News Portal

रेडियो सुन्नुहोस्

बखत बिष्ट र प्रतिभा बिष्टको अभिनयमा आयो पहिलो म्यूजिक भिडियो हेर्नुहोस् !

सिखबर संवाददाता
२४६९ पटक

केही समय अगाडी निकै भारल जोडी बनेको जोडी बखत विष्ट र प्रतिभा विष्टको अभिनयमा “चामल चौलानी” नामक नयाँ गीत सार्वजनिक भएको छ । पोखरालाई साङ्गीतिक कर्म थलो बनाएकी लोकदोहोरी गायिका तुलसा क्षेत्रीको प्रस्तुती रहेको  उक्त  म्युजिक भिडियोलाई एक कार्यक्रमका बिच ओम  फाउण्डेशन नेपाल कास्कीद्वारा सोमबार पोखरामा लोकार्पण गरिएको हो ।

गण्डकी प्रदेशका सदस्य सांसद राजिव पहारीले म्युजिक भिडियो लोकार्पण गर्दै गण्डकी प्रदेश संस्कृति,कला र संगीतको राजधानी भएको बताएका छन् । उनले गण्डकी क्षेत्र लोककवि अलिमिया, धर्मराज थापा, बुद्धि परियार, हरिदेवि कोइराला, प्रजापति पराजुली, पुरुषोक्तम न्यौपाने, बिबि अनुरागी लगायतका श्रष्टाहरुको जन्मथलो भएको उल्लेख गर्दै यहाँका हरेक कलाकारको हकहितका निम्ती प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता जनाए ।

चामल चौलानीका गीतकार एवम प्रसिद्ध संगीतकार बिबि अनुरागीले गीत नेपाली समाजमा पछिल्लो समय भईरहेको घटनासँग सम्बन्धित रहेको बताए । गीतमा तुलसीलाई स्वरमा पनि साथ दिएका अनुरागीले २०५१ सालदेखि आफु अनवरत रुपमा गीतसंगीतमै लागिरहँदा नेपाली साँगीतिक बजारको वर्तमान अवस्थाको चित्रण गरेका थिए । उनले गीतसँगीतलाई नेपाल सरकारले पनि नजिकबाट केलाउने बेला आएको बताए । अहिले यस क्षेत्रमा खर्च बढी आम्दानी कम भएकाले कलाकार विस्थापित भइरहेको उनको भनाई थियो ।

कार्यक्रममा प्राज्ञ एवम वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले लोकार्पण गीत ‘चामल चौलानी’ एक सामाजिक चेतनामुलक गीत रहेको बताए । उनले गीतमै कथा भेटिएको उल्लेख गरे । समाजमा त्यस्ता कैयन व्यत्ति छन जो सानो तिनो काम गरेर पनि मिठोनमिठो खाई पेट भरिरहेका छन् । सानो काम र ठूलो काम भनि विवेध गर्ने प्रचलन नेपाली समाजमा रहेकाले त्यसलाई चिर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायिका एवम सञ्चारकर्मी शान्ति गुरुङले श्रष्टा परिचय गरेकी थिईन् भने गीतकार सुमन श्रापितले विमोचित गीतको बारेमा बोलेका थिए । फाउण्डेशनका महासचिव सुरेन्द्र गुरुङले स्वागत गरेको कार्यक्रममा श्रष्टाद्वय बिबि अनुरागी र तुलसी क्षेत्रीलाई सम्मानपत्र सहित सम्मान पनि गरिएको थियो । कार्यक्रम फाउण्डेशनकी कार्यवाहक अध्यक्ष उर्मिला खडकाको अध्यक्षतामा सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...