News Portal

रेडियो सुन्नुहोस्

एक सय रुपैयाँमा पेटभरी मासुभात , मासिक ६० हजार कमाई

बिष्णुकुमार देवकोटा दाङ असोज ८
१९४१ पटक
दाङ असोज ८

दाङको एक होटेललमा एक सय रुपैयाँ मा मासु भात खानपाइन्छ भन्दा यो महंगीमा तपाईलाई विश्वास लाग्दैन होला ।

अझ राजमार्गमा कस्टकर यात्रा गर्दे राजमार्गका होटेलहरुमा कोचाकोच गर्दै पन्याइलो दालको झोल र २ चोक्टा मासुको ३ सय ८० रुपैया तिरेर एक छाक खाना खाएकाहरुले त पत्याउने कुरै भएन ।

तर यदि तपाई दाङ को घोराहीमा हुनुहुन्छ र खल्तिमा रु.१०० छ र तपाईलाई मासुभात सुरुप्प खान मन छ भने ढु्क्क हुनुस तपाई लाई मासु रोजी रोजी मासु भात खुवाँउछ घोराही उपमहानगरपालिका वडा नं १४ बसपार्कमा रहेको नमस्ते स्टाफ होटेल एण्ड लज ले ।

बसका सफहरुमात्र होईन सबै सर्बसाधारणहरुका लागी रु. १०० मा मासुभात रोजी रोजी खाना खान पाइन्छ ।

मिडिया नेपाल दाङ जिल्ला कार्यसमितिका सहसचिव अंकित डिसि भन्नुहुन्छ “स्वच्छ, सफा मासुखाना त्यो पनि १ सय रुपैयाँमा पाइने हुँदा प्राय जसो यहिं खाना खाइन्छ ” ।

हामिले स्थलगत अनुगमन गर्दा होटेलमा खाना खाँदै हुनुहुन्थो युवा व्यवसायी राम बहादुर वलि स्वच्छ, सफा खाना त्यो पनी सय रुपैयाँमा पाइने हुँदा आफु यहाँ खाना खान आउने गरेको बताउनुभयो ।

पहिला गाडि चलाउने पेशा छोडेर सपरिवार होटेल पेशामा लागेको होटेल संचालक सुशिल श्रेष्ठ बताउनुहुन्छ । “ बिदेश जानुभन्दा केहि नयाँ सोचका साथ होटेल पेशामा बिगत ४ बर्ष देखी छु, खुसी छु ” श्रेष्ठले भन्नु भयो ।

मासिक करिब ६० हजार रुपैयाँ बचत गर्दै आउनुभएका श्रेष्ठ ले दैनिक १ सय ५० जनाले खानाखाने गरेको जानकारी दिनुभयो ।

“अर्डर अनुसार ५ सय जना सम्म लाई पनि खाना खुवाउन सक्छु ” श्रेष्ठले दावी गर्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...