News Portal

रेडियो सुन्नुहोस्

महामारीमा जुध्न नागरिकवाट सहयोग जुट्दै

सिखबर संवाददाता३१ वैशाख, २०७७/ प्यूठान
११६५ पटक
३१ वैशाख, २०७७/ प्यूठान

कोरोना भाईरस(कोभिड १९) को दोश्रो लहरको महामारीविरुद्धको लडाईमा नागरिक स्तरवाट सहयोग जुटन थालेको छ। प्यूठानका व्यापारी, व्यवसायी, समाजसेवी र सरोकारवालाहरुले महामारीमा अत्यावस्यक सामाग्री खरिद एवं व्यवस्थापनका लागी सहयोग गर्न थालेका छन्।
दोश्रो लहरको कोरोना महामारीसंग जुध्नका लागी विभिन्न क्षेत्रवाट सहयोग जुटिरहेको र अहिलेको मुख्य समस्या अक्सिजनको रहेको प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। प्यूठान नगरपालीका वर्डा नं ४ स्थित निर्माण व्यवसायि संघको भवनमा जिल्ला स्तरिय आईसोलेसन सञ्चालन भईरहेको छ।
जिल्लामा क्रियाशिल विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरु, समाजसेवी लगायतवाट २ लाख ८० हजार वढी नगद र अन्य अत्यावस्यक जिस्सी सामाग्रीको सहयोग जुटेको हो।
जिल्लास्तरिय कोरोना संकट व्यवस्थापन केन्द्रको गत वैशाख १२ गते वसेको वैठकलेजिल्ला स्थित आईसोलेन सेन्टरको भौतिक तथा अन्य श्रोतसाधनको व्यवस्थापनका लागी प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा सवै स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरु र जिल्ला अस्पत्ताल र स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख सदस्य रहनेगरी जिल्ला स्तरिय आईसोलेसन सेन्टर व्यवस्थापन तथा परिचालन समितिी गठन भएको थियो भने, डिसिसिएमसीकै वैशाख २३ गते वसेको वैठकले आईसोलेसन सेन्टरको समन्वय, सहजिकरण लगायतका कार्यहरु प्यूठान नगरपालीकाले गर्ने निर्णय गरेको थियो।
समुदायस्तरमै संक्रमण फैलिएपछी डिसिसिएमसीले स्वास्थ्य कार्यालय रहेको भवनमा समेत आईसोलेसन निर्माण गर्ने निर्णय गरेको छ।

सहयोग विवरण
-प्यूनपा ४ विजुवार श्रिप्रसाद प्रधान रु ५० हजार
-प्यूनपा ४ विजुवार प्रकाश श्रेष्ठ तथा सरस्वती श्रेष्ठ(अमृत फर्मा) रु ५० हजार
-प्यूनपा ४ पाण्डेडाडा हाल काठमाण्डौ निवासी टोप वहादुर खत्री वाट रु २५ हजार
-प्यूनपा ८ शिवनगर केशव गिरी र माधवा गिरी) रु २५ हजार १ सय
-आयुष्मा होटलका सञ्चालक नविन जि.सी. वाट रु २५ हजार
-नवसिद्धार्थ वचत तथा ऋण सहकारी संस्था दाखाक्वाडीः २५ हजार
-प्यूनपा ४ हाल वेलजियम वस्ने मन्जुश्री प्रधान जितेन्द्र कर्माचार्य वाट रु २० हजार
-प्यूनपा ३ सापडाडा हाल काठमाण्डौ निवासी टेकप्रसाद पुलामी र दिपका पुलामी वाट १० हजार
-प्यूनपा ४ टारी निवासी पुर्णचन्द्र सुवेदी र प्रदिप सुवेदी वाट १० हजार
-प्यूनपा ४ टारी निवासी(सकृय फर्मा) नविन गौतम वाट रु १० हजार
-प्यूनपा ३ मुक्ती प्रसाद शर्मा अधिकारी वाट रु १० हजार
-कालिका एग्रोभेट विजुवार (प्रेम हमाल र वावुराम न्यौपाने) वाट रु १० हजार
-शोभाराम न्यौपाने(निर्माण व्यवसायी संघ महासचिव) वाट रु ५ हजार
-मुकेश थापा (पदम निर्माण सेवा) रु ५ हजार
-डा. प्रकाश जि.सी वाट रु ५ हजार
-योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्दराज पोख्रेलः १ टकका लागी २४ सिलेन्डर अक्सिजन भर्न लाग्ने पैसा
-प्यूठान अस्पत्ताल मा कार्यरत रेडियोग्राफर खिमप्रसाद पार्धेले पोर्टेवल एक्सरे मेसिन

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...