News Portal

रेडियो सुन्नुहोस्

प्यूठानका ९ स्थानीय तहमध्ये कम बेरुजु झिमरुक गाउँपालिकाको

महालेखाको लेखा परीक्षण सार्वजनीक

बिमलप्रसाद पोख्रेल२०७८ भाद्र ७, प्यूठान
१४९१ पटक
२०७८ भाद्र ७, प्यूठान

महालेखा परीक्षणको कार्यालयले आव २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । भाद्र ४ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्यूठानका ९ वटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ भने सबैभन्दा धेरै सरुमारानी गाउँपालिकाको छ ।

झिमरुकले यो आर्थिक वर्षमा विनियोजन गरेको कुल ५ करोड १३ लाख ६ हजार रुपैयाँ मध्ये १३ लाख १० हजार रुपैया बराबरको वेरुजु देखिएको छ । यो ०.५ प्रतिशत हो । जिल्लाका अन्य स्थानीय तहहरुमा सरुमारानीको ५.६, नौबहिनीको ५.४२, मल्लरानीको २.७४, ऐरावतीको २.३, माण्डवीको १.६६ र  गौमुखी गाउँपालिकाको ०.५० प्रतिशत वेरुजु आएको छ ।

यस्तै प्यूठान नगरपालिका १.२३ प्रतिशत बेरुजु देखिएको छ । स्वर्गद्वारी नगरपालिकाको भने कोभिड महामारीका कारण लेखा परीक्षण हुन सकेको छैन् । महालेखा परीक्षणको कार्यालयले देशभरका  ६ सय ९९ स्थानीय तहको ८ खर्व १५ अर्व ९९ करोड बराबरको लेखा परीक्षण प्रतिबेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा ४० अर्व ८३ करोडको वेरुजु  देखाएको छ । यो कुल लेखा परीक्षण अंकको ५ प्रतिशत हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...