News Portal

रेडियो सुन्नुहोस्

पहिरोका कारण ६ को मृत्यु, २ जना बेपत्ता :पर्वत

झुलेनी नेटवर्क २०७८ भाद्र १८, प्यूठान
१००६ पटक
२०७८ भाद्र १८, प्यूठान

पर्वतमा पहिरोमा परी शुक्रबार ६ जनाको ज्यान गएको छ । उक्त जिल्लाका विभिन्न स्थानमा पहिरो जादाँ ६ जनाले ज्यान गुमाएका हुन् भने दुई जना बेपत्ता भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुस्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले माधव शर्माको घर पुरिँदा उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, दुई छोरी १६ वर्षकी विमला र ११ वर्षकी विनीता पौडेलको मृत्यु भएको छ । माधवकी पत्नी ३५ वर्षकी भगवती पौडेल र छोरा ९ वर्षका विनोद पौडेल बेपत्ता भएको प्रदेश प्रहरीका डीएसपी मीनबहादुर घलेले बताउनु भयो ।

यसै गरी कुस्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो खस्दा पाहुना आएका ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेश पौडेलको मृत्यु भएको छ । डीएसपी घलेका अनुसार पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...