News Portal

रेडियो सुन्नुहोस्

उपचारका लागि आर्थिक अभाव हुँदा प्युठान बिजुलीका कमलकाे भारतमा विचल्ली

दीपा पौडेल १६ कार्तिक २०७७
२५१९ पटक
१६ कार्तिक २०७७

ऐरावति गाउँपालिका वडा नं. ६ प्युठान घर भएका कमल राउत उपचारका लागि आर्थिक अभाव हुँदा अस्पतालमा छटपटिएर बाँच्न बाध्य भएका छन्। रोजगारीको लागि भारतको पंजाव गएका उनलाई लुधियानामा बाटोमा हिड्दै गर्दा कारले ठक्कर दिएर गम्भिर घाइते बनाएको हो। खुट्टा र मेरुदण्ड समेत भाँचिएपछि आर्थिक अभावले गर्दा पंजावमा अस्पतालले भर्ना नै लिएन। कमलको बिषयमा जानकारी पाएपछि भारतमै रहेका ऐरावति गाउँपालिका वडा नं. २ तेर्सापाटा निवासी हाल पंजावमै काम गर्दै आएका धनब राउत र कपिलबस्तु निवासी युवराज भूषालले भारतको अमृतसरमा लगेर त्यहाँ रहेको Nayyar Heart Institute &Super  Speciality  Hospital मा भर्ना गरेको बताउँछन्।
खुट्टा काटेर फाल्नुपर्ने अवस्था आउने तथा त्यो भन्दा पहिले मेरुदण्डको अप्रेसन गर्नुपर्ने डाक्टरले बताएको उनको उपचारमा सहयोग गरिरहेका धन बहादुर राउतले बताए।


दिनमा ५ ÷ ६ हजार खर्च हुन्छ धनबले भने–“ अलि अलि हामी संग भएको खर्च पनि सकियो अस्पतालले अप्रेसन गर्न ३ लाख लाग्ने भनेको छ।” सामान्य रोजगारी गर्ने कमल राउतको अवस्था निकै नाजुक रहेको समेत धनबले बताउँछन्। उनको खुट्टालाई बचाउँनको लागि मेरुदण्डको अप्रेसन सुरुमा गर्नुपर्ने भन्दै अस्पतालले पैसा जम्मा गर्न भनेको छ।

 


५ महिनाको र ४ बर्षको छोराछोरीको बुवा बनेका कमलको श्रीमति कमला राउत रातदिन रोएर बसेकी छन्। घरमा आम्दानीको श्रोत केहि छैन। श्रीमानले कमाई गरेर गुजारा गरेका श्रीमति र छोराछोरीको कमाउने अभिभावक अस्पतालमा छटपटिएर लडिरहँदा परिवारको पनि बिचल्ली भएको छ। श्रीमति कमलाले श्रीमानलाई बचाउँनको लागि सहयोग गर्न सबैलाई आग्रह गरिन्। कमलका बुवा मंगल सिंह राउत पनि छोराले कमाउएर ल्याउला भनेर उसैको आशमा बसेका थिए। छोराको यस्तो खबर सुनेपछि उनी पनि निकै तनावमा छन्। आफ्नो छोरालाई बचाउनको लागि मंग सिंहले समेत आग्रह गरे।
आर्थिक अभावका कारण अस्पतालमा बिचल्लीमा परेका कमललाई बचाउँनको लागि भारतमा रहेका धन बहादुर राउत ९८८८८७१३७५ , युवराज भूषाल ७९७३६७६९४४ मा सम्पर्क गर्न सकिने छ। त्यस्तै नेपालमा सिखबर अनलाईनका सम्पादक ःनोमराज पौडेल, ९८५७८३३७५१ अध्यक्ष ः हरि भण्डारी ९८५७८३३७६६ मा सम्पर्क गरि सहयोग गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिकामा चरम बेथिति,आफ्नै हात जगन्नाथ

प्यूठान नगरपालिकाले गरेका विभिन्न गतिविधीहरुको बेलाबखत टिकाटिप्पणी भइरहन्छ । नगरपालिकामा हुने भुक्तानीको विषयमा जनप्रतिधिसंग कुरा...

जिल्लाका विभिन्न स्थानमा आगलागी , ३५ घर जले

गर्मी महिना सुरु भएसँगै पछिल्ला केहि दिन यता प्यूठान जिल्लाका विभिन्न स्थानमा आगलागी भएको छ...

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...