालनकाे लागि चन्द्रागिरी केबलकार निर्माण गरेको कम्पनीका संचालक सँग पनि भेटघाट गरी अावश्‍वक परामर्श तथा सुझाव लिएकाे छ । केबलकार संचालनकाे लागि कम्पनीले सिफारिस अगाडि नै लगिएकाे बताउँदै ४ नम्व वडा अध्यक्ष एवम् भ्रमण टाेलीका सदस्य सुरेन्द्र हमालले केबलकार कहाँबाट संचालन गर्न सकिन्छ र प्राविधिक रुपकम  कुन भूगाेलवाट सफल हुन्छ भन्ने विषयमा स्थलगत अनुगमनकाे लागि केही समयभित्र प्राबिधिक टोली आउने बताउनु भयो ।

खानेपानी तथा ढल निकास विभाग सँगकाे भेटघाटमा सहलगानी कार्यक्रम अन्तर्गत ७० प्रतिशत र ३० प्रतिशत अनुसार खाने पानीको उपलब्धता गर्ने कुरा भएको र यसको लागि विभिन्न सर्तहरु पूरा गरी नगरपालिकाले ३० प्रतिशत लगानी गर्न सके १० हजार जनसंख्या लाभान्वित हुने र यो करिब १३/१४ करोडको लगानीमा हुनसक्ने भ्रमण टाेलीले जानकारी दिएकाे छ । नगरपालिकाको करिब ४५ हजार रुपैया खर्च गर्दै भ्रमण समापन गरेकाे हाे र नगरपालिकाकाे काम कार्वाही, नगरवासिलार्इ छरिटाे सेवा प्रदान एवम् कार्यालय व्यवस्थित ढङगले संचालन गर्न सहज होस भनेर सहायक प्रमुख प्रशासकीय अधिकृत ल्याउने भएको सुरेन्द्र हमालले जानकारी दिनु भयो । भ्रमणमा टोलीमा नगरप्रमुख नेत्र बहादुर रोकाय , वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र हमाल , ५ का अध्यक्ष हिरामाणी भण्डारी , ७ का अध्यक्ष टेकबहादुर भट्टराई (पदम), र गणेशमा कालाथोकी (भिम) सहित ६ जनाकाे टाेली केन्द्रीय राजधानी काठमाण्डाैंमा भ्रमणकाे लागि भन्दै गत श्रावण २७ गते निस्किएकाे थियाे ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...