News Portal

रेडियो सुन्नुहोस्

जन्मदिनमा विपन्न तथा विरामीलाई सहयाेग

दीपा पौडेलफागुन २९ प्यूठान
११३५ पटक
फागुन २९ प्यूठान

पुर्व विद्यार्थी नेता तथा प्युठान डट कम कम्प्युटर ईन्सिच्युटका प्रोपाइटर बिष्णु शर्माले जन्मदिनको अवसरमा रोगी तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ ।

प्युठान जिल्ला मल्लरानी गाउँपालिका वार्ड नं.-३ छापेखोला निवासी पूर्व विद्यार्थी नेता तथा हाल प्युठान डट कम कम्प्युटर ईन्सिच्युट, भु.न.पा.-१ पिपलनेटा अर्घाखाँचीका संचालक एवम् सामाजिक अभियान्ता बिष्णु शर्माद्वारा रोगले ग्रसित तथा आर्थिक रुपले अति विपन्न परिवारलाई सो सहयोग गर्नु भएको हो ।

अर्घाखाँची जिल्ला भुमिकास्थान- १ पोर्खाखर्क निवासी वीर ब। सुनार तथा पुतला सुनारका छोरा शिव ब. सुनार विगत लामो समय देखि टाउकोको गम्भीर रोगका कारण निकै ग्रसित हुनु भएको र उपचारको क्रममा आर्थिक विपन्नताको कारण राम्रो अस्पतालमा उपचार गर्न नपाउँदा विरामीको तथा परिवारको बिचल्ली भएको अवस्थामा शर्माद्वारा आफ्नो जन्मदिनको अवसरमा विभिन्न समाजसेवी, व्यापारी, वुद्दिजिवी, शिक्षक तथा सामाजिक व्यक्तित्वको उपस्थितिमा सहयोग स्वरूप रू.५,००० ( अक्षरूपी पाँच हजार रूपैंया )एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको छ ।

समाजमा विभिन्न कारणले समस्यामा परेका, गरिब, दुखी, असहाय तथा गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित व्यक्ति तथा परिवारहरूको पहिचान गरी उनीहरुको समस्यालाई केही हदसम्म सहजता प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा आजको दिनमा जन्मदिन पर्नुहुने विष्णु शर्माले मन्तब्य व्यक्त गर्दै भन्नुभयो ” पछिल्लो समयमा पश्चिमी संस्कृतिलाई अंगालेर टडकभडकका साथ जन्मदिन मनाउने, अनावश्यक खर्च गर्ने जस्ता सामाजिक विकृति तथा क्रीयाकलापहरु रोकथाम गर्नुपर्छ , यो मेरो सहयोगले समस्यालाई पूर्णरूपमा समाधान गर्न नसक्ला तर यो अभियानले अबको दिनमा अन्य व्यक्तिहरूले पनि दुखी तथा विपन्न परिवारको लागि सहयोग प्रदान गर्ने एउटा मार्गदर्शन पक्कै गर्नेछ साथै सामाजिक रुपान्तरणको क्षेत्रमा सबैले ध्यान दिनुपर्छ ।”

 

कार्यक्रममा भुमिकास्थान-१ का वडा सदस्य गोपाल नेपाली, माओबादी केन्द्र भु.न.पा.-१ का अध्यक्ष बाबुराम खनाल, राष्ट्रिय जनमोर्चाका स्थानीय नेता प्रकास खनाल, शिक्षक तिलक राम बन्जाडे, पूर्व शिक्षक सूर्य खनाल तथा व्यापारी रामु नेपालीको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन ढाकाबाङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी श्याम चुँदालीले गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...