News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : चिस्यान केन्द्रले मन सिचो

झुलेनी नेटवर्क२०७८ असौज १
८९८ पटक
२०७८ असौज १

प्यूठान नगरपालिका-४, बिजुवारमा १०० मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन भएको छ । शीतभण्डार निर्माण भएर सञ्चालनमा आएपछि यस क्षेत्रका किसान हौसीएर आफूले उत्पादन गरेको उत्पादन शितभण्डारमा राखेका छन् ।

तर,शितभण्डारीमा राखीका कृषी उपजको गुणस्तर खस्कीएको किसानले गुनासो गरेका छन् । किसानले पैसा तिरेर राखेको प्याज उम्रीएको गुनासो छ । अन्य बस्तु पनि बिग्रीएको भनेका छन् । १ करोड ५० लाख लागतमा निर्माण भएको शीतभण्डार व्यबस्थीत सञ्चालन नहु“दा यस्तो समस्या आएको हो । यसमा प्यूठान नगरपालिका चनाखो हुनुपर्ने भएको देखिदैन ।

प्यूठान नगरपालिका आसपासमा उत्पादित फलफूल तरकारीको गुणस्तर नबिग्रने गरी लामो समयसम्म राख्नका लागि प्यूठान नगरपालिका मार्फत प्रदेश सरकारको बजेटमा शीतभण्डार निर्माण भएको हो । शितभण्डारको च्याम्बर बनाउदा बिगारेको र लाइन गएको समयमा जेनेटर समयमै नचलाएको कारण समस्या आएको स्थानीय अगुवा किसानहरु गुनासो गर्दछन् ।

प्राबिधिक समस्या सुधार गर्दै जुन उदेश्यले शितभण्डार निर्माण गरिएको हो त्यही ढंगले सञ्चालनमा प्यूठान नगरपालिका चनाखो नहु“दा बिजुवारमा निर्माण भएको शितभण्डारले किसानको मन सिस्याएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...