News Portal

रेडियो सुन्नुहोस्

उपचारका लागि आर्थिक अभाव हुँदा प्युठान बिजुलीका कमलकाे भारतमा विचल्ली

दीपा पौडेल १६ कार्तिक २०७७
२९७६ पटक
१६ कार्तिक २०७७

ऐरावति गाउँपालिका वडा नं. ६ प्युठान घर भएका कमल राउत उपचारका लागि आर्थिक अभाव हुँदा अस्पतालमा छटपटिएर बाँच्न बाध्य भएका छन्। रोजगारीको लागि भारतको पंजाव गएका उनलाई लुधियानामा बाटोमा हिड्दै गर्दा कारले ठक्कर दिएर गम्भिर घाइते बनाएको हो। खुट्टा र मेरुदण्ड समेत भाँचिएपछि आर्थिक अभावले गर्दा पंजावमा अस्पतालले भर्ना नै लिएन। कमलको बिषयमा जानकारी पाएपछि भारतमै रहेका ऐरावति गाउँपालिका वडा नं. २ तेर्सापाटा निवासी हाल पंजावमै काम गर्दै आएका धनब राउत र कपिलबस्तु निवासी युवराज भूषालले भारतको अमृतसरमा लगेर त्यहाँ रहेको Nayyar Heart Institute &Super  Speciality  Hospital मा भर्ना गरेको बताउँछन्।
खुट्टा काटेर फाल्नुपर्ने अवस्था आउने तथा त्यो भन्दा पहिले मेरुदण्डको अप्रेसन गर्नुपर्ने डाक्टरले बताएको उनको उपचारमा सहयोग गरिरहेका धन बहादुर राउतले बताए।


दिनमा ५ ÷ ६ हजार खर्च हुन्छ धनबले भने–“ अलि अलि हामी संग भएको खर्च पनि सकियो अस्पतालले अप्रेसन गर्न ३ लाख लाग्ने भनेको छ।” सामान्य रोजगारी गर्ने कमल राउतको अवस्था निकै नाजुक रहेको समेत धनबले बताउँछन्। उनको खुट्टालाई बचाउँनको लागि मेरुदण्डको अप्रेसन सुरुमा गर्नुपर्ने भन्दै अस्पतालले पैसा जम्मा गर्न भनेको छ।

 


५ महिनाको र ४ बर्षको छोराछोरीको बुवा बनेका कमलको श्रीमति कमला राउत रातदिन रोएर बसेकी छन्। घरमा आम्दानीको श्रोत केहि छैन। श्रीमानले कमाई गरेर गुजारा गरेका श्रीमति र छोराछोरीको कमाउने अभिभावक अस्पतालमा छटपटिएर लडिरहँदा परिवारको पनि बिचल्ली भएको छ। श्रीमति कमलाले श्रीमानलाई बचाउँनको लागि सहयोग गर्न सबैलाई आग्रह गरिन्। कमलका बुवा मंगल सिंह राउत पनि छोराले कमाउएर ल्याउला भनेर उसैको आशमा बसेका थिए। छोराको यस्तो खबर सुनेपछि उनी पनि निकै तनावमा छन्। आफ्नो छोरालाई बचाउनको लागि मंग सिंहले समेत आग्रह गरे।
आर्थिक अभावका कारण अस्पतालमा बिचल्लीमा परेका कमललाई बचाउँनको लागि भारतमा रहेका धन बहादुर राउत ९८८८८७१३७५ , युवराज भूषाल ७९७३६७६९४४ मा सम्पर्क गर्न सकिने छ। त्यस्तै नेपालमा सिखबर अनलाईनका सम्पादक ःनोमराज पौडेल, ९८५७८३३७५१ अध्यक्ष ः हरि भण्डारी ९८५७८३३७६६ मा सम्पर्क गरि सहयोग गर्न सकिनेछ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...