News Portal

रेडियो सुन्नुहोस्

कोरोना रोकथामका लागी फोप्लीमा सर्वपक्षिय समिती सक्रिय

वर्डामा प्रवेश गर्ने ३ वटै नाकामा अत्यावश्यक वाहेक आवतजावत निशेध

सिखबर संवाददाता३ वैशाख, प्यूठान
१३२५ पटक
३ वैशाख, प्यूठान

नौवहिनी गाँउपालिका वर्डा नं ८(फोप्ली) लाई कोरोना संक्रमणवाट वचाउन सर्वदलिय/सर्वपक्षिय समिती गठन गरिएको छ। महामारीवाट वच्न सवै पक्षको सहभागिता जरुरी हुने भएकाले सवै राजनितीक दल र नागरिक समाजका अगुवा सम्मिलित समिती गठन गरिएको वडाअध्यक्ष ओविराम वि क ले जानकारी दिनुभयो।

सर्वपक्षिय वैठकले कोरोना संक्रमणवाट वच्न लकडाउनलाई थप कार्यन्वयन गर्न जरुरी रहेको निष्कर्ष निकाल्दै पैदल आवतजावतमा समेत थप कडाई गर्ने निर्णय गरेको छ। स्थानिय मौलिकतामा लकडाउनलाई थप कडाईपुर्वक कार्यन्वयन गर्दै दैनिक खेतिपाती र जरूरी कार्यहरुमा अपनाउनुपर्ने सावधानी सम्वन्धी जनचेतनामुलक अभियान सञ्चालन गर्ने निर्णय भएको नौवहिनी गाउँपालिका कार्यपालिका सदस्य तारा विक ले वताउनु भयो। उहाँका अनुसार अत्यावश्यक वाहेक वडाहरुमा पैदलमार्गवाट भैरहेका आवतजावतलाइ समेत पुर्णरुपमा निशेध गर्ने निर्णय भएको छ।

वडामा वडावाहिरवाट पछिल्लो समयमा भित्रिएका नागरिक र हाल वडावाहिर रहेका नागरिकको अवस्थासम्वन्धी तथ्यांक संकलन गरी वडावासिलाई समस्या परेको अवस्थामा व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने सहमती भएको छ। साविकका वडाहरुमा समेत वडा सदस्यको नेतृत्वमा सर्वपक्षीय समिती वनाईएको छ। लकडाउन र होम क्वारेन्टाईनको नितिलाई पुर्ण कार्यन्वयन गर्न वस्तिहरुमा समेत सर्वपक्षिय सहकार्य गरिएको सदस्य विक ले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...