News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा उत्कृष्ट्र सञ्चारकर्मि र सञ्चारमाध्यम पुरस्कृत

सागर रिजालप्युठान,५ पुस
९२२ पटक
प्युठान,५ पुस

प्युठान जिल्लामा सन् २०१८ मा बालबालिकाको क्षेत्रमा उत्कृष्ट्र काम गरेका सञ्चारकर्मि र सञ्चारमाध्यम पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठान, कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित कार्यक्रम अन्र्तगत उत्कृष्ट पत्रकार छनौट गरिएको महासंघका सचिव विजयसिंह भारतीले बताए । पुरस्कृत हुनेमा सञ्चारकर्मीको तर्फबाट नेपाल पत्रकार महासंघ प्रदेश सदस्य तथा गोरखापत्र प्युठान संवाददाता सुजल श्रेष्ठ र उत्कृष्ट सञ्चारमाध्यम रेडियो कृपालु ९९ मेगाहर्ज प्यूठानलाई नगद २५ ÷२५ हजार रुपिँया सहित पुरस्कृत गरिएको छ । तीन वटा संस्थाको समन्वयमा बालबालिका सम्वन्धि इलेक्ट्रोनिक बुलेटिन प्रकाशन, रेडियो सन्देश प्रकाशन तथा प्रशारण गरिएको थियो ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ का सदस्य हरि रिजालले कहिले भोकभोकै त कहिले आधा पेट खाएर जनताका गुनासोलाई सिहदरवार सम्म पु¥याउने पत्रकारहरुप्रति नेपाल सरकार ऋणी रहेको बताए । हरेक कार्यको लागि पैसा चाहिन्छ ,उनले भने,‘पत्रकारहरुलाई नेपाल सरकारले उचीत पारिश्रमिक दिन नसकेको खण्डमा पनि ,जनताका आवाजहरु निरन्तर वाहिर ल्याई घचघच्याउने काम गरेका छन् ।’ सहयोगी संस्था कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्डे«नलाई धन्यवाद दिदै उनले पछिल्लो समय बालमृत्युदर कम भएको, कुपोषण, पोलियो जस्ता रोग पनि विस्तारै न्युनिकरण गरेको बताए । सरकारको आँखा नपुगेको ठाउँहरुमा पत्रकारहरु पुगेर जन्ताको बास्तविक अवस्थालाई सम्बन्धित निकायमा पुराएको उनको भनाई छ ।
कार्यक्रममा सहयोगि संस्था सेभ द चिल्डे«नका कार्यक्रम संयोजक अनन्त विकले प्युठानमा सन् २००९ देखि २०१८ सम्म आउँदा जिल्लाले धेरै राम्रो नतिजा प्राप्त गर्न सफल भएको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य, सहभागिता लगाएतका क्षेत्रमा मिडिया संग सहकार्य गरेर अगाडी वढ्दा कतिपय बालबालिकाको घर बनेको, उपचार भएको छ , बालबालिका नियमित विद्यालय जाने वातावरण बन्नुका साथै बालविवाहमा पनि कमि आएको उनले बताए ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष एलवी थापाको अध्यक्षता भएको कार्यक्रममा जिल्ला स्थित सञ्चारकर्मि उपस्थिती रहेको थियो । कार्यक्रमको संञ्चालन शाखाकी सहसचिव राधिका भुसालले गरेकी थिईन् ।

प्रतिकृया दिनुहोस्

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...

अहिलेको शैक्षिक अवस्था, एक चिन्तन

आजभोली विद्यालय शिक्षाको बार्षिक नतिजा प्रकाशनको समय भएकोले नतिजा प्रकाशन र यसका सन्दर्भमा विभिन्न कोणबाट...