News Portal

रेडियो सुन्नुहोस्

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आज पनि एमिकस क्युरीको बहस

सिखबर संवाददाताफागुन ६ काठमाडौं,
८५३ पटक
फागुन ६ काठमाडौं,

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि एमिकस क्युरी अर्थात् अदालतका सहयोगी सदस्यले आफ्नो राय दिने भएका छन् ।

अस्ति मंगलवारदेखि एमिकस क्युरीको बहस सुरु भएका हो । आज एमिकस क्युरीका बाँकी अधिवक्ता बहसमा सहभागी हुनेछन् । पहिलो दिन मंगलवार बद्रीबहादुर कार्कीले राय दिनुभएको थियो । यस्तै हिजो सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले राय दिनुभएको थियो ।

बहसका क्रममा कार्कीले संविधानमा जे उल्लेख छ, त्यही मात्रै हेरेर संसद विघटनविरुद्ध परेका रिटको फैसला हुनुपर्ने बताउनुभएको छ भने खरेलले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने तर देशमा कुनै कम्पन दिउँ भन्ने लागेको भएमा अदालतले प्रधानमन्त्रीको निर्णय सदर गर्न पनि सक्ने राय दिनुभएको छ । तर अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार रहेको दाबी गर्नुभएको छ ।

एमिकस क्युरीका पाँच जना सदस्यमध्ये अब पूर्णमान शाक्य र गीता पाठकले राय दिन बाँकी छ । सबैको राय आएपछि अदालतले प्रतिनिधिसभा विघटन विरुद्धका रिटको फैसला गर्नेछ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएका छन् ।

परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...