News Portal

रेडियो सुन्नुहोस्

शिक्षकहरुका लागी अनलाईनवाटै कम्यूटर तालिम

सिखबर संवाददाता१९ श्रावण, प्यूठान
१२१३ पटक
१९ श्रावण, प्यूठान

प्रविधिमैत्री शिक्षक समाज प्यूठानले कोरोना महामारीकै अवस्थामा शिक्षकहरुका लागी १६ दिने कम्प्यूटर सम्वन्धि तालिम सञ्चालन गरेको छ।

प्रविधिमैत्री शिक्षा र शिक्षण विधिको अवलम्वन गर्ने र शिक्षकहरुलाई नयाँ प्रविधिमा दक्ष वनाउने उदेश्यले २ सय शिक्षकहरुलाई जुम सफ्टवेरको माध्यमवाट तालिम चलाईएको प्रविधिमैत्री शिक्षक समाज प्यूठानका सचिव ज्ञानहरी रिजालले जानकारी दिनुभयो।

श्रावण १० गतेदेखी सुरु भएको तालिम २५ गतेसम्म चल्नेछ। तालिममा माईक्रोसफ्ट वर्ड, एक्सल, पावरप्वाईन्ट, स्केज, मोवाईल एप्स र गुगल टुलका विषयमा सहजिकरण गरिने सचिव रिजालले वताउनु भयो।

वर्ड ५ दिन, एक्सल २ दिन, पावरप्वाईन्ट ५ दिन, स्केज र मोवाईल एप्स १ १ दिन र गुगल टुल २ दिन सिकाईने छ। ध्रुव गिरी, माधव पोख्रेल, शेरचन्द्र के.सी. अञ्जिल थापा, खगेन्द्र खत्री, कृष्णविक्रम शाह, ज्ञानहरी रिजाल र जयन्ता घिमिरेले सहजिकरण गर्ने रिजालले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...