News Portal

रेडियो सुन्नुहोस्

वोल्न नसक्ने अधिकारी दम्पतिको घर निर्माणमा सहयोग जुटदै

पशुपती सापकोटा, भरतमणी पौडेल र पदम भट्टराईद्वारा दस-दस हजार सहयोग

सिखबर संवाददाता
११७८ पटक

दुवैजना वोल्न नसक्ने अपांगता भएका दम्पती माण्डवि गाँउपालीका वर्डा नँ ३ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणका लागी सहयोग जुटन थालेको छ।

दुवैजना दम्पती वोल्न नसक्ने अपाँगता भएका एकराज-रेश्माको घर निर्माणका लागि सहयोगस्वरुप नगद रु ४५,१००/- को प्रतिवद्घता साथै आवश्यक ग्रिल, रंगरोगन तथा पेन्टका लागि सहयोगदाताहरुले प्रतिवद्घता गरेको हरि वस्नेतले जानकारी दिनुभयो। वस्नेतका अनुसार सहयोग विवरण यसप्रकार रहेको छ।

माण्डवि गाँउपालिका वर्डा नँ ३ नयाँगाउ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीको घर निर्माणका लागि हालसम्म प्राप्त सहयोग विवरण

१) प्यूठान नगरपालिका वर्डा नं ७ पुण्यखोला स्थायी ठेगाना भई हाल दोहा कतार वस्ने पशुपती सापकोटावाट रु. १०,०००/- सहयोग रेमिट्यान्सवाट नगद प्राप्त

२) प्यूठान नगरपालिका २ क्वाडी स्थायि ठेगाना भई हाल नर्वे वस्दै आउनुभएका भरतमणी पौडेलले आफ्नो जन्मदिनको अवसरमा रु: १०,०००/- नगद सहयोग प्रदान गर्नुभएको छ।

३) झिमरुक गाँउपालीका वर्डा नं ४ चुदारा निवासी (हाल काठमाण्डौ) C.A. पदम भटराई वाट सहयोग स्वरुप रु १०,०००/- उपलव्ध गराउने घोषणा गर्नुभएको छ।

४) प्यूठान नगरपालिका वर्डा नं ४ निवासी शिक्षक लोकमणी भण्डारीवाट रु. ५०००/- सहयोगको प्रतिवद्घता।

५) माण्डवि गाउपालिका वर्डा नं २ मर्कावाङ स्थायि ठेगाना भई हाल कोरिया रहनुभएका बोम वहादुर अधिकारीवाट रु ५,०००/- प्राप्त

६) प्यूठान नगरपालिका वर्डा नँ ४ टारि निवासि हाल ईन्भेष्टमेन्ट वैंक वाहाने मा कार्यरत शिशिर सुवेदीले सहयोगस्वरुप रु २०००/- प्रदान गर्नुभएको छ।

७) प्यूठान नगरपालिका वर्डा नं ३ निवासी जाल्पादेवी ग्रिल उध्योगका सञ्चालक कृष्ण खड्काले घर निर्माणका लागि लाग्ने आवश्यक ग्रिलका कामको ५०% (सामाग्री र सेवा) सहयोग स्वरुप उपलव्ध गराउने घोषणा गर्नुभएको छ।

८) माण्डवि गाउँपालीका वर्डा नं १ निवासी युनिभर्षल मोवाइल सेन्टर जुम्रीका सञ्चालक मोहन वुढाले घरमा लाग्ने पेन्ट र पेन्ट गर्न लाग्ने खर्चसमेत पुर्ण रुपमा सहयोग गर्ने घोषणा गर्नुभएको छ।

९) झिमरुक गाउपालिका २ वादिकोट हाल कतार रहनुभएका टंकप्रसाद पोख्रेल वाट नगद प्राप्त रु ३,१००/-

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...