News Portal

रेडियो सुन्नुहोस्

नौवहिनी गाँउपालीकाद्वारा राहत वितरण सुरु

संचित र नियमित आपुर्ती भईरहेकाले खाध्यान्न समस्या नहुने व्यवसायिहरुको भनाइ

महेश थापा 'आभाष'२० चैत्र, नौवहिनी वाहाने
७९८ पटक
२० चैत्र, नौवहिनी वाहाने

लकडाउनको कारण मजदुरी गर्न नपाएर दैनिक गुजारामा समस्या भएका परिवारलाई अत्यावश्यक खाध्यसामाग्री वितरण सुरु गरिएको छ। गाँउपालिकामार्फत उध्योग वाणिज्य संघ नौवहिनी र सुरक्षाकर्मिसंग सहकार्य गरि वर्डा नं ६ का १८ परिवारलाई प्रतिपरिवार ५० किलो चामल, २ किलो दाल, १ लिटर तेल र १ किलो नुन वितरण गरिएको हो।

सवै वडाहरुमा तथ्यांक संकलन भईरहेको र केही दिनमा सवै वडाका विपन्न र दैनिक ज्यालाजदुरी गर्ने परिवारलाई खाध्यसामाग्री वितरण गरिने गाँउपालीकाका अध्यक्ष शिव रिजालले वताउनु भयो।

त्यसका लागि गाँउपालिकाले उध्योग वाणिज्य संघलाई आवश्यक सामाग्री संचित गर्न पत्राचारसमेत गरेको छ। वाहाने वजारक्षेत्रमा हाल ८ सय ५० क्विन्टल चामल र सोही मात्रामा अन्य खाध्यसामाग्री संचित रहेकाले खाध्यान्न अभाव नहुने उध्योग वाणिज्य संघ वजार ईलाका अध्यक्ष विष्णु केसीले वताउनुभयो।

वजारमा खाध्यान्नको संचिती रहेको र नियमित आयातसमेत भईरहेकाले खाध्यान्न आपुर्तिमा समस्या नहुने व्यवसायि संकर केसिले वताउनु भयो।

ईलाका प्रहरी कार्यालय वाहानेका ईन्स्पेक्टर वद्रिप्रसाद ढकालले कोरोना संक्रमणवाट वचाउन सुरक्षा व्यवस्थालाई चुस्त राखिएको वताउनु भयो।

महेश थापा वाहानेमा रहेेर पत्रकारीता र साहित्यको क्षेत्रमा कलम चलाउनुहुन्छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...