News Portal

रेडियो सुन्नुहोस्

कोरोना रोकथामका लागी फोप्लीमा सर्वपक्षिय समिती सक्रिय

वर्डामा प्रवेश गर्ने ३ वटै नाकामा अत्यावश्यक वाहेक आवतजावत निशेध

सिखबर संवाददाता३ वैशाख, प्यूठान
७९५ पटक
३ वैशाख, प्यूठान

नौवहिनी गाँउपालिका वर्डा नं ८(फोप्ली) लाई कोरोना संक्रमणवाट वचाउन सर्वदलिय/सर्वपक्षिय समिती गठन गरिएको छ। महामारीवाट वच्न सवै पक्षको सहभागिता जरुरी हुने भएकाले सवै राजनितीक दल र नागरिक समाजका अगुवा सम्मिलित समिती गठन गरिएको वडाअध्यक्ष ओविराम वि क ले जानकारी दिनुभयो।

सर्वपक्षिय वैठकले कोरोना संक्रमणवाट वच्न लकडाउनलाई थप कार्यन्वयन गर्न जरुरी रहेको निष्कर्ष निकाल्दै पैदल आवतजावतमा समेत थप कडाई गर्ने निर्णय गरेको छ। स्थानिय मौलिकतामा लकडाउनलाई थप कडाईपुर्वक कार्यन्वयन गर्दै दैनिक खेतिपाती र जरूरी कार्यहरुमा अपनाउनुपर्ने सावधानी सम्वन्धी जनचेतनामुलक अभियान सञ्चालन गर्ने निर्णय भएको नौवहिनी गाउँपालिका कार्यपालिका सदस्य तारा विक ले वताउनु भयो। उहाँका अनुसार अत्यावश्यक वाहेक वडाहरुमा पैदलमार्गवाट भैरहेका आवतजावतलाइ समेत पुर्णरुपमा निशेध गर्ने निर्णय भएको छ।

वडामा वडावाहिरवाट पछिल्लो समयमा भित्रिएका नागरिक र हाल वडावाहिर रहेका नागरिकको अवस्थासम्वन्धी तथ्यांक संकलन गरी वडावासिलाई समस्या परेको अवस्थामा व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने सहमती भएको छ। साविकका वडाहरुमा समेत वडा सदस्यको नेतृत्वमा सर्वपक्षीय समिती वनाईएको छ। लकडाउन र होम क्वारेन्टाईनको नितिलाई पुर्ण कार्यन्वयन गर्न वस्तिहरुमा समेत सर्वपक्षिय सहकार्य गरिएको सदस्य विक ले वताउनु भयो।

प्रतिकृया दिनुहोस्

गुल्मीको बाल बिकास प्रा‍‌‌ विमा श्रीमती तोयासराको नाममा अक्षकोष स्थापना

गुल्मी जिल्लास्थित अग्लुङ्गमा रहेको बाल विकास प्रा ‍‍वि मा तोयासरा मल्ल स्मृति अक्षयकोष स्थापना गरिएको...

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...