News Portal

रेडियो सुन्नुहोस्

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुजाता थापा क्षेत्रीफाल्गुन १० प्युठान
२२३६ पटक
फाल्गुन १० प्युठान

आइतबार प्युठानमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्युठान उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ्गको संयुक्त आयोजना र प्युठान नगरपालिकाको आर्थिक सहयोगमा प्युठानका व्यापार व्यावसायीहरुलाइ कर शिक्षा कार्यक्रममा पेसा व्यवसाय दर्ता कर प्रणालीका बारेमा जानकारी दिइएको थियो।

प्युठान उद्योग बाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिको अध्यक्षतामा भएको करदाता शिक्षा कार्यक्रममा प्युठान नगरपालिकाकि उप प्रमुख शान्ता आचार्य प्रमुख अतिथि, आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ्गका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइराला र सोही कार्यालयका कर तथा सूचना अधिकृत नारायण रिजाल विशेष अतिथि रहनुभएको थियो।

करजन्य विषय वस्तुमा धेरै व्यावसायीहरु अनभिज्ञ रहेकोले व्यावसाय चुस्त रहन नसक्ने र व्यावसाय गर्दा सरकारलाई तोकिए बमोजिमको कर तथा राजस्व बुझाउनु पर्ने व्यावसायीहरुको कर्तव्य भएकोमा उप प्रमुख शान्ता आचार्यले जोड दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ्गका प्रमुख कर अधिकृत गोपि कोइरालाले आ-आफ्नो व्यावसायको कर अधिकृत आफै रहेको र जानकारी नभएको खण्डमा सिधा कार्यलय मै सम्पर्क गर्ने र बिचौलिया (दलाल) बाट टाढा रहन पनि सुझाव दिनुभयो ।

व्यवसाय नभए कर पनि नहुने तर आफुले गरेको कारोबारको सम्पुर्ण हिसाबकिताब राख्नु पर्ने, हिसाबमा पारदर्शिता हुनुपर्ने, वर्षौ देखि व्यापार गर्दै आएको तर कर नतिरेकाहरुको लागि तीन वर्षकोभित्रको कर बुझाउँदा अरु बाकी वर्षको कर मिनाहा हुने समेत कर अधिकृत नारायण रिजालले बताउनुभयो । विशेष छुट यहि फाल्गुन मसान्तसम्म मात्र रहेको पनि उहाँले जानकारी गराउनु भयो।

उक्त कार्यक्रममा उ.बा. संघका अध्यक्ष, पदाधिकारी, संघका कार्य समिती सदस्य, पत्रकार लगायत व्यावसायीहरुको सहभागी रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...