News Portal

रेडियो सुन्नुहोस्

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुजाता थापा क्षेत्रीफाल्गुन १० प्युठान
२४१३ पटक
फाल्गुन १० प्युठान

आइतबार प्युठानमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्युठान उद्योग बाणिज्य संघ र आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ्गको संयुक्त आयोजना र प्युठान नगरपालिकाको आर्थिक सहयोगमा प्युठानका व्यापार व्यावसायीहरुलाइ कर शिक्षा कार्यक्रममा पेसा व्यवसाय दर्ता कर प्रणालीका बारेमा जानकारी दिइएको थियो।

प्युठान उद्योग बाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिको अध्यक्षतामा भएको करदाता शिक्षा कार्यक्रममा प्युठान नगरपालिकाकि उप प्रमुख शान्ता आचार्य प्रमुख अतिथि, आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ्गका प्रमुख कर अधिकृत गोपीकृष्ण कोइराला र सोही कार्यालयका कर तथा सूचना अधिकृत नारायण रिजाल विशेष अतिथि रहनुभएको थियो।

करजन्य विषय वस्तुमा धेरै व्यावसायीहरु अनभिज्ञ रहेकोले व्यावसाय चुस्त रहन नसक्ने र व्यावसाय गर्दा सरकारलाई तोकिए बमोजिमको कर तथा राजस्व बुझाउनु पर्ने व्यावसायीहरुको कर्तव्य भएकोमा उप प्रमुख शान्ता आचार्यले जोड दिनुभयो ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङ्गका प्रमुख कर अधिकृत गोपि कोइरालाले आ-आफ्नो व्यावसायको कर अधिकृत आफै रहेको र जानकारी नभएको खण्डमा सिधा कार्यलय मै सम्पर्क गर्ने र बिचौलिया (दलाल) बाट टाढा रहन पनि सुझाव दिनुभयो ।

व्यवसाय नभए कर पनि नहुने तर आफुले गरेको कारोबारको सम्पुर्ण हिसाबकिताब राख्नु पर्ने, हिसाबमा पारदर्शिता हुनुपर्ने, वर्षौ देखि व्यापार गर्दै आएको तर कर नतिरेकाहरुको लागि तीन वर्षकोभित्रको कर बुझाउँदा अरु बाकी वर्षको कर मिनाहा हुने समेत कर अधिकृत नारायण रिजालले बताउनुभयो । विशेष छुट यहि फाल्गुन मसान्तसम्म मात्र रहेको पनि उहाँले जानकारी गराउनु भयो।

उक्त कार्यक्रममा उ.बा. संघका अध्यक्ष, पदाधिकारी, संघका कार्य समिती सदस्य, पत्रकार लगायत व्यावसायीहरुको सहभागी रहेको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...