News Portal

रेडियो सुन्नुहोस्

हानिकारक छ

रिश्मा थापा
९०७ पटक

चुरोटको तलतल लाग्दा

सुटुक्क चर्पीमा छिर्छु,

नशामा झुम्न मन लागे

लुसुक्क भट्टीमा पुग्छु,

अर्को दिन चोक, चोकमा पुगेर,

अर्ति उपदेश दिन्छु….

धुमपान नगर, स्वास्थ्यको लागि हानिकारक छ ।

मद्यपान नगर स्वास्थ्यको लागि हानिकारक छ।।

कहिले काँही

झनक्क रिस उठ्छ,

आवेगमा मन थाम्नै सक्दिनँ,

घरकीका टाउकोका रौँ गन्छु

मुखमा आएजति भन्छु,

आमालाई त म गन्दै गन्दिनँ

छिमेकी दिदीबहिनी हुन् भन्दिनँ,

अर्को दिन चोकमा पुग्छु

अनि पुरानै उपदेश छाट्छु…

महिला हिंसा नगर, परिवारका लागि हानिकारक छ

महिला हिंसा नगर, समाजका लागि हानिकारक छ

***

चिने जत्तिसँग सापटी माग्छु

सके तिर्छु नसके लुकेर हिँड्छु,

आज नगद भोलि उधारो देख्दा देख्दै पनि

उधारो पाइन्न भन्ने जान्दा जान्दै पनि

उधारो लिन्छु र चोकमा पुग्छु

अनि सगर्व उपदेश दिन्छु…

पैसाको कारोबार साथीभाइमा हानिकारक छ ।

उधारो कारोबार साथी भाइमा हानिकारक छ ।।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...