News Portal

रेडियो सुन्नुहोस्

जसको घरमा बसेर प्रहरीले अनुसन्धान गर्‍यो योजनाकार उनै : संखुवासभा हत्याकाण्ड

हरि अधिकारी२०७८ असोज ४ विराटनगर
६२४ पटक
२०७८ असोज ४ विराटनगर

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्या अनुसन्धानका लागि पुगेको प्रहरी टोली घटनास्थल नजिकै खड्गबहादुर कार्कीको घरमा बस्यो । एकसातासम्म उनको घरमा बसेर अनुसन्धान गरेको प्रहरीले तेजबहादुरका भतिज लोकबहादुरलाई पक्राउ ग¥यो र २७ भदौमा पत्रकार सम्मेलन गरी उनले नै ६ जनाको हत्या गरेको बतायो ।

हत्या अनुसन्धानका लागि २३ भदौमा घटनास्थल पुगेका प्रदेश १ का डीआईजी अरुणकुमार बीसी २७ भदौ बेलुका मात्रै विराटनगर फर्किएका थिए ।तर सोमबार घटनामा नयाँ ट्वीस्ट आयो । संखुवासभा प्रहरीले हत्यामा संलग्न थप चार जनालाई सार्वजनिक ग¥यो । हत्याका योजनाकार खड्गबहादुर कार्की भएको बतायो । कार्की तिनै हुन्, जसको घरमा बसेर प्रहरीको टोलीले ६ जनाको हत्याबारे अनुसन्धान गरेको थियो ।

मृतक रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुकाएको भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । त्यसक्रममा लोकबहादुर, उनका भाइ नरेश, बुबा रणबहादुरका साथै छिमेकी खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर मिलेर ६ जनाको हत्या गरेको प्रहरीको दाबी छ ।

डीआईजी बीसीका अनुसार खड्गबहादुरको परिवारलाई छिमेकीकहाँ पठाएर प्रहरी टोली उनको घरमा बसेको थियो । खड्गबहादुर र मृतक तेजबहादुर कार्कीको घर करिब २५० मिटरको दूरीमा छ । प्रहरीका अनुसार अनुसन्धानका लागि घर उपलब्ध गराउन आग्रह गर्दा उनले सहजै स्वीकार गरेका थिए ।

गाउँले र सञ्चारकर्मीको भिडभाडका कारण घटनाबारे राति मात्रै सोधपुछ हुन्थ्यो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार उनले घटनाबारे केही थाहा छैन भनेका थिए ।

बाहिरबाट मानिसहरु नआएको र चोरी गर्ने उद्देश्यका साथ घटना नघटाएको देखिएपछि प्रहरीले गाउँलेबाटै हत्या भएको आशंकामा अनुसन्धान गर्दा लोकबहादुर शंकाको घेरामा परेका थिए । तर खड्गबहादुर र अरु परेनन् ।

तर रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुकाएका भेटिएपछि अरु पनि अनुसन्धानमा तानिए । लोकबहादुरको बयानले पनि खड्गबहादुरसम्म पुग्न सहज भएको अनुसन्धानमा खटिएका अधिकृतहरु बताउँछन् ।

अनुसन्धानका लागि प्रहरीले खड्गबहादुरका दुई छोरा र श्रीमतीलाई पनि नियन्त्रणमा लिएको थियो । तर उनीहरुको संलग्नता नदेखिएको जनाएको छ ।

स्थानीय ९० वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वती, उनका छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, तेजबहादुरका नाति वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको २१ भदौमा हत्या भएको थियो । खड्गबहादुरसहित ५ जनाले योजनाबद्ध रुपमा चिर्पट र छुरा प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।

 

 

 

अनलाइनखबर

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...