News Portal

रेडियो सुन्नुहोस्

चितुवाको छालासहित बाग्दुलाबाट ३ जना पक्राउ

तेजेन्द्र बिएम २०७८ साउन २१
२५८१ पटक
२०७८ साउन २१

प्यूठान ।  चितुवाको छाला ओसारपसारमा संलग्न ३ जनालाइ प्युठान प्रहरीले पक्राउ गरेको छ । प्यूठान नगरपालिका वडा नंवर ८ बाग्दुला स्थित एक होटलबाट बुधवार राति पक्राउ गरीएको हो । होटलमा चितुवाको छालाको कारोवार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले होटलमा खानतलासी गरेको थियो । उनीहरूको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ ।

 

पक्राउ पर्नेमा झिमरूक गाउपालिका १ निवासी वर्ष २९ को अविनास पुन, सरूमारानी गाउँपालिका १ निवासी वर्ष ३२ को छविलाल परियार र दाङ राजपुर गाउँपालिका १ निवासी वर्ष २८ का इन्द्र बहादुर खड्का रहेको प्रहरी निरिक्षक देविप्रसाद गैरेले जानकारी दिए ।

 

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्यूठानमा बुझाइएको उनले बताए । लुम्बिनी प्रदेश अनुसन्धान टोली र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...