News Portal

रेडियो सुन्नुहोस्

पहिरोका कारण ६ को मृत्यु, २ जना बेपत्ता :पर्वत

झुलेनी नेटवर्क २०७८ भाद्र १८, प्यूठान
७३४ पटक
२०७८ भाद्र १८, प्यूठान

पर्वतमा पहिरोमा परी शुक्रबार ६ जनाको ज्यान गएको छ । उक्त जिल्लाका विभिन्न स्थानमा पहिरो जादाँ ६ जनाले ज्यान गुमाएका हुन् भने दुई जना बेपत्ता भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुस्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले माधव शर्माको घर पुरिँदा उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, दुई छोरी १६ वर्षकी विमला र ११ वर्षकी विनीता पौडेलको मृत्यु भएको छ । माधवकी पत्नी ३५ वर्षकी भगवती पौडेल र छोरा ९ वर्षका विनोद पौडेल बेपत्ता भएको प्रदेश प्रहरीका डीएसपी मीनबहादुर घलेले बताउनु भयो ।

यसै गरी कुस्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएका ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेलको मृत्यु भएको छ । डीएसपी घलेका अनुसार पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...