News Portal

रेडियो सुन्नुहोस्

एक सय रुपैयाँमा पेटभरी मासुभात , मासिक ६० हजार कमाई

बिष्णुकुमार देवकोटा दाङ असोज ८
१६१८ पटक
दाङ असोज ८

दाङको एक होटेललमा एक सय रुपैयाँ मा मासु भात खानपाइन्छ भन्दा यो महंगीमा तपाईलाई विश्वास लाग्दैन होला ।

अझ राजमार्गमा कस्टकर यात्रा गर्दे राजमार्गका होटेलहरुमा कोचाकोच गर्दै पन्याइलो दालको झोल र २ चोक्टा मासुको ३ सय ८० रुपैया तिरेर एक छाक खाना खाएकाहरुले त पत्याउने कुरै भएन ।

तर यदि तपाई दाङ को घोराहीमा हुनुहुन्छ र खल्तिमा रु.१०० छ र तपाईलाई मासुभात सुरुप्प खान मन छ भने ढु्क्क हुनुस तपाई लाई मासु रोजी रोजी मासु भात खुवाँउछ घोराही उपमहानगरपालिका वडा नं १४ बसपार्कमा रहेको नमस्ते स्टाफ होटेल एण्ड लज ले ।

बसका सफहरुमात्र होईन सबै सर्बसाधारणहरुका लागी रु. १०० मा मासुभात रोजी रोजी खाना खान पाइन्छ ।

मिडिया नेपाल दाङ जिल्ला कार्यसमितिका सहसचिव अंकित डिसि भन्नुहुन्छ “स्वच्छ, सफा मासुखाना त्यो पनि १ सय रुपैयाँमा पाइने हुँदा प्राय जसो यहिं खाना खाइन्छ ” ।

हामिले स्थलगत अनुगमन गर्दा होटेलमा खाना खाँदै हुनुहुन्थो युवा व्यवसायी राम बहादुर वलि स्वच्छ, सफा खाना त्यो पनी सय रुपैयाँमा पाइने हुँदा आफु यहाँ खाना खान आउने गरेको बताउनुभयो ।

पहिला गाडि चलाउने पेशा छोडेर सपरिवार होटेल पेशामा लागेको होटेल संचालक सुशिल श्रेष्ठ बताउनुहुन्छ । “ बिदेश जानुभन्दा केहि नयाँ सोचका साथ होटेल पेशामा बिगत ४ बर्ष देखी छु, खुसी छु ” श्रेष्ठले भन्नु भयो ।

मासिक करिब ६० हजार रुपैयाँ बचत गर्दै आउनुभएका श्रेष्ठ ले दैनिक १ सय ५० जनाले खानाखाने गरेको जानकारी दिनुभयो ।

“अर्डर अनुसार ५ सय जना सम्म लाई पनि खाना खुवाउन सक्छु ” श्रेष्ठले दावी गर्नुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...