News Portal

रेडियो सुन्नुहोस्

पुस्कल शर्माकाे दशैमा दशै दशा (भिडियो सहित हेर्नुहाेस्)

सिखबर संवाददाताप्यूठान
८५९ पटक
प्यूठान

गायक पुष्कल शर्माको अभिनयमा ‘दशा’ दशैँ गित आजबाट बजारमा आएको छ । नेपाली मौलिक सिर्जनशिल भावका वियोगन्त भोगाईलाई समेटिएर बनेको दशैँ गितमा देशको समग्र परिस्थीति र दशैँमा गरिबले झेल्नु परेको जीवनको यथार्थ परक कथालाई समेटेर बनाइएको छ । मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा सुनिल केसी र कमल खरेलको संयुक्त पस्तुतिमा रहेको यो गितलाई गणेश अधिकारी र बिष्णु माझीले स्वरबद्ध गरेका छन् ।

दशैँ गित ‘दशामा संग्रहित गरिएको गीतमा सुनिल केसीको शब्द तथा संगीत गणेश अधिकारीको रहेको छ । नेपालीहरुको नजिकिँदै गरेको महान चाड बडा दशैँमा भोग्नु पर्ने पिडा र बेदना संगै समाजमा घटेका घटनाहरुलाई एउटा लयमा ढालेर लोक लयमा आधारित रहेर तयार पारिएको हुनाले आम दर्शक तथा स्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक तथा मोडल पुष्कल शर्माले लिएका छन् ।

सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई चर्चित अनि व्यस्त सम्पदको दिपक विष्टले सम्पादन गरेका छन् । गीतको भिडियोमा लोकप्रिय गायक मोडेल पुस्कल शर्मा र अनु श्रेष्ठको अभिनयलाई देख्न सकिन्छ । भिडियोलाई ब्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...