News Portal

रेडियो सुन्नुहोस्

सामुदायिक बिध्यालयको शैक्षिक गुणस्तर वृद्धिमा ध्यान जानुपर्छ: सरोकारवाला

राम वहादुर विश्वकर्माप्यूठान १ वैशाख
१८२८ पटक
प्यूठान १ वैशाख

मरन्ठानाका शैक्षिक सरोकारवाला हरुले सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर वृद्घिमा सवैको ध्यान जानुपर्ने वताएका छन्।

बाल बिध्या मा बि मरन्ठानाले  बार्षिक परिक्षाको नतिजा सार्बजनिक गर्ने सन्दर्भ पारेर अायोजना गरेको कार्यक्रममा वोल्दै उनिहरुले सामुदायिक विध्यालयको शैक्षिक गुणस्तर वृद्घी गर्न सकेमामात्र समाजको शैक्षिक अवस्थामा सुधार अाउने वताएका हुन।

बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबम प्युठान नगरपालिका वडा नं ९ का अध्यक्ष नेहरसिह के सि ले शैक्षिक गुणस्तर सुधार गर्न सवै पक्षले प्रयत्न गरे सम्भब रहेको वताउनु भयो।

भौतिक क्षेत्रको लगानिले मात्र बिकास संभव नरहेको र अब शैक्षिक बिकासमा खर्च गरि दक्ष ब्यक्ति उत्पादन साथै रोजगारी प्रदान गरि अगाडी बढ्नु पर्ने प्युठान नगरपालिका १० का अध्यक्ष पदम गिरिले बताउनुभयो।

बिध्यार्थिको लगनसिलता,शिक्षकको कामको एकरुपता, अभिभावको सहयोगले मात्र शिक्षाको गुणस्तरियता कायम गर्न सकिने भएकाले सम्पुर्ण सरोकारवाला निकायले समयमै ध्यान पुर्याउनुपर्ने बिध्यालयका पुर्ब अध्यक्ष एबम समाजसेवी टेकुलाल गिरिले बताउनुभयो ।

उक्त विध्यालयले प्रकाशन गरेको शैक्षिक सत्र २०७४ को नतिजामा बिध्यालय प्रथम विशाल सुनार कक्षा १( ९०%) दितिय दिपक बि सि कक्षा ४( ८८%) र तृतीय स्थान एलिना गिरि कक्षा ५ ले (८६.६६%) हासिल गरेका छ्न।

कक्षागत रुपमा शिशु कक्षामा जेनिस बिष्ट प्रथम कक्षा १ मा क्रमस:मन्जु बिष्ट ,अन्जना बि.क ,माण्डबी बि.सि कक्षा २ मा विशाल सुनार,सोनु नेपाली ,सरोज बि सि कक्षा ३ मा बिपना रोका,समीर बि.क ,अन्जु नेपाली कक्षा ४ मा दिपक बि सि,प्रतीक्षा बि.क,सागर बस्नेत र सम्झना थापा कक्षा ५ मा एलिना गिरि ,सदिच्छा गिरि,अदिक्षा सुनार कक्षा ६ मा अन्जना बिष्ट ,सुरज बुढमगर ,बिजय सुनार  कक्षा ७ मा सुशीला श्रेष्ठ ,सुरज बिष्ट ,अनिता बि.क कक्षा ९ मा पुरन बि.क दिपक सुनार ,वसन्त बिष्ट रहेका छ्न।

२०७३ को शैक्षिकसत्र भन्दा २०७४ मा कक्षा ५ र ८ मा राम्रो नतिजा हासिल गरेका भन्दै बिध्यालयका प्रधानाध्यापक केसु गिरिले आगामी दिनमा अझ राम्रो नतिजाको लागि प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो ।

यसै शैक्षिकसत्र(२०७५) देखि कक्षा १ मा अङ्ग्रेजी माध्यम र कक्षा ११-१२ मा आई .एस्सि .एजि अध्यापनका लागि सम्पूर्ण पुर्बाधार तयारि पूरा भएको बिध्यालयले जनाएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...