News Portal

रेडियो सुन्नुहोस्

करिश्मा र रिनाले काजिशलाई आँखा झिम्क्याए पछि मच्चियो तहल्का

८१८ पटक

काठमाडौ, चैत २० । नेपाली लोकदोहोरीको सरक्षण र विकाश गर्नको लागी र नेपाली मौलिक भाकालाई प्रर्बधन गर्नको लागी निरन्तर विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा प्रवासी गायक विष्णु बञ्जाडे र प्रकाश रिजालको बर्षकै सर्बाेकृष्ट भाकामा रहेर तयार पारिएको गीत ”कोइलीले गाउँछ ” गीत आज बाट बजारमा आएको छ ।

विदेशी भुमिमा रहेर पनि नेपाली कलालाई संरक्षण गर्नको लागी लागिपरेका गायक विष्णु बन्जाडे र गायिका कल्पना श्रीपालको सुमधुर आवाजमा मायाका जुहारी गीतमा रहेको छ । प्रेमका सर्वाेकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । जवानीको लोभमा परेका मायालुलाई कसरी प्रेममा पर्दछन । भन्ने कुरालाई रमाइलो पारामा समेटिएको छ । विष्णु बन्जाडेको शब्द सिर्जनामा सुर्य खड्काको सुमधुर संगित संयोजनमा ”कोइलीले गाउँछ ” मा मौलिकता दिइएको छ ।
चर्चित मोडल तथा निर्देशक काजिश श्रेष्ठ , करिष्मा ढकाल,रिना र राजेन्द्रले गीतमा अभिनय गरेका छन । मौलिक र डान्सिङ गित भएका कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउने कुरामा आफु आशाबादी रहेको गायिका कल्पनाले बताइन । किरण चौसियारले छायाँकन गरेको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने दिपक विष्टले सम्पादन गरेका हुन ।

प्रतिकृया दिनुहोस्

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...