News Portal

रेडियो सुन्नुहोस्

जिल्ला प्रशासनद्धारा दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बासुदेब गिरीअसोज २५, प्यूठान
१३१२ पटक
असोज २५, प्यूठान

हिन्दुहरुको महान चाडपर्व एकताको प्रतीक भएको शुभकामना कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । जिल्ला प्रशासन कार्यालय प्युठानद्वारा वुधवार  आयोजित बडादशैँ, दीपावली, छठ–२०७५ को उपलक्ष्यमा शुभकामना आदान कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालीका विभिन्न चाडपर्वले विभिन्न समुदायबीच आपसी भाइचारा र एकतामा बाँध्ने गरेको बताउँदै देशको विकासमा समेत सबै एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रदेश सभाका संसद हरि रिजालले देश समृद्ध बनाउन सबैको सहयोग आवश्यक रहेकोले सबै आ-आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए । प्रदेश संसद कृष्ण ध्वज खड्काले सबै संकल्पका साथ लाग्ने हो भने देश समृद्धिको दिशा तर्फ जाने र देशमा हुने भष्टचार अनियमितता कुरितिको अन्त गर्न सके देशले बिकासमा फड्को मार्ने भन्दै सूत्रमा बाँध्ने हाम्रा चाडपर्वले देशमा सुख,शान्ति कायम गर्न सफल रहून् भनी शुभकामना दिए ।

कार्यक्रममा शुभकामना दिदै प्रदेश समानुपातिक संसद तारा जि सीले यो सरकाले जनताको जनचाहना अनुसार काम गर्न नसकेकोले जनताको अपेक्षा अनुसार काम गर्ने प्रेरणा पैदा होस भनी शुभकामना ब्यक्त गरेको थिइन ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चाडपर्व लाई लक्षित गरि बजार अनुगमनलाई तिब्रता दिएको बताए । पर्बको बेला गाउघरमा जाडरक्सी जुवातास खेल्ने शान्ति सुरक्षामा खलल गर्ने गतिविधि तिब्र गतिमा गाडी चलाउने मापसे गरेर ड्राइभ गर्ने प्रती कडा निग्रानी राख्न सुरक्षा निकाएलाइ परिचालन गरिएको बताए । यात्रुलाइ यात्रामा सहज होस भन्ने उदेश्यले ठाउँ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरि प्रबन्ध मिलएकोले सबैले ढुक्क भएर चाडपर्व मनाउन आग्रह गरे । उनले भने चाडपर्व लाई धेरै भड्किलो महँगो नबनाउन भन्दै शुभकामना ब्यक्त गरेका छन ।

जिल्ला समन्वय समिती प्युठानको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले गरेका थिए भने स्वागत सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले गरिएको उक्त कार्यक्रममा जिल्ला न्यायाधीश जिल्ला समन्वय प्रमुख नगरपालिका प्रमुख उपप्रमुख गाउँ पालिकाको अध्यक्ष उपाध्यक्ष राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख तथा राष्ट्रसेवक कर्मचारी जनप्रतिनिधि, उद्योगी, व्यापारी, सञ्चारकर्मी लगायतकले शुभकामना मन्तव्य ब्यक्त गरेक थिय ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...