News Portal

रेडियो सुन्नुहोस्

शिक्षकहरुका लागी अनलाईनवाटै कम्यूटर तालिम

सिखबर संवाददाता१९ श्रावण, प्यूठान
१२४० पटक
१९ श्रावण, प्यूठान

प्रविधिमैत्री शिक्षक समाज प्यूठानले कोरोना महामारीकै अवस्थामा शिक्षकहरुका लागी १६ दिने कम्प्यूटर सम्वन्धि तालिम सञ्चालन गरेको छ।

प्रविधिमैत्री शिक्षा र शिक्षण विधिको अवलम्वन गर्ने र शिक्षकहरुलाई नयाँ प्रविधिमा दक्ष वनाउने उदेश्यले २ सय शिक्षकहरुलाई जुम सफ्टवेरको माध्यमवाट तालिम चलाईएको प्रविधिमैत्री शिक्षक समाज प्यूठानका सचिव ज्ञानहरी रिजालले जानकारी दिनुभयो।

श्रावण १० गतेदेखी सुरु भएको तालिम २५ गतेसम्म चल्नेछ। तालिममा माईक्रोसफ्ट वर्ड, एक्सल, पावरप्वाईन्ट, स्केज, मोवाईल एप्स र गुगल टुलका विषयमा सहजिकरण गरिने सचिव रिजालले वताउनु भयो।

वर्ड ५ दिन, एक्सल २ दिन, पावरप्वाईन्ट ५ दिन, स्केज र मोवाईल एप्स १ १ दिन र गुगल टुल २ दिन सिकाईने छ। ध्रुव गिरी, माधव पोख्रेल, शेरचन्द्र के.सी. अञ्जिल थापा, खगेन्द्र खत्री, कृष्णविक्रम शाह, ज्ञानहरी रिजाल र जयन्ता घिमिरेले सहजिकरण गर्ने रिजालले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...