News Portal

रेडियो सुन्नुहोस्

बखत बिष्ट र प्रतिभा बिष्टको अभिनयमा आयो पहिलो म्यूजिक भिडियो हेर्नुहोस् !

सिखबर संवाददाता
२२१५ पटक

केही समय अगाडी निकै भारल जोडी बनेको जोडी बखत विष्ट र प्रतिभा विष्टको अभिनयमा “चामल चौलानी” नामक नयाँ गीत सार्वजनिक भएको छ । पोखरालाई साङ्गीतिक कर्म थलो बनाएकी लोकदोहोरी गायिका तुलसा क्षेत्रीको प्रस्तुती रहेको  उक्त  म्युजिक भिडियोलाई एक कार्यक्रमका बिच ओम  फाउण्डेशन नेपाल कास्कीद्वारा सोमबार पोखरामा लोकार्पण गरिएको हो ।

गण्डकी प्रदेशका सदस्य सांसद राजिव पहारीले म्युजिक भिडियो लोकार्पण गर्दै गण्डकी प्रदेश संस्कृति,कला र संगीतको राजधानी भएको बताएका छन् । उनले गण्डकी क्षेत्र लोककवि अलिमिया, धर्मराज थापा, बुद्धि परियार, हरिदेवि कोइराला, प्रजापति पराजुली, पुरुषोक्तम न्यौपाने, बिबि अनुरागी लगायतका श्रष्टाहरुको जन्मथलो भएको उल्लेख गर्दै यहाँका हरेक कलाकारको हकहितका निम्ती प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता जनाए ।

चामल चौलानीका गीतकार एवम प्रसिद्ध संगीतकार बिबि अनुरागीले गीत नेपाली समाजमा पछिल्लो समय भईरहेको घटनासँग सम्बन्धित रहेको बताए । गीतमा तुलसीलाई स्वरमा पनि साथ दिएका अनुरागीले २०५१ सालदेखि आफु अनवरत रुपमा गीतसंगीतमै लागिरहँदा नेपाली साँगीतिक बजारको वर्तमान अवस्थाको चित्रण गरेका थिए । उनले गीतसँगीतलाई नेपाल सरकारले पनि नजिकबाट केलाउने बेला आएको बताए । अहिले यस क्षेत्रमा खर्च बढी आम्दानी कम भएकाले कलाकार विस्थापित भइरहेको उनको भनाई थियो ।

कार्यक्रममा प्राज्ञ एवम वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले लोकार्पण गीत ‘चामल चौलानी’ एक सामाजिक चेतनामुलक गीत रहेको बताए । उनले गीतमै कथा भेटिएको उल्लेख गरे । समाजमा त्यस्ता कैयन व्यत्ति छन जो सानो तिनो काम गरेर पनि मिठोनमिठो खाई पेट भरिरहेका छन् । सानो काम र ठूलो काम भनि विवेध गर्ने प्रचलन नेपाली समाजमा रहेकाले त्यसलाई चिर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ लोकदोहोरी गायिका एवम सञ्चारकर्मी शान्ति गुरुङले श्रष्टा परिचय गरेकी थिईन् भने गीतकार सुमन श्रापितले विमोचित गीतको बारेमा बोलेका थिए । फाउण्डेशनका महासचिव सुरेन्द्र गुरुङले स्वागत गरेको कार्यक्रममा श्रष्टाद्वय बिबि अनुरागी र तुलसी क्षेत्रीलाई सम्मानपत्र सहित सम्मान पनि गरिएको थियो । कार्यक्रम फाउण्डेशनकी कार्यवाहक अध्यक्ष उर्मिला खडकाको अध्यक्षतामा सम्पन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...