News Portal

रेडियो सुन्नुहोस्

निक साइमन्सद्वारा प्युठान अस्पताललाई युनिभर्सल जनरल एनेस्थेसिया मेसिन प्रदान

सिखबर संवाददाता १२ वैशाख
१०६७ पटक
१२ वैशाख

प्युठान,जिल्ला अस्पतालबाट प्रदान गर्दै आएको सेवा सुविधाहरुलाई थप प्रभावकारी बनाउनका लागि ३० लाख रुपैयाँ बराबरको युनिभर्सल जनरल एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको छ।
निक साइमन्स इन्स्टिच्युटले आज एक कार्यक्रमको आयोजना गरी प्यूठान अस्पतालको सेवालाई प्रभावकारी र गुणस्तरिय बनाउनका लागि भेन्टिलेटरसहितको युनिभर्सल जनरल एनेस्थेसिया मेसिन सेट प्रदान गरेको इन्स्टिच्युटका ५ नं. प्रदेश संयोजक बिमल चन्द्र पुनले जानकारी दिए।
प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर अमृत पन्थीलाई उक्त मेसिन हस्तान्तरण गर्दै पुनले भने–“विगत ७ बर्षदेखि हामीले यस अस्पतालसंग सहकार्य गर्दै आईरहेका छौं।” बिशेष गरी ग्रामिण भेगका नागरिकहरुलाई सेवा प्रदान गर्ने ग्रामिण क्षेत्रमा रहेका अस्पतालहरुमा सहयोग गर्दै आईरहेको भन्दै उनले प्युठान अस्पताललाई प्रत्येक बर्ष ३ देखि ६ लाख रुपैयाँसम्मको स्वास्थ्य सामग्रीहरु आवश्यकता अनुसार उपलब्ध गराउँदै आएको जानकारी दिए। इन्स्टिच्युटले यस अस्पतालमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउँदै आएको र चिकित्सकहरुको आवासगृह व्यवस्थापन लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको उनको भनाई छ।
निक साइमन्ससंगै जिल्ला समन्वय समिति प्युठानले प्युठान अस्पतालमा आइसोलेशन वेड निर्माणका लागि ५ लाख बराबरका स्वास्थ्य सामग्री
प्रदान गरेको जिल्ला समन्वय समिति प्यूठानका प्रमुख तथा अस्पताल विकास
समितिका अध्यक्ष केशवराज आचार्यले जानकारी दिए ।

सेवा सुविधा प्रभावकारी बनाउन निक साइमन्स इन्स्टिच्युटले उक्त उपकरण प्रदान गरेकोमा इन्स्टिच्युटलाई धन्यवाद दिदैं डाक्टर पन्थीले यसले ग्रामिण भेगका नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने बताए । यसले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्धको लडाईमा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउन सहयोग पुग्ने उनको भनाई छ।
त्यस्तै सहयोगदाता जिल्ला समन्वय समितिलाई पनि धन्यवाद व्यक्त गर्दै डाक्टर पन्थीले जिल्लामा रहेका सबै स्थानिय तहहरुबाट जिल्ला अस्पतालका लागि आईसोलेशन बेड निर्माण र आवश्यक पर्ने स्वास्थ्य सामग्रीका लागि सहयोगको अपेक्षा गरेको भन्दै सक्दो सहयोगका लागि सबैलाई अनुरोध समेत गरेका छन्।।

त्यस्तै प्रदेश नं ५ का प्रदेश सभा सदस्य कृष्णध्वज खड्काले
अस्पतालमा भएको आइसोलेशन बेडको निरिक्षण गरेका छन् । उनले अस्पतालमा रहेको ४
वेडको आइसोलेशनलाई १० बेडको बनाउँदै कोरोना विरुद्धको लडाईमा अग्रसर हुन र तयारीका लागि सबै सरोकारवालाहरुले प्रयास गरिरहेको बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...