News Portal

रेडियो सुन्नुहोस्

वोल्न नसक्ने अधिकारी दम्पतिको घर निर्माणमा सहयोग जुटदै

पशुपती सापकोटा, भरतमणी पौडेल र पदम भट्टराईद्वारा दस-दस हजार सहयोग

सिखबर संवाददाता
१३९५ पटक

दुवैजना वोल्न नसक्ने अपांगता भएका दम्पती माण्डवि गाँउपालीका वर्डा नँ ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणका लागी सहयोग जुटन थालेको छ।

दुवैजना दम्पती वोल्न नसक्ने अपाँगता भएका एकराज-रेश्माको घर निर्माणका लागि सहयोगस्वरुप नगद रु ४५,१००/- को प्रतिवद्घता साथै आवश्यक ग्रिल, रंगरोगन तथा पेन्टका लागि सहयोगदाताहरुले प्रतिवद्घता गरेको हरि वस्नेतले जानकारी दिनुभयो। वस्नेतका अनुसार सहयोग विवरण यसप्रकार रहेको छ।

माण्डवि गाँउपालिका वर्डा नँ ३ नयाँगाउ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणका लागि हालसम्म प्राप्त सहयोग विवरण

१) प्यूठान नगरपालिका वर्डा नं ७ पुण्यखोला स्थायी ठेगाना भई हाल दोहा कतार वस्ने पशुपती सापकोटावाट रु. १०,०००/- सहयोग रेमिट्यान्सवाट नगद प्राप्त

२) प्यूठान नगरपालिका २ क्वाडी स्थायि ठेगाना भई हाल नर्वे वस्दै आउनुभएका भरतमणी पौडेलले आफ्नो जन्मदिनको अवसरमा रु: १०,०००/- नगद सहयोग प्रदान गर्नुभएको छ।

३) झिमरुक गाँउपालीका वर्डा नं ४ चुदारा निवासी (हाल काठमाण्डौ) C.A. पदम भटराई वाट सहयोग स्वरुप रु १०,०००/- उपलव्ध गराउने घोषणा गर्नुभएको छ।

४) प्यूठान नगरपालिका वर्डा नं ४ निवासी शिक्षक लोकमणी भण्डारीवाट रु. ५०००/- सहयोगको प्रतिवद्घता।

५) माण्डवि गाउपालिका वर्डा नं २ मर्कावाङ स्थायि ठेगाना भई हाल कोरिया रहनुभएका बोम वहादुर अधिकारीवाट रु ५,०००/- प्राप्त

६) प्यूठान नगरपालिका वर्डा नँ ४ टारि निवासि हाल ईन्भेष्टमेन्ट वैंक वाहाने मा कार्यरत शिशिर सुवेदीले सहयोगस्वरुप रु २०००/- प्रदान गर्नुभएको छ।

७) प्यूठान नगरपालिका वर्डा नं ३ निवासी जाल्पादेवी ग्रिल उध्योगका सञ्चालक कृष्ण खड्काले घर निर्माणका लागि लाग्ने आवश्यक ग्रिलका कामको ५०% (सामाग्री र सेवा) सहयोग स्वरुप उपलव्ध गराउने घोषणा गर्नुभएको छ।

८) माण्डवि गाउँपालीका वर्डा नं १ निवासी युनिभर्षल मोवाइल सेन्टर जुम्रीका सञ्चालक मोहन वुढाले घरमा लाग्ने पेन्ट र पेन्ट गर्न लाग्ने खर्चसमेत पुर्ण रुपमा सहयोग गर्ने घोषणा गर्नुभएको छ।

९) झिमरुक गाउपालिका २ वादिकोट हाल कतार रहनुभएका टंकप्रसाद पोख्रेल वाट नगद प्राप्त रु ३,१००/-

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...