News Portal

रेडियो सुन्नुहोस्

चितुवाको छालासहित बाग्दुलाबाट ३ जना पक्राउ

तेजेन्द्र बिएम २०७८ साउन २१
२४४६ पटक
२०७८ साउन २१

प्यूठान ।  चितुवाको छाला ओसारपसारमा संलग्न ३ जनालाइ प्युठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका वडा नंवर ८ बाग्दुला स्थित एक होटलबाट बुधवार राति पक्राउ गरीएको हो । होटलमा चितुवाको छालाको कारोवार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले होटलमा खानतलासी गरेको थियो । उनीहरूको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ ।

 

पक्राउ पर्नेमा झिमरूक गाउपालिका १ निवासी वर्ष २९ को अविनास पुन, सरूमारानी गाउँपालिका १ निवासी वर्ष ३२ को छविलाल परियार र दाङ राजपुर गाउँपालिका १ निवासी वर्ष २८ का इन्द्र बहादुर खड्का रहेको प्रहरी निरिक्षक देविप्रसाद गैरेले जानकारी दिए ।

 

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्यूठानमा बुझाइएको उनले बताए । लुम्बिनी प्रदेश अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...