News Portal

रेडियो सुन्नुहोस्

जसको घरमा बसेर प्रहरीले अनुसन्धान गर्‍यो योजनाकार उनै : संखुवासभा हत्याकाण्ड

हरि अधिकारी२०७८ असोज ४ विराटनगर
७०६ पटक
२०७८ असोज ४ विराटनगर

संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्या अनुसन्धानका लागि पुगेको प्रहरी टोली घटनास्थल नजिकै खड्गबहादुर कार्कीको घरमा बस्यो । एकसातासम्म उनको घरमा बसेर अनुसन्धान गरेको प्रहरीले तेजबहादुरका भतिज लोकबहादुरलाई पक्राउ ग¥यो र २७ भदौमा पत्रकार सम्मेलन गरी उनले नै ६ जनाको हत्या गरेको बतायो ।

हत्या अनुसन्धानका लागि २३ भदौमा घटनास्थल पुगेका प्रदेश १ का डीआईजी अरुणकुमार बीसी २७ भदौ बेलुका मात्रै विराटनगर फर्किएका थिए ।तर सोमबार घटनामा नयाँ ट्वीस्ट आयो । संखुवासभा प्रहरीले हत्यामा संलग्न थप चार जनालाई सार्वजनिक ग¥यो । हत्याका योजनाकार खड्गबहादुर कार्की भएको बतायो । कार्की तिनै हुन्, जसको घरमा बसेर प्रहरीको टोलीले ६ जनाको हत्याबारे अनुसन्धान गरेको थियो ।

मृतक रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुकाएको भेटिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । त्यसक्रममा लोकबहादुर, उनका भाइ नरेश, बुबा रणबहादुरका साथै छिमेकी खड्गबहादुर कार्की र उनका छोरा हस्तबहादुर मिलेर ६ जनाको हत्या गरेको प्रहरीको दाबी छ ।

डीआईजी बीसीका अनुसार खड्गबहादुरको परिवारलाई छिमेकीकहाँ पठाएर प्रहरी टोली उनको घरमा बसेको थियो । खड्गबहादुर र मृतक तेजबहादुर कार्कीको घर करिब २५० मिटरको दूरीमा छ । प्रहरीका अनुसार अनुसन्धानका लागि घर उपलब्ध गराउन आग्रह गर्दा उनले सहजै स्वीकार गरेका थिए ।

गाउँले र सञ्चारकर्मीको भिडभाडका कारण घटनाबारे राति मात्रै सोधपुछ हुन्थ्यो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीका अनुसार उनले घटनाबारे केही थाहा छैन भनेका थिए ।

बाहिरबाट मानिसहरु नआएको र चोरी गर्ने उद्देश्यका साथ घटना नघटाएको देखिएपछि प्रहरीले गाउँलेबाटै हत्या भएको आशंकामा अनुसन्धान गर्दा लोकबहादुर शंकाको घेरामा परेका थिए । तर खड्गबहादुर र अरु परेनन् ।

तर रञ्जनाको मोबाइल लोकबहादुरका भाइ नरेशले लुकाएका भेटिएपछि अरु पनि अनुसन्धानमा तानिए । लोकबहादुरको बयानले पनि खड्गबहादुरसम्म पुग्न सहज भएको अनुसन्धानमा खटिएका अधिकृतहरु बताउँछन् ।

अनुसन्धानका लागि प्रहरीले खड्गबहादुरका दुई छोरा र श्रीमतीलाई पनि नियन्त्रणमा लिएको थियो । तर उनीहरुको संलग्नता नदेखिएको जनाएको छ ।

स्थानीय ९० वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीय पार्वती, उनका छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, तेजबहादुरका नाति वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको २१ भदौमा हत्या भएको थियो । खड्गबहादुरसहित ५ जनाले योजनाबद्ध रुपमा चिर्पट र छुरा प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।

 

 

 

अनलाइनखबर

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...